default_image

4 years ago

September 16, 2020

पहिलो पटक च्याम्पियन बन्ने सोचमा पञ्जाब

एजेन्सी – किंग्स इलेभेन पञ्जाब इन्डियन प्रिमियर लिग (आइपिएल) को एक असफल टोली हो । लिग चरणमा उत्कृष्ट सुरुवात तर कमजोर अन्त्यका साथ बाहिरिनु पञ्जाबको प्रमुख समस्या रहँदै आएको छ । पञ्जाब एक पटक मात्र आइपिएलको फाइनलमा पुगेको छ । सन् २०१४ को फाइनलमा कोलकाता नाइट राइडर्ससँग तीन विकेटले पराजित भएको थियो । फाइनललाई छोड्दा […]

40 views

0 Bookmark

एजेन्सी – किंग्स इलेभेन पञ्जाब इन्डियन प्रिमियर लिग (आइपिएल) को एक असफल टोली हो । लिग चरणमा उत्कृष्ट सुरुवात तर कमजोर अन्त्यका साथ बाहिरिनु पञ्जाबको प्रमुख समस्या रहँदै आएको छ ।

पञ्जाब एक पटक मात्र आइपिएलको फाइनलमा पुगेको छ । सन् २०१४ को फाइनलमा कोलकाता नाइट राइडर्ससँग तीन विकेटले पराजित भएको थियो । फाइनललाई छोड्दा पञ्जाब एक पटक मात्र सेमिफाइनलमा पुगेको छ । प्ले अफ सम्म पुग्न सकेको छैन । निरन्तर लिग चरणबाटै बाहिरिंदै आएको छ ।

यस पटक पञ्जाबले अष्ट्रेलिया ग्लेन म्याक्सवेल, वेस्टइन्डिजका शेल्डन कट्टरेल, न्युजिल्यान्डका जेम्श निशम लगायतका खेलाडी अनुबन्ध गर्दै बलियो टोली निर्माण गरको छ । पञ्जाब दोस्रो पटक फाइनल पुग्दै पहिलो उपाधि जित्ने सोचमा छ । पञ्जाबका खेलाडी हेर्दा उपाधिको सम्भावना पनि छ । तर सबै खेलाडील आफ्नो जिम्मेवारी अनुसार प्रर्दशन गर्न भने आवश्यक देखिन्छ ।

इतिहास

पञ्जाब पहिलो संस्करणमै सेमिफाइनलमा पुगेको थियो । उक्त सेमिफाइनलमा पञ्जाब चेन्नई सुपर किंग्ससँग ९ विकेटले पराजित हुँदैं बाहिरिएको थियो । सन् २००९ मा दक्षिण अफ्रिकामा भएको आइपिएलमा पञ्जाब पाँचौं स्थानमा रहेर बाहिरिएको थियो । सन् २०१० मा पञ्जाब खराब प्रर्दशन गर्दै पुछारमा रहेर बाहिरियो । सन् २०११ मा पाँचौं औं, २०१२ र २०१३ मा छैटौं औं स्थानमा रहेर लिग चरण अन्त्य गरेको थियो ।

सन् २०१४ मा भने पञ्जाब पहिलो पटक फाइनलमा पुगेको थियो । फाइनलमा पञ्जाबले ४ विकेटको क्षतिमा १ सय ९९ रन बनाएको थियो । विकेटकिपर रिद्धिमान शाहले १ सय १५ रनको शतकीय उत्कृष्ट इनिङ खेलेका थिए । तर कोलकाताले ७ विकेटको क्षतिमा तीन बल अगाडि पूरा गरेपछि पहिलो फाइनलमा च्याम्पियन बन्न सकेन । त्यसपछि पञ्जाब लगातार लिग चरणबाट बाहिरिदै आएको छ । २०१५ र २०१६ मा पञ्जाब खराब प्रर्दशन गर्दै पुछारमा रहेर बाहिरियो । २०१७ मा पाँचौं औं, २०१८ मा सातौं औं र २०१९ मा छ्रैटौं स्थानमा रहेर लिग चरणबाट बाहिरिएको थियो ।

पहिलो रोजाईका सम्भावित चार विदेशी खेलाडी

पञ्जाबमा वेस्टइन्डिजका ओपनर क्रिस गेल र अष्ट्रेलियाका आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेल पहिलो रोजाईमा खेल्ने छन् । मध्यक्रमका विकेटकिपर ब्याट्सम्यान निकोलस पूरनको सम्भावना छ । मध्यक्रम ब्याटिङ बलियो बनाउन उनको सम्भावना देखिन्छ । वेस्टइन्डिजका तीव्र गतिका बलर शेल्डन कट्टरेल र अफगानिस्तानका लेग स्पिनर मुजिब उर रहमान बलरको रुपमा खेल्ने छन् ।

मुजिबले यसै साता सम्पन्न क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा जमैका तलाबाजबाट उत्कृष्ट प्रर्दशन गर्दै १६ विकेट लिएका थिए । मुजिब पहिलो राजाईमा पर्ने देखिन्छ । पञ्जाबमा भारतीय तीब्र गतिका बलर समस्या देखिन्छ । जसको कारण ब्याट्सम्यान पूरनको स्थानमा शेल्डन र क्रिस जोर्डन मध्य एकले मौका पाउने सम्भावना रहन्छ ।

उत्कृष्ट फिनिसर म्याक्सवेललाई बेन्चमा राख्ने सम्भावना देखिदैन । म्याक्सवेलले खराब प्रर्दशन गरेको खण्डमा न्युजिल्यान्डका अलराउन्डर जेम्श निशमले मौका पाउने छन् । इंग्ल्यान्डका क्रिस जोर्डन र शेल्डन मध्य एकले मौका पाउने छन् ।

बलियो स्पिन आक्रमण

पञ्जाबसँग यस सिजनमा प्रमुख चार स्पिनर र चार अलराउन्डरको रुपमा छन् । मुजिब, इन्डियाका युवा स्पिनर रबि बिश्रोई, मुरुगन आश्विन, जगदिश सुचित । म्याक्सवेल, दीपक होडा, हरप्रीत बार र कृष्णाप्पा गौथम छन् अलराउन्डर स्पिनर हुन् । पञ्जाबले मुजिब र बिश्रोईको जोडिलाई पहिलो प्राथामिकतामा राख्ने छ ।

मुजिबले सिपिएलमा १६ र बिश्रोईले यू१९ विश्वकपमा गत फेब्रुअरीमा १७ विकेटका साथ उत्कृष्ट प्रर्दशन गरेका थिए । यूएईको पिच स्पिनर उपयोगी मानिन्छ । आबूधाबीको पिच स्लो हुँदा स्पिनर बढी हाबी हुन सक्छन् । पञ्जाबमा स्पिनरको राम्रो विकल्प हुँदा उत्कृष्ट पक्ष पनि देखिन्छ ।

सन्तुलित र बलियो ब्याटिङ

पञ्जाबको ब्याटिङ सन्तुलित र बलियो छ । पञ्जाबमा टि२० क्रिकेटका किंग क्रिस गेल, निकोलस पूरन, कप्तान लोकेश राहुल, शरफराज खान, मनदीप सिंह, मंयक अग्रवाल, करुण नायर, ग्लेन म्याक्सवेल, जेम्श निशम लगायतका ब्याट्सम्यान छन् । राहुल पछिल्लो दुई वर्षमा उत्कृष्ट लयमा छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका राहुलले कप्तानी जिम्मेवारी समेत सम्हाल्ने छन् ।

अर्कोतर्फ निकोलस पूरनले पनि उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । गेल टि२० का किंग हुन् । मंयक र शरफराज खानले पनि उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । तल्लोक्रममा ग्लेन म्याक्सेवल र जेम्श निशमले उत्कृष्ट अन्त्य गर्ने गर्दछन् । अर्कोतर्फ म्याक्सवेल र निशमले बलिङ मार्फत जित दिलाउन सक्ने क्षमता राख्छन् । मनदीप सिंह र करुणले पनि राम्रो बलिङको क्षमता राख्छन् ।

कमजोरी

भारतीय तीव्र गतिका उत्कृष्ट बलर नहुँदा टोली सन्तुलनमा केहि समस्या पर्ने देखिन्छ । तीव्र गतिका बलरका रुपमा मोहम्मद शामी, क्रिस जोर्डन, जेम्श निशम, हार्डस भिलजोन, अक्षदीप सिंह, शेलडन कट्टरेल र इशान पोरल छन् । शामी सबैभन्दा अनुभवी खेलाडी हुन् । तर डेर्थ ओभर त्यति स्पेलिष्ट मानिदैनन् । शामीको टि२० आईमा इकोनमी ९. ६३ रहेको छ ।

जोर्डन वा कट्टेल मध्य एकलाई खेलाउँदा स्पिनर मुजिब वा पूरनलाई बेन्चमा राख्नुपर्छ । अन्य सबै भारतीय युवा खेलाडी छन् । धेरैमा अनुभवकै कमी छ । भारतीय विश्वस्तरिय बलर शामी बाहेक पञ्जाबमा अरु तीव्र गतिका बलर छैनन् । यता विदेशी तीव्र खेलाडी खेलाउँदा ब्याटिङमा सन्तुलन बिग्रिन पुग्छ । शामीको प्रर्दशन कम्जोर रहेमा पञ्जाब थप समस्यामा पर्ने देखिन्छ । पञ्जाब एक विदेशी तीव्र गतिका बलरका साथ मात्र अघि बढ्ने रणनीति देखिन्छ ।

दुई तीव्र गतिका विदेशी खेलाडी खेलाउदा ब्याट्सम्यान एक मात्र खेलाउनु पर्ने हुन्छ । जसले गर्दा ब्याटिङ कम्जोर बन्न जान्छ । पञ्जाबका स्पिनरहरुले उच्च प्रर्दशन गर्दा तीब्र गतिका बलरको प्रर्दशन कम्जोर रहन सक्छ ।

खेल तालिका

पञ्जाबले आइपिएलमा दिल्ली क्यापिटल्ससँग सेप्टेम्बर २० मा दुबईमा खेल्दै सुरुवात गर्ने छ । दिल्लीसँग अर्को खेल एक महिनापछि अर्थात अक्टोबर २० मा खेल्ने छ । रोयल च्यालेन्जर्स बेंगलोरसँग सेप्टेम्बर २४ र अक्टोबर १५ मा खेल्ने छ । राजस्थान रोयल्ससँग सेप्टेम्बर २७ र अक्टोबर ३० मा खेल्ने छ । मुम्बई इन्डियन्ससँग अक्टोबर १ र १८ मा खेल्ने छ । चेन्नईसँग अक्टोबर ४ र नोभेम्बर १ मा प्रतिस्पर्धा गर्ने छ । सनराइजर्स हैदराबादसँग पहिलो खेल अक्टोबर ८ र दोस्रो खेल २४ मा खल्ने छ । कोलकाता नाइट राइडर्ससँग अक्टोबर १० र २६ मा प्रतिस्पर्धा गर्ने छ ।

राहुल प्रमुख खेलाडी

कप्तान राहुल पञ्जाबका प्रमुख हतियार हुन् । राहुलले भारतीय क्रिकेटमा लगातार उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । ओपनिङ देखि तल्लोक्रमसम्म राहुलको प्रर्दशन उत्कृष्ट छ । राहुल गतवर्ष आइपिएलमा ५ सय ९३ रनका साथ दोस्रो स्थानमा थिए । राहुलले पछिल्लो समय गत जनवरीमा न्युजिल्यान्डविरुद्ध पाँच टि२० सिरिज खेलेका थिए । जसमा उनले क्रमशः ५६, ५७, २७, ३९ र ४५ रन जोडेका थिए ।

राहुलले ४२ टि२० आई खेलमा २ शतक र ११ अर्ध शतक सहित १ हजार ४ सय ६१ रन बनाएका छन् । राहुलले कप्तानको जिम्मेवारी पनि समाल्ने हुँदा थप उत्कृष्ट प्रर्दशन गर्न सक्छन् । विश्व क्रिकेटमा टि२० का एक उत्कृष्ट ब्याट्सम्यानको छवी बनाएका राहुलको प्रर्दशन पञ्जाबको लागि निकै महत्वपूर्ण हुने छ ।

नायक बन्न सक्ने दुई विदेशी खेलाडी

मुजिब : अफ स्पिनर मुजिब पछिल्लो समय उत्कृष्ट लयमा छन् । मुजिबले सिपिएलमा ११ खेलमा १६ विकेट लिदै उच्च लय र मनोबलका साथ यूएई पुगेका छन् । मुजिब र विश्रोई पञ्जाबको पहिलो रोजाईको स्पिनरमा खेल्ने सम्भावना छ । मुजिब उत्कृष्ट लय हुँदा अर्कोतर्फ पिच स्पिनर सहयोगी छ । जसले मुजिब नायक बन्न सक्छन् ।

म्याक्सवेल : पञ्जाबले ग्लेन म्याक्सवेललाई १० करोड ७५ लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । आक्रामक ब्याटिङका लागि परिचित म्याक्सवेलले स्पिन बलिङ समेत गर्ने गर्दछन् । सन् २०१४ मा म्याक्सवेलले यूएईमा ५ खेलमा तीन अर्ध शतक सहित ३ सय रन बनाएका थिए । उत्कृष्ट प्रर्दशन ९५ थियो । म्याक्सवेल स्पिनरमाथि बढी हाबी हुने गर्दछन् । म्याक्सवेलले पञ्जाबमा फिनिसरको भूमिका निर्वाह गर्ने छन् । पुनः यूएईमा म्याक्सवेलको जादु चल्न सक्छ ।

युवा हिरो बन्न सक्ने खेलाडी

बिश्रोई : २० वर्षिय युवा लेगस्पिनर रबि बिश्रोईले डेब्युका साथ यस सिजनमा उत्कृष्ट प्रर्दशन गर्दै पञ्जाबको टोलीमा हिरो बन्न सक्छन् । आगमी दिनमा भारतीय स्पिनको भविष्य मानिएका बिश्रोईले यू१९ विश्वकपमा गत फेब्रुअरीमा ६ खेलमा १७ विकेट लिदै शीर्ष स्थानमा रहेका थिए । बल टर्न गराउन माहिर उनलाई यूएईको पिचले पनि साथ दिने छ । पञ्जाबका प्रमुख प्रशिक्षक भारतीय पूर्व सफल स्पिनर अनिल कुम्बले छन् । उनको रेखदेखपछि उनको प्रर्दशनमा अझ निखारता देखिने अनुमान गरिएको छ । जसले विश्रोईले उच्च प्रर्दशन गर्दै पञ्जाबलाई उपाधि सम्मको यात्रामा पुर्याउन सक्छन् ।

सम्भावित पहिलो रोजाईको प्लेइङ ११ : लोकेश राहुल, क्रिस गेल, मंयक अग्रवाल, शरफराज खान, ग्लेन म्याक्सवेल, कृष्णाप्पा गौथम, शेल्डन कट्टरेल, मोहम्मद शामी, मुजिब उर रहमान, रबि विश्रोई र ईशान पोरल ।

पञ्जाबको पूर्ण टोली : तजिन्दर दिलन, दर्शन नलकान्डे, अक्षदीप सिंह, प्रभसिम्रन सिंह, हरप्रित बार, रवि बिश्रोई, क्रिस जोर्डन, ग्लेन म्याक्सवेल, जेम्श निशम, हार्डस भिलजोन, मंयक अग्रवाल, करुण नायर, मनदीप सिंह, लोकेश राहुल, कृष्णाप्पा गौथम, मोहम्मद शामी, शेल्डन कट्टरेल, दीपक होडा, क्रिस गेल, जगदीश सुचिथ, मुरुगन आश्विन, निकोलस पूरन, शरफराज खान, ईशान पोरल र मुजिब उर रहमान ।

अफिसियल टोली : निर्देशक तथा प्रमुख प्रशिक्षक : अनिल कुम्बले (भारत), मालिक : मोहित बुरमान, नेस वाडिया, प्रीती जिन्टा, किरण पल, फिल्डिङ प्रशिक्षक : जोन्टी रोड्स (दक्षिण अफ्रिका), ब्याटिङ प्रशिक्षक : वासिम जाफर (भारत), बलिङ प्रशिक्षक : चार्ल लांगभेल्ट (दक्षिण अफ्रिका), सहायक प्रशिक्षक : एन्डी फ्लावर (जिम्बावे)

यो पनि : तेस्रो उपाधि जित्ने सोचमा कोलकाता

March 29, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्स खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्सले टि२० सिरिजको पहिलो खेलमा शुक्रबार खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो १ बजे टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । लगातार वर्षाका कारण मैदान भिजेपछि विहीबार हुने भनिएको पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने जानकारी दिएको […]

March 29, 2024

इण्डो–नेपाल टि ट्वान्टीको सेमिफाइनल समीकरण पूरा

चितवन (हाम्रो खेलकुद)- चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टि ट्वान्टी च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा बिहीबार भएका लिग चरणका अन्तिम खेलमा विजयी हुँदै मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । सबै खेलमा जित निकाल्दै ८ अंकका साथ पिएसआरए ग्रुप लखनउ समूह विजेता […]

March 28, 2024

राजस्थानको लगातार दोस्रो जित

एजेन्सी – दिल्ली क्यापिटल्स माथि जित दर्ता गर्दै राजस्थान रोयल्सले १७औं संस्करणको इंडियन प्रिमियर लिग (आईपिएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ । दिल्लीलाई लगातार दोस्रो हार चखाउने क्रममा राजस्थानले १२ रनको जित दर्ता गरेको हो । १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो । अन्तिम […]

Success

Thank you for your time.