5 years ago
August 19, 2020
एजेन्सी– स्पिनर मिचेल सान्टनर र राशिद खानको अलराउन्ड प्रर्दशनमा क्यारेबियन प्रिमियर लिग (सिपिएल) को दोस्रो खेलमा साविक विजेता बार्बाडोस ट्राइडेन्ट्सले विजयी सुरुवात गरेको छ ।

बुधबार बिहान सम्पन्न खेलमा बार्बाडोसले सेन्ट किट्स एण्ड नेभिस पेट्रीयट्सलाई ६ रनले पराजित गर्दै सिपिएलमा विजयी सुरुवात गरेको हो । बार्बाडोसले प्रस्तुत गरेको १ सय ५४ रनको लक्ष्य पछ्याएको सेन्ट किट्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४७ रन मात्र बनाउन सक्यो ।
सेन्ट किट्सका जोशुआ डा शिल्भा ४१ बलमा ३ चौका सहित ४१ रनमा अविजित रहे । बेन डंक २१ बलमा ३ चौका र १ छक्का सहित ३४ रनमा आउट भए । इभिन लुईस १२ र क्रिस लिन १९ रनमा आउट भए । राशिदले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । ‘प्लेयर अफ द म्याच’ चुनिएका सान्टनारले ४ ओभरमा १ मेडन सहित १८ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि ब्रायन लारा स्टेडियम ट्रिनिडाडमा टस हारेर ब्याटिङको निम्तो पाएको बार्बाडोसले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५३ रन बनाएको थियो । कप्तान जेसन होल्डरले २२ बलमा २ चौका र ३ छक्का सहित ३८ रनको योगदान दिए ।
काइल मेयर्सले २० बलमा २ चौका र ३ छक्का सहित ३६ रनमा क्याच आउट भए । राशिद २० बलमा २ चौका र १ छक्का सहित २६ रनमा अविजित रहँदा सान्टनर २० रनमा आउट भए । अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । सेन्ट किट्सका सोहेल तनबिर, शेल्डन कटरेल र रयाद इम्रिटले २–२ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]