default_image

4 years ago

September 20, 2020

सन्दीपको तीनै कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ

काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न यूएई पुगेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेको तीनै कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । दिल्ली क्यापिटल्सबाट लगातार तेस्रो सिजन खेल्न क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेलेर सन्दीप सोमबार राती संयूक्त अरब इमिरेट्स (यूएई) पुगेका थिए । आइपिएलको नियम अनुसार एक दिनको अन्तरमा तीन पटक कोरोना परिक्षण […]

45 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न यूएई पुगेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेको तीनै कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

दिल्ली क्यापिटल्सबाट लगातार तेस्रो सिजन खेल्न क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेलेर सन्दीप सोमबार राती संयूक्त अरब इमिरेट्स (यूएई) पुगेका थिए । आइपिएलको नियम अनुसार एक दिनको अन्तरमा तीन पटक कोरोना परिक्षण गराएपछि रिपोर्ट नेगेटिभ आएमा खेलको लागि उपलब्ध हुन पाइने छ ।

सन्दीपको तीनै रिपोर्ट नेगेटिभ आएको सन्दीपको व्यवस्थापन हेर्दै आएका राष्ट्रिय क्रिकेट टोलीका टेक्निकल एनालिष्ट रमन शिकाकोटीले बताएका छन् । योसँगै आज बेलुका हुने किंग्स इलेभेन पञ्जाबविरुद्धको खेलमा सन्दीप दिल्लीको टोलीमा छनोटका लागि उपलब्ध हुने छन् । पञ्जाब र दिल्लीबीचको खेल बेलुका ७ः४५ पछि दुबईमा हुने छ । सन्दीप शनिवार दिल्ली टोलीसँग अभ्यासमा सामेल भएका थिए ।

दिल्लीले सन् २०१८ मा सन्दीपलाई ३२ लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको थियो । दिल्लीले सुरुवाती खेलमा मौका भने दिएन । दिल्ली लिग चरणबाट बाहिरिए पछि अन्तिमका तीन खेलमा मौका दिएको थियो । तीन खेलमा सन्दीपले पाँच विकेट लिएका थिए । सन् २०१९ मा दिल्लीले सन्दीपलाई ६ खेलमा मौका दिँदा ८ विकेट लिएका थिए । तीन वर्षे सम्झौता अुनसार सन्दीपको यो दिल्लीमा अन्तिम सिजन हो ।

दिल्लीसँग प्रमुख स्पिनरमा रविचन्द्रन आश्विन, अमित मिश्रा र सन्दीप लामिछाने छन् । अलराउन्डरको रुपमा अक्षर पटेल छन् । जसले गर्दा अन्तिम ११ मा स्थान बनाउन केहि कठिन पर्ने देखिन्छ । जमैका तलाबाजबाट १२ विकेटका साथ उच्च प्रर्दशन गर्दै यूएई पुगेका सन्दीप उच्च मनोबल र राम्रो लयमा छन् ।

April 20, 2024

दीपेन्द्रको ब्याटिङमा नेपालको प्रतिस्पर्धात्मक योगफल

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ । पछिल्लो खेलमा खराब ब्याटिङ प्रदर्शन गरेको नेपालले आज निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको हो ।  टस जितेर पहिला ब्याटिङ रोजेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २९ बलमा ४ चौका र ३ […]

April 20, 2024

लुम्बिनी तेस्रो जितसहित शीर्षस्थानमा कायम

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा शनिबार लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई ५० रनले हराएको छ। लुम्बिनीको यो तेस्रो जित हो र ६ अंक सहित अंक तालिकाको शीर्षस्थानमा रहेको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले ४५ रन बनाए। जितको लागि १ सय ३९ रनको मध्यम लक्ष्य पछाएको कोशी प्रदेश १९.४ ओभरमा मात्र […]

April 20, 2024

नेपालले हङकङविरुद्ध टस जित्यो

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका छन् । नेपालले युएई विरुद्ध सेमिफाइनल खेलमा हार बेहोरेको प्लेइङ-११मा कुनै पनि परिवर्तन नगरी सोही टोली उतार्ने भएको छ । नेपालको प्लेइङ ११: कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल […]

Success

Thank you for your time.