default_image

4 years ago

September 18, 2020

आइपिएल उपाधि जित्न सक्ने चार टोली

एजेन्सी – विश्वको सर्वाधिक लोकप्रिय र धनराशी पुरस्कार भएको टि२० फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं सिजन २०२० शनिबारदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरु हुँदैछ । १३ औं सिजनको आइपिएल कोरोना महामारीको कारण भारतमा आयोजना गर्न सक्ने अवस्था नभएपछि यूएईमा हुन लागेको हो । सन् २०१४ मा आइपिएलका सुरुवाती २० खेल […]

46 views

0 Bookmark

एजेन्सी – विश्वको सर्वाधिक लोकप्रिय र धनराशी पुरस्कार भएको टि२० फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं सिजन २०२० शनिबारदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरु हुँदैछ ।

१३ औं सिजनको आइपिएल कोरोना महामारीको कारण भारतमा आयोजना गर्न सक्ने अवस्था नभएपछि यूएईमा हुन लागेको हो । सन् २०१४ मा आइपिएलका सुरुवाती २० खेल भारतमा आम निर्वाचनको कारण यूएईमा भएका थिए । सन् २००९ मा आम निर्वाचनकै कारण पूरै संस्करण दक्षिण अफ्रिकामा भएको थियो । शनिबार मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबीच उद्धघाटन खेल हुने छ ।

कुनैपनि टोली च्याम्पियन बन्न एकमात्र पक्ष बलियो भएर हुँदैन । टोलीको ब्याटिङ, बलिङ, फिल्डिङ, कप्तानी नेतृत्व, प्रशिक्षक र ब्यवस्थापन लगायतका पक्षहरु उत्कृष्ट हुनुपर्छ । एक पक्ष कमजोर हुँदा उपाधि जित्न कठिन पर्न सक्छ । यस सिजनमा आइपिएलले नयाँ विजेता पाउने सम्भावना छ ।

कुनै पनि टोली कस्तो छ भनेर त्यसमा रहेका खेलाडी, ती खेलाडीको स्तर, पछिल्लो समयको प्रर्दशन, युवा खेलाडीको सम्भावना, टोलीको सन्तुलन लगायतका कुराहरु हेरेर प्रतियोगिता अघिनै अनुमान गर्न सकिन्छ । त्यसै अनुसार आइपिएल २०२० मा सवै टोलीका खेलाडीलाई हेर्दा यी चार टोलीले उपाधि जित्न सक्छन् ।

४. रोयल च्यालेन्जर्स बेंगलोर

विराट कोहली कप्तान रहेको बेंगलोरलाई इतिहास रच्ने सोचमा छ । बेंगलोर आइपिएलमा तीन पटक उप विजेतामा सीमित भएको छ । यस पटक अभागी टोलीको दाग मेटाउँदै च्याम्पियन बन्न चाहान्छ । बेंगलोरको ब्याटिङ र बलिङ सन्तुलन छ । स्पिनरहरु नायक बन्न सक्छन् । बेंगलोरमा विराटसँगै, अष्ट्रेलियाका कप्तान अरोन फिन्च, दक्षिण अफ्रिका एवी डिभिलियर्स, इंग्ल्यान्डका अलराउन्डर मोईन अली, युवा ब्याट्सम्यान देवदत्त पाडिक्कल, शिवम दुबे, जोशुवा फिलिपे र पार्थिव पटेल जस्ता ब्याट्सम्यान छन् ।

कोहली, फिन्च र डी भिलियर्सले आफ्नो लय समाएको खण्डमा उनिहरुलाई रोक्न कठिन पर्ने गर्दछ । यी तीनै ब्याट्सम्यान आक्रामक र ठूलो इनिङको लागि परिचित छन् । यी तीन मध्य एकले क्रिजमा टिक्दै ठूलो इनिङ खेल्दा पाडिक्क, अली, दुबे लगायतका खेलाडीले राम्रो साथ दिनेछन् ।
तल्लोक्रममा क्रिस मोरिसले पनि ठूला सटका क्षमता राख्छन् ।

तीव्र गतिको बलिङमा विश्व क्रिकेटका सफल डेल स्टेन छन् । स्टेनसँगै मोहम्मद सिराज, क्रिस मोरिस र नवदीप सैनी छैन् । दुबे पनि पार्टटाइममा राम्रो विकल्प हुन् । आइपिएल हुने यूएईका शारजाह, दुबई र आबूधाबी स्पिनर सहयोगी मानिन्छ । अष्ट्रेलियाका एडम जाम्पा, इंग्ल्यान्डका मोईन अली, भारतीय लेग स्पिनर युजभेन्द्र चहल, वासिन्टन सुन्दर र पवन नेगी छन् ।

जाम्पाले इंग्ल्यान्डविरुद्ध ओडिआईमा उच्च प्रर्दशन गर्दै बलियो मनोबलका साथ युएई पुग्ने छन् । यी दुई जोडी विपक्षी ब्याट्सम्यानलाई घातक बन्न सक्छन् । यी दुई मध्य एकको प्रर्दशन खराब रहँदा सुन्दर राम्रो विकल्प हुन् । मोईन अली पार्ट टाइमका भरपर्दा खेलाडी हुन् ।

३. कोलकाता नाइट राइडर्स

कोलकाता पनि यस सिजनमा बलियो टोली मध्यको एक हो । कोलकातामा वेस्टइन्डिजका सुनिल नारायण, आन्द्रे रसेल देखि ओईन मोर्गन सम्मका विश्वका चर्चित खेलाडी छन् । कोलकातामा भारतीय युवा स्टार सुवमन गिल, कप्तान तथा विकेटकिपर दिनेश कार्तिक, नितिश राणा, राहुल त्रिपाठ्ठी, इंग्ल्यान्डका कप्तान ओईन मोर्गन र युवा ब्याट्सम्यान टम ब्यान्टन जस्ता खेलाडी छन् ।

नारायण र रसेल जस्ता आक्रामक ब्याट्सम्यान हुँदा टोली बलियो बनेको छ । रसेल र नारायण दुबैले एकै ओभरमा खेललाई बल र ब्याट दुबैबाट मोड्न सक्ने क्षमता राख्छन् । गत सिजनमा उदियमान खेलाडी घोषित भएका गिलले निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । बायाँ हाते मोर्गन इंग्ल्यान्डबाट सीमित ओभरमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उत्कृष्ट प्रर्दशन गर्दै आएका मोर्गनलाई टोलीमा अनुबन्ध गर्दा मध्यक्रम बलियो बनेको छ । नितेश राणाले पनि मध्यक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् ।

युवा स्टार टम ब्यान्टनले उत्कृष्ट ब्याटिङ गर्ने गर्दछन् । स्पिन युनिट बलियो छ । कुलदीप यादव, बरुण चक्रवर्ती, क्रिस ग्रिन र नायरायण छन् । तीव्र गतिको बलिङमा प्रसिद्ध कृष्ण, ल्योकी फर्गुसन, प्याट कमिन्स, कमलेश नगरकोटी र शिवम माभी छन् । जसले गर्दा कोलकता उपाधिको दाबेदार देखिन्छ ।

२. किंग्स इलेभेन पञ्जाब

पञ्जाब यस सिजनमा उपाधिको बलियो दाबेदार टोली हो । पञ्जाबको ब्याटिङ र स्पिन युनिट बलियो छ । पञ्जाबमा क्रिस गेल, लोकेश राहुल, ग्लेन म्याक्सवेल, निकोलस पूरन, मंयक अग्रवाल, करुण नायर, मनदीप सिंह, शरफराज खान र जेम्श निसम जस्ता ब्याट्सम्यान छन् । कप्तान राहुल उत्कृष्ट लयमा छन् । राहुललाई रोक्न विपक्षी बलरलाई मुश्किल पर्न सक्छ । क्रिस गेल र निकोलस पूरन दुबै आक्रामक ब्याटिङ सहित ठूलो इनिङ खेल्ने गर्दछन् ।

अग्रवाल, शरफराज खान र करुणले मध्यक्रमा राम्रो ब्याटिङकासाथ सम्हाल्ने छन् । म्याक्सवेलले उत्कृष्ट अन्त्य गर्दै सहज जित दिलाउन सक्छन् । गत बुधबार इंग्ल्यान्डसँगको तेस्रो ओडिआईमा उत्कृष्ट शतक प्रहार गरेका म्याक्सवेलको मनोबल बलियो छ । निशमले तल्लोक्रममा ठूला खेल्ने गर्दछन् । यूएईको पिचमा दुई युवा स्टार मुजिब उर रहमान र रबि बिश्रोईले जादु गर्न सक्छन् । यी दुबै उत्कृष्ट लयमा छन् ।

यी दुईलाई छाड्दा मुरुगन आश्विन र जगदिश सुचित पनि प्रमुख स्पिनर हुन् । म्याक्सवेल, दीपक होडा, हरप्रीत बार र कृष्णाप्पा गौथम स्पिनरमा पार्ट टाइमका राम्रा विकल्प हुन् । यूएईका पिच स्पिनर सहयोगी हुँदा त्यसको फाइदा पञ्जाबले उठाउने छ । तीव्र गतिका बलरमा क्रिस जोर्डन, मोहम्मद शामी, शेल्डन कटरेल जस्ता चर्चित खेलाडी छन् । निशमले पनि मध्य गतिमा उत्कृष्ट प्रर्दशन गर्ने गर्दछन् । ब्याटिङ र स्पिन युनिट बलियो हुँदा पञ्जाबले पहिलो पटक उपाधि जित्न सक्छ ।

१. दिल्ली क्यापिटल्स

आइपिएल २०२० मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली उपाधिको प्रमुख दाबेदार र सर्वाधिक बलियो टोली हो । दिल्लीको ब्याटिङ र बलिङ दुबै उत्कृष्ट छ । दिल्लीले बलियो टोली निर्माण गरेको छ । दिल्लीमा पृथ्वी शा, शिखर धवन, श्रेयस ऐर, अजिंक्या रहाणे, विकेटकिपर ऋषभ पन्त, शिम्रन हेटमायर, मार्कस स्टोइनिस र एलेक्स केरी जस्ता विश्वप्रसिद्ध ब्याट्सम्यान छन् । जसले दिल्लीको ब्याटिङ बलियो मात्र छैन गहिराई र राम्रो विकल्प पनि त्यतिनै छ । यी सबै ब्याट्सम्यान ठूलो इनिङ खेल्दै सहज जित दिलाउन सक्छन् ।

हेटमायरको आगमनले मध्यक्रम झनै बलिायो बनेको छ । सबै अन्तर्राष्ट्रिय क्रिकेट निरन्तर खेल्दै उत्कृष्ट प्रर्दशन गर्दै आएका खेलाडी दिल्लीमा छन् । स्पिनरमा नेपाली युवा स्टार सन्दीपसँगै अनुभवी अमित मिश्रा, रविचन्द्रन आविश्न र अक्षर पटेल छन् । सन्दीपको युवा जोश, मिश्रा र आश्विनको अनुभवमा यूएईको पिचमा दिल्लीका स्पिनर नायक बन्न सक्छन् ।

योर्करका माहिर कागिसो रबाडा, मोहित शर्मा, एनरिच नोर्टजे, डानियल साम र ईशान्त शर्मा लगायत खेलाडी हुँदा तीव्र गतिको बलिङ युनिट उत्कृष्ट छ । अलराउन्डर मार्कस स्टोइनिस, अक्षर र किमो पल छन् । त्यसैले दिल्लीलाई प्लेइङ ११ छान्न निकै कठिन पर्ने देखिन्छ ।

धेरै टोली सीमित खेलाडीमा निर्भर छन् । तर दिल्लीमा एकले खराब प्रर्दशन गर्दा अर्को राम्रो विकल्प छ । जसले गर्दा खेलाडीमा प्रतिस्पर्धा पनि हुन्छ र टोलीको नतिजा उत्कृष्ट हुन्छ । दिल्ली पहिलो पटक फाइनलमा पुग्दै सहजै उपाधि जित्न सक्ने यस सिजनमा बलियो सम्भावना देखिन्छ ।

March 29, 2024

इण्डो–नेपाल टि ट्वान्टी- मधेश र तालतला फाइनल भिड्ने

चितवन (हाम्रो खेलकुद)- मधेश प्रदेश र भारतीय टोली तालतला इन्स्टिटाइट कोलकाता चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टि‌ ट्वान्टी च्याम्पियनसिप क्रिकेटको‌ फाइनलमा भिड्ने भएका छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा शुक्रबार भारतको क्षेत्रीय टोली पिएसआरए ग्रुप लखनउलाई २ विकेटले पराजित गर्दै मधेश फाइनलमा पुगेको हो। जितको लागि लखनउले दिएको १ सय ४८ रनको लक्ष्य मधेशले १९.४ […]

March 29, 2024

लोकेशको शतकका बाबजुद नेपाल ‘ए’ पराजित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर लोकेश बमको आक्रामक शतकका बाबजुद नेपाल ‘ए’ ले टि२० सिरिजको पहिलो खेलमा आयरल्यान्ड वल्भ्ससँग २१ रनले पराजित भएको छ । आयरल्यान्डले प्रस्तुत गरेको २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले ३ बल अगावै २ सय १ रनमा अलआउट भयो । यससँगै वल्भ्सले सिरिजमा १-० को अग्रता लिएको […]

March 29, 2024

नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सको विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’ विरुद्धको टि२० सिरिज अन्तर्गत पहिलो खेलमा २ सय २३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको वल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो । मध्यम सुरुवात गरेको आयरल्यान्ड वल्भ्सले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै विशाल योगफल खडा गर्यो । […]

Success

Thank you for your time.