default_image

4 years ago

September 11, 2020

सिपिएलमा सन्दीपको स्थिरता

57 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०२० सिजन जमैका तलावाजबाट उत्कृष्ट प्रर्दशनका साथ अन्त्य गरेका छन् ।

१ करोडभन्दा बढी नेपाली रुपैयाँमा अनुबन्ध भएका सन्दीपले ११ खेलमा १० इनिङमा १२ विकेट लिदै चौथो स्थानमा रहेर यस सिजन अन्त्य गरे । यसअघि दुवै संस्करण राष्ट्रिय टोलीको अन्तर्राष्ट्रिय खेल जुधेको कारण बीचैमै छोडेर फर्किएका सन्दीपले यस पटक त्यो समस्या भोग्नु परेन । कोरोना महामारीको कारण २०२० मा नेपालको अन्तर्राष्ट्रिय खेल छैन । सन्दीप यो वर्ष फ्रेन्चाइज लिगमै व्यस्त रहँदै पूरै प्रतियोगिता खेल खेल्ने छन् ।

यसअघिका दुई संस्करण भन्दा सन्दीपले विकेट मात्र होईन रन खर्चेको (इकोनमी) रेटमा पनि सुधार गरे । कोरोना महामारीको कारण नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा रोक लगाउँदा एक समय सन्दीप सिपिएल गुमाउन सक्ने सम्मको अवस्थामा पुगेका थिए । तर सरकारकै पहलमा सन्दीप साउन १५ मा वेस्टइन्डिजतर्फ लागेका थिए । विश्व कोरोना महामारीविरुद्ध लडि रहँदा सन्दीपलाई सिपिएल मैदानमा फर्किदै उच्च प्रर्दशन गर्ने अवसर मात्र थिएन त्यो भन्दा ठूलो चुनौती पनि थियो ।

कोरोनाको डरसँगै वेस्टइन्डिज पुगेका सन्दीपले अवसरलाई भरपूर्ण सदुपयोग गरे । यस प्रर्दशनले अर्को साता देखि संयुक्त अरव इमिरेट्स (यूएई) मा सुरु हुने इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्समा सन्दीपको दाबेदारी बलियो बनेको छ । यस प्रर्दशनले सन्दीपको मनोबल उच्च बनेको छ । जसले आइपिएलमा सन्दीपलाई धेरै फाइदा पुग्ने छ ।

यसअघि विश्व फ्रेन्चाइज लिगहरुमा सन्दीपको प्रर्दशनमा स्थिरता थिएन । तर यस पटक उनको प्रर्दशनमा स्थिर रह्यो । लगातार एकपछि अर्को खेलमा राम्रो प्रर्दशन गरिरहे । जमैकालाई कुनै पनि खेलमा निराश बनाएनन् । सन्दीपको विकल्पबारे जमैकाले कल्पना समेत गर्नु परेन । विशेषत निरन्तर विकेट लिएका सन्दीपले विपक्ष्य ब्याट्सम्यानलाई बल डट राख्दै दबाबमा राखिरहे ।

जमैकाले पहिलो रोजाईका स्पिनर सन्दीप र मुजिब उर रहमानले प्रतियोगिताभर उच्च प्रर्दशन गरे । सन्दीप र मुजिबले ११ खेलमा कुल २८ विकेट लिए । मुजिब ११ खेलमा १६ विकेटका साथ शीर्ष स्थानमा रहे । मुजिबले आइपिएलमा किंग्स इलेभेन पञ्जावबाट मुख्य स्पिनरको रुपमा खेल्ने छन् । उनलाई पनि यस प्रर्दशनले धेरै फाइदा पुग्ने छ । जमैकाले मुजिबलाई सुरुवात र सन्दीपलाई मध्यक्रममा प्रयोग गरेको थियो ।

मुजिबको उत्कृष्ट सुरुवातलाई सन्दीपले मध्यक्रममा निरन्तरता दिँदा यी दुईको जोडि प्रतियोगिताकै अब्बल बन्न पुगे । तर ब्रायन लारा र क्विन्स पार्क ओभल दुवै स्पिनर उपयोगी हुँदा सन्दीपले यो भन्दा अझ उत्कृष्ट प्रर्दशन भने गर्न सक्थे । आइपिएलमा यस प्रर्दशनलाई निरन्तरता दिन सन्दीपलाई चुनौती हुने छ । अनुभवी लेग स्पिनर अमित मिश्रा र अफ स्पिनर रविचन्द्रन आवश्नि दिल्लीमा हुँदा सन्दीपलाई टोलीमा स्थान बनाउन सहज पक्कै हुने छैन । तर पाएको अवसरलाई सदुपयोग गर्न सके त्यति धेरै कठिन पनि पक्कै हुने छैन ।

सन्दीप र मुजिबले उत्कृष्ट प्रर्दशन गरि रहँदा ब्याटिङ भने हारको कारण बन्यो । त्यसैले जमैका लिग चरणमा १० खेलमा मात्र ७ अंक जोडेर संघर्षका साथ अन्तिम चारमा स्थान बनाएको थियो । सेमिफाइनलमा ट्रीनबेगो नाइट राइडर्ससँग ९ विकेटले पराजित हुँदै बाहिरियो । जमैकाकै ओपनर ग्लेन फिलिप्स ३ सय १६ रनका साथ शीर्षस्थानमा रहे ।

बलिङ र ब्याटिङ दुबैमा जमैका खेलाडी शीर्ष स्थानमा रहेपनि टोली च्याम्पियन बन्न सीमित खेलाडीको प्रर्दशन भने पर्याप्त थिएन । फिलिप्स बाहेक अन्य ब्याट्सम्यानले आफ्नो भूमिका निर्वाह गर्न सक्थे भने जमैका नतिजा अर्कै आउन सक्थ्यो ।

सिपिएलमा सन्दीपको सम्रग प्रर्दशन

पहिलो खेलमा सेन्ट लुसिया जुक्सविरुद्ध ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिदै सुरुवात गरेका सन्दीपले अन्त्य नाइट राइडर्सविरुद्ध विकेट विहिन हुँदै गरे । सन्दीपले दोस्रो खेलमा राइडर्सविरुद्ध ४ ओभरमा ३० रन खर्चेर एक विकेट लिएका थिए । तेस्रो खेलमा गुयाना एमेजन वारियर्सविरुद्ध सन्दीपले ४ ओभरमा मात्र ८ रन खर्चेर २ विकेट लिए । उक्त खेलमा सन्दीपले १८ बल डट राख्दा कुनै चौका र छक्का दिएनन् ।

चौथो खेलमा पनि सन्दीपले उत्कृष्ट प्रर्दशन गर्दै गुयानाविरुद्ध ४ ओभरमा मात्र १२ रन खर्चिए । १६ बल डट राखेका सन्दीपले कुनै पनि चौका र छक्का दिएनन् । पाँचौ खेलमा सन्दीपले बार्बाडोस ट्राइडेन्सविरुद्ध ४ ओभरमा १६ रन खर्र्चिदै दुई विकेट लिए । यस खेलमा सन्दीपले १३ बल डट राख्दा १ मात्र चौका खर्चिएका थिए । सन्दीप ४ रन समेत जोडेका थिए ।

छैटौं खेलमा सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटसविरुद्ध २७ रन खर्चेर २ विकेट लिएका थिए । सातौं खेलमा राइडर्सविरुद्ध सन्दीपले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए । सेन्ट किट्सविरुद्ध वर्षाको कारण खेल रद्ध हुँदा सन्दीपले बलिङ गर्ने मौका नै पाएनन् । सन्दीपले नवौं खेलमा बार्बाडोसविरुद्ध ४ ओभरमा २६ रन खर्चिएर १ विकेट लिए । लिग चरणको अन्तिम खेलमा जुक्सविरुद्ध सन्दीपले २० रन खर्चेर १ विकेट लिए । सेमिफाइनलमा सन्दीपले राइडर्सविरुद्ध ४ ओभरमा २९ रन खर्चिदा विकेट लिन सकेनन् ।

समग्रमा सन्दीपले ११ खेलमा १० इनिङमा ४० ओभर बलिङ गर्दा १ मेडन राख्दै २ सय ११ रन खर्चेर १२ विकेट लिदै चौथो स्थानमा रहँदै अन्त्य गरे । सन्दीपको इकोनमी रेट ५.२७ रहँदा उत्कृष्ट प्रर्दशन २–८ रह्यो । टि२० क्रिकेटमा ५.२७ को इकोनमीमा बलिङमा उत्कृष्ट प्रर्दशन हो । सन्दीपले १० खेल मध्य तीन खेलमा २–२ विकेट लिए । अन्य ६ खेलमा एक एक विकेट लिए । एक खेलमा भने विकेट लिन सकेनन् ।

यसअघि सिपिएलमा सन्दीपको प्रर्दशन

सन्दीपले सन् २०१८ को सिपिएल सेन्ट किट्सबाट खेल्दै ५ खेलमा १७ ओभर बलिङ गर्दा १ सय ६ रन खर्चेर ७ विकेट लिएका थिए । उत्कृष्ट प्रर्दशन २–१२ र इकोनमी ६.२३ थियो । सन् २०१९ मा सन्दीपले बार्बाडोसबाट सिपिएल खेलेका थिए । ६ खेल खेलेका सन्दीपले १९.५ ओभर बलिङ गर्दा १ सय २९ रन खर्चेर ८ विकेट लिए । इकोनमी ६.५० को रहँदा उत्कृष्ट प्रर्दशन ३–२२ थियो ।

May 8, 2024

दिल्लीको राजस्थानविरुद्ध जित

एजेन्सी – दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ पुग्ने आशा कायम राखेको छ । राजस्थान माथि २० रनको जित दर्ता गर्दै दिल्लीले प्लेअफ पुग्ने सम्भावना कायम नै राखेको छ । दिल्लीले दिएको २ सय २२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय […]

May 7, 2024

एन्जल्स हार्टले केएमसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट स्कुलले जयकुमारनाथ शाह स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा मंगलबार केएमसीलाई हराएको छ । एन्जल्स हार्टले केएमसीलाई ६ विकेटले हराएको हो । १ सय ६३ लक्ष्य पछ्याएको एन्जल्स हार्टसले १९.३ ओभरमा ४ विकेटको क्षेतिमा जित हासिल गरेको थियो । टोलीका लागि युवराज खत्रीले ३६ बलमा ४९, जोय थापा २९ […]

May 7, 2024

सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित

एजेन्सी – सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का […]

Success

Thank you for your time.