default_image

4 years ago

September 20, 2020

आइपिएलमा सन्दीप : दिल्लीको समिकरण र सम्भावना

भुपेन्द्र जिसी, काठमाडौं नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार तेस्रो सिजन दिल्ली क्यापिटल्सबाट खेल्दै छन् । सन्दीप सम्मिलित दिल्लीले आइतबार किंग्स इलेभेन पञ्जाबविरुद्ध खेल्दै सुरुवात गर्ने छ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा जमैका तलाबाजबाट खेलेर सन्दीप सोमबार राती संयुक्त अरव इमिरेट्स (यूएई) पुगेका थिए । सिपिएलमा १२ विकेटसाथ स्थिर […]

42 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार तेस्रो सिजन दिल्ली क्यापिटल्सबाट खेल्दै छन् । सन्दीप सम्मिलित दिल्लीले आइतबार किंग्स इलेभेन पञ्जाबविरुद्ध खेल्दै सुरुवात गर्ने छ ।

क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा जमैका तलाबाजबाट खेलेर सन्दीप सोमबार राती संयुक्त अरव इमिरेट्स (यूएई) पुगेका थिए । सिपिएलमा १२ विकेटसाथ स्थिर प्रर्दशन गरेका सन्दीपलाई आइपिएलमा त्यहिं प्रर्दशनलाई निरन्तरता दिन चुनौती छ ।

सिपिएलको प्रर्दशनले सन्दीपको मनोबल उच्च छ । चार विदेशी कोटामा स्थान बनाउन सहज भने देखिदैन । दिल्लीले सन् २०१८ मा सन्दीपलाई ३२ लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको थियो । पहिलो सिजनमा दिल्लीले सुरुवाती खेलमा सन्दीपलाई मौका दिएन । दिल्ली लिग चरणबाट बाहिरिए पछि अन्तिमका तीन खेलमा मौका दिएको थियो । तीन खेलमा सन्दीपले पाँच विकेट लिदै सबैलाई प्रभावित पारेका थिए ।

सन् २०१९ मा दिल्लीले सन्दीपलाई ६ खेलमा मौका दिएको थियो र ८ विकेट लिएका थिए । गतवर्ष दिल्लीले सन्दीपलाई मौका दिँदा दक्षिण अफ्रिका क्रिस मोरिसलाई बेन्चमा राखेको थियो । मोरिसलाई मौका दिँदा सन्दीपलाई बेन्चमा राखेको थियो । तर यस सिजनको लागि मोरिसलाई दिल्लीले फुकुवा गरेको थियो ।

अक्सनमा मोरिसलाई रोयल च्यालेन्जर्स बेंगलोरले महँगो मूल्यमा अनुबन्ध गरेको थियो । यस पटक पनि सन्दीपको प्रतिस्पर्धा अलराउन्डर खेलाडीसँगै हुने देखिएको छ । यस सिजनमा बढी मौका पाउने सम्भावना छ ।

सन्दीपको सम्भावना

दिल्लीसँग प्रमुख स्पिनरमा रविचन्द्रन आश्विन, अमित मिश्रा र सन्दीप लामिछाने छन् । अलराउन्डरको रुपमा अक्षर पटेल छन् । ३७ वर्षिय अमित मिश्रा आइपिएलका सर्वाधिक विकेट लिने दोस्रो खेलाडी हुन् । सर्वाधिक विकेट लिने स्पिनर हुन् । मिश्राले आइपिएलमा १ सय ४७ खेलमा १ सय ५७ विकेट लिएका छन् । मिश्रा आइपिएल इतिहासमा तीन पटक ह्याट्रिक गर्ने एक्लो खेलाडी हुन् । जसले गर्दा सुरुवातमै मिश्रालाई बेन्चमा राख्ने सम्भावना कम छ । मिश्राले खराब प्रर्दशन गर्दा सन्दीपलाई बाटो खुल्ने छ ।

अफ स्पिनर आश्विनले भने नियमित स्थान बनाउने छन् । आबूधाबी, दुबई र शारजाह पिच स्पिनर उपयोगी हुँदा दुई प्रमुख स्पिनर टोलीमा खेलाउने सम्भावना छ । एक लेग र अर्को अफस्पिनर मैदान उतार्ने छ । युवा स्टार सन्दीप र अनुभवी मिश्रा मध्य एकलाई मैदान उताने निर्णय लिन दिल्लीलाई पनि पक्कै सहज हुने छैन ।

मिश्राले पछिल्लो समय गत नोभेम्बरमा हरियाणाबाट टि२० प्रतियोगिता खेलेका थिए । जसमा दश खेलमा तीन विकेट मात्र लिएका थिए । सात खेलमा विकेट विहीन बनेका थिए । पछिल्लो समयको लय हेर्दा दिल्ली सन्दीपका साथ अघि बढ्ने देखिन्छ । तर टोली सन्तुलन बनाउन भने सन्दीपलाई बेन्चमा राख्न सक्छ ।

सन्दीपलाई चार मात्र विदेशी खेलाडीको कोटामा स्थान बनाउन सहज हुने छैन । दिल्लीले दक्षिण अफ्रिका तीव्र गतिका बलर कागिसो रबाडा र वेस्टइन्डिजका मध्यक्रमका आक्रामक ब्याट्सम्यान शिम्रन हेटमायरलाई पहिलो रोजाईमा खेलाउने निश्चित जस्तै छ । रबाडाले गतवर्ष १२ खेलमा २५ विकेट लिँदै दोस्रो स्थानमा रहेका थिए । आक्रामक ब्याट्सम्यान हेटमायर उत्कृष्ट लयमा छन् र मध्यक्रम सम्हाल्ने छन् ।

दिल्लीसँग भारतीय तीव्र गतिका बलरमा तुषार देशपान्डे, मोहित शर्मा, आवेश खान र ईशान्त शर्मा छन् । दिल्लीसँग भारतीय उत्कृष्ट टि२० तीव्र गतिका बलर छैनन् । त्यसैले दिल्लीले दुबै तीव्र गतिका बलर विदेशी खेलाडी खेलाउने सम्भावना छ । दिल्लीले रबाडाको जोडीमा दक्षिण अफ्रिकाकै एनरिच नोर्टजेलाई खेलाउने सम्भावना छ । दक्षिण अफ्रिका २६ वर्षिय नोर्टजे योर्कर बल र १५० माथिको तीव्र गतिमा बलिङ गने क्षमता राख्छन् । रबाडा पनि योर्करका लागि सिपालु छन् ।

रबाडा डेथ ओभर अर्थात अन्त्यमा उत्कृष्ट बलिङका साथ विकेट लिँदै विपक्षीलाई सस्तैमा समेट्ने खोज्ने छन् । नोर्टजेले नयाँ बलको साथ उत्कृष्ट प्रर्दशन गर्ने छन् । नोर्टजे दक्षिण अफ्रिकाबाट गतवर्ष डेब्यु गर्दै उत्कृष्ट प्रर्दशन गदै आएका छन् । नोर्टजेले खराब प्रर्दशन गर्दा दिल्लीले अष्ट्रेलियाका ड्यानियल साम्सलाई खेलाउने छ । २७ वर्षिय सामले बिग ब्यास लिग २०१९/२० मा सिड्नी थन्डरबाट ३० विकेट लिदै शीर्ष स्थानमा रहेका थिए ।

चौथो विदेशी कोटामा सन्दीपसँगै अष्ट्रेलिया अलराउन्डर मार्कस स्टोइनिस, विकेटकिपर एलेक्स केरी र वेस्टइन्डिजका अलराउन्डर किमो पल छन् । हेटमायर र ऋषभ पन्त नचलेको खण्डमा दिल्लीको तल्लोक्रम ब्याटिङ कमजोर हुने देखिन्छ । तल्लोक्रममा ब्याटिङ गर्ने भारतीय खेलाडी दिल्लीमा छैनन् । गतवर्ष तल्लोक्रमको कमजोर ब्याटिङको कारण उपाधि नजिक पुगेर बाहिरिएको दिल्ली यो पटक त्यस समस्या अन्त्य गर्न अक्सनमा स्टोइनिस, हेटमायर र केरीलाई महँगो मूल्यका खर्चेको थियो ।

दिल्लीले आफूसँग मिश्रा र आश्विन हुँदा मार्कस स्टोइनिसलाई मौका दिन सक्छ । पछिल्लो समय राम्रो लयमा रहेका स्टोइनिसले लगातार उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । स्टोइनिस २०१९÷२० मा मेलबर्न स्टार्सबाट सर्वाधिक रन बनाउने ब्याट्सम्यान बन्दै सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । ३१ बर्षिय स्टोइनिसले मध्यगतिमा बलिङ पनि गर्ने हुँदा पहिलो प्राथमिकतामा पर्न सक्छन् । स्टोइनिसलाई खेलाउदा दिल्लीको ब्याटिङ थप मजबुत हुँदै सन्तुलन बन्ने छ ।

अर्का अलराउन्डर अक्षर पटेल टोलीमा पहिलो रोजाईमा खेल्ने छन् । पटेलले तल्लोक्रममा आक्रामक ब्याटिङ गर्दा स्पिन बलिङ गर्ने गर्दछन् । दिल्लीले समान दुई प्रमुख तीव्र गतिका बलर, स्पिनर र अलराउन्डरका साथ मैदान उत्रने सम्भावना छ । यता अमित मिश्राले उत्कृष्ट प्रर्दशन गर्दा दिल्लीले सन्दीपलाई कम मौका दिने छ । सन्दीपले मौका पाएको खेलमा उत्कृष्ट प्रर्दशन गर्न आवश्यक छ । पाएको मौका सदुपयोग गर्न नसके पुन मौका पाउन कठिन देखिन्छ ।

सन्दीपलाई अनुभवको फाइदा उठाउने अवसर

मैदानले खेलाडीको प्रर्दशनमा धेरै प्रभाव पार्ने गर्दछ । मैदानको बारे जानकारी हुँदा योजना र सोच अनुसार प्रर्दशन गर्न सहज हुन्छ । सन्दीपले यूएईमा लगातार खेल्दै आएका छन् । सन्दीपले सन् २०१७ डिसेम्बरमा यूएईसँग आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आबूधाबीमा दुई खेल खेलेका थिए । जसमा एक एक विकेट लिएका थिए ।

सन् २०१८ मा सन्दीपले टि१० लिगमा केरला किंग्सबाट शारजाहमा ६ खेलमा ६ विकेट लिएका थिए । सन् २०१९ को जनबरीमा सन्दीपले यूएईसँगको तीन ओडिआई सिरिजमा दुबईमा ३ खेलमा ७ र तीन टि२० मा ५ विकेट लिएका थिए । सन् २०१९ फ्रेब्रुअरी मार्चमा सन्दीपले पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्सबाट आबूधाबी, दुबई र शारजाहमा खेल्दै ७ खेलमा ११ विकेट लिएका थिए ।

नोभेम्बर आबूधाबीमा भएको टि१० प्रतियोगितामा सन्दीपले कर्नाटका टस्कर्सबाट ५ खेलमा ६ विकेट लिएका थिए । आइपिएलका खेल आबूधाबी, दुबई र शारजाहमा हुने छ । यी तीनै मैदान र पिचको बारे सन्दीपलाई राम्रोसँग जानकारी छ । जुन अनुभवको फाइदा उठाउन आवश्यक पर्दछ ।

उत्कृष्ट प्रर्दशन आवश्यक

दिल्लीले सन्दीपलाई सन् २०१८ को अक्सनमा तीन वर्षलाई टोलीमा अनुबन्ध गरेको थियो । जस अनुसार दिल्लीमा सन्दीपको अन्तिम सिजन हुने छ । सन्दीपलाई यस सिजनपछि दिल्लीले फुकुवा गर्ने छ । आगमी अक्सनमा सन्दीपलाई यस वर्षको प्रर्दशनले पनि निकै प्रभाव पार्ने छ । सन्दीपले आइपिएलमा क्षमता अनुसारको पारिश्रमिक नपाएको भन्ने समर्थक र सुभचिन्तको गुनासो रहँदै आएको छ ।

अन्य विदेशी लिगहरुमा करोडसम्म बिकेका सन्दीपले आइपिएलमा भने ३२ लाख नेपाली रुपैयाँमा खेल्दै आएका छन् । यस सिजनमा उत्कृष्ट प्रर्दशन गर्न सके आगमी वर्षको अक्सनमा सन्दीपले महँगो मूल्य पाउन सक्छन् ।

April 19, 2024

नेपाललाई हराउँदै यूएई प्रिमियर कपको फाइनलमा

मस्कट (हाम्रो खेलकुद) – साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले पराजित गर्दै यूएईले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय २० रनको सामान्य लक्ष्य यूएईले ओभरमा ४ विकेटको क्षतिमा १८ […]

April 19, 2024

बागमती प्रदेशको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बागमती प्रदेशले दोस्रो जित निकालेको छ। आज भएको खेलमा कोशी प्रदेशलाई ७ रनको झिनो अन्तरमा हराउँदै बागमतीले ४ अंक बनाएको छ। माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको कोशी प्रदेश २० ओभरमा अल आउट हुँदै १ सय ३१ रनमा समेटियो। […]

April 19, 2024

फाइनल पुग्न यूएईलाई नेपालको सामान्य लक्ष्य

मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत नेपालले पहिलो सेमिफाइनलमा यूएईलाई १ सय २० रनको सामान्य लक्ष्य दिएको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो । शीर्षक्रमले संघर्ष गर्दा नेपालले तल्लोक्रमका ब्याटरको सहयोगमा २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन जोड्यो । […]

Success

Thank you for your time.