5 years ago
September 15, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका छन् ।

सन्दीप सोमबार राती यूएईमा पुगेर दिल्ली क्यापिटल्सको टिम होटेलमा बसिसकेका छन् । दिल्लीले सामाजिक सञ्जालमार्फत सन्दीप यूएईमा आईसकेको जनाकारी दिएको छ । सन्दीप सोमबार बिहान यूएईका लागि उडेका थिए । सन्दीप आइतबार यूएई पुग्ने कार्यक्रम थियो । तर उडान छुटेपछि एक दिन ढिला भएको हो ।
अब सन्दीपले एक दिनको अन्तरमा तीन पटक कोरोना परिक्षण नेगेटिभ भएपछि प्रशिक्षणमा सहभागी हुनेछन् । आइपिएलले पहिलो, तेस्रो र छैटौं दिनको परिक्षण नेगेटिभ आएपछि खेल्न पाउने प्रावधान राखेको छ । सन्दीप सिपिएल खेलेका अन्य खेलाडीभन्दा एक दिन पछि यूएई पुगेका हुन् । सिपिएल खेलेका सिम्रन हेटमायर र किमो पल दिल्लीमा छन् भने अष्ट्रेलियाका एलेक्स केरी र मार्कस स्टोइनिस केहि दिनमा यूएई आइपुग्ने छन् ।
सन्दीप क्यारेबियन क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा सिजन २०२० मा जमैका तलावाज खेल्दै उत्कृष्ट प्रदर्शनका साथ यूएई पुगेका छन् । जमैका सेमिफाइनलबाट बाहिरिएपनि सन्दीपले नियमित विकेट लिदैं उच्च प्रर्दशन गरेका थिए ।

सन्दीपले ११ खेलमा १० इनिङमा ४० ओभर बलिङ गर्दै १ मेडन सहित २ सय ११ रन खर्चेर १२ विकेट लिएका थिए । सन्दीपको इकोनमी रेट ५.२७ रहँद उत्कृष्ट प्रर्दशन २–८ रह्यो । सन्दीपलाई जमैकाले १ करोड भन्दा बढी नेपाली रुपैयाँमा जमैकाले अनुबन्ध गरेको थियो ।
आइपिएल सेप्टेम्बर १९ देखि यूएईमा सुरु हुने छ । दिल्लीले सेप्टेम्बर २० मा किंग्स इलेभेन पञ्जाबसँग खेल्दै सुरुवात गर्ने छ । सन्दीप लगातार तेस्रो सिजन दिल्लीबाट आइपिएल खेल्ने छन् । सिपिएलमा उच्च प्रर्दशन गरेका सन्दीपको मनोबल उच्च छ । सन् २०१८ मा ३२ लाख नेपाली रुपैयाँमा अनुबन्ध भएका सन्दीपले ३ खेल मात्र खेल्ने मौका पाएका थिए । दिल्लीले लिग चरणबाट बाहिरिएपछि सन्दीपलाई मौका दिएको थियो ।
सन् २०१९ मा सन्दीपले ६ खेल खेलेका थिए । सन्दीपले २०१८ मा ५ र २०१९ मा ८ विकेट लिएका थिए । दिल्ली यस पटकको उपाधिको बलियो दाबेदार टोली हो । दिल्लीमा सन्दीपलाई छाड्दा स्पिनरको रुपमा अमित मिश्राा र अफ स्पिनर रविचन्द्रन आविश्न छन् । जसले गर्दा टोलीमा नियमित स्थान बनाउन कठिन पर्ने देखिन्छ ।
चार विदेशी खेलाडी मात्र खेलाउने नियमले गर्दा पनि सन्दीपले नियमित मौका पाउने सम्भावना कम छ । तर यसभन्दा अघिका सिजनमा भन्दा बढी खेल खेल्न पाउने सम्भावना बढी छ । सन्दीप नेपालबाट साउन १५ मा सिपिएल खेल्न वेस्टइन्डिजतर्फ लागेका थिए । अव सन्दीप आइपिएल खेलेपछि मात्र नेपाल फर्किने छन् ।
दिल्लीको पूर्ण टोली :
शिखर धवन, पृथ्वी शा, श्रेयस ऐर, ऋषभ पन्त, इशान्त शर्मा, अक्षर पटेल, अमित मिश्रा, हर्ष पटेल, आवेश खान, कागिसो रबाडा, किमो पल, सन्दीप लामिछाने, अजिंक्या रहाणे, रविचन्द्रन आश्विन, शिम्रन हेटमायर, एलेक्स केरी, मोहित शर्मा, तुषार देशपान्डे, ललित यादव, मार्कस स्टोइनिस, ड्यानियल स्याम्स र एनरिच नोर्टजे ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]