5 years ago
September 20, 2020
एजेन्सी– नेपाली लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो खेलमा दिल्ली क्यापिटल्सबाट किंग्स इलेभेन पञ्जाबविरुद्ध टोलीको प्लेइङ बाहिर रहेका छन् । पञ्जाबले पनि क्रिस गेललाई बेन्चमा राखेको छ ।

दुबईमा भएको टसमा पञ्जाबका कप्तान लोकेश राहुलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । दिल्लीका कप्तान श्रेयस ऐरले बुझाएको प्लेइङ ११ मा चार विदेशी खेलाडीमा तीव्र गतिका बलर कागिसो रबाडा, एनरिच नोर्टजे, ब्याट्सम्यान शिम्रन हेटमायर र अलराउन्डर मार्कस स्टोइनिस रहेका छन् । सन्दीपलाई बेन्चमा राखेको छ ।
पञ्जाबका कप्तान लोकेश राहुलले आफ्नो चार विदेशी खेलाडीमा ब्याट्सम्यान निकोलस पूरन, ग्लेन म्याक्सवेल, शेल्डन कटरेल र क्रिस जोर्डन रहेको बताएका छन् । पञ्जाबले राम्रो लयमा रहेका अफगानिस्तानका स्पिनर मुजिब उर रहमान र आक्रामक ब्याट्सम्यान क्रिस गेललाई बेन्चमा राखेको छ ।
दिल्ली पाँच प्रमुख ब्याट्सम्यान, समान दुई अलराउन्डर, तीव्र गतिका बलर र स्पिनरका साथ मैदान उतारेको छ । दक्षिण अफ्रिका तीव्र गतिका बलर कागिसो रबाडा र एनरिच नोर्टजेललाई मैदान उतारेपछि सन्दीपलाई बेन्चमा राखेको हो । दिल्लीले भारतीय तीव्र गतिका बलर खेलाएको छनै । दिल्ली एक अलराउन्डर अक्षर पेटल सहित तीन स्पिनर खेलाएको छ ।
पञ्जाबले तीन तीव्र गतिका बलर मैदान उतारेको छ । युवा स्पिनर रबि बिश्रोईलाई डेब्यु गराउदा मुजिबलाई बेन्चमा राखेको छ । तीव्र गतिको बलिङ बलियो बनाउँदा आक्रामक ब्याट्सम्यान क्रिस गेललाई बेन्चमा राखेको छ ।
दिल्लीको प्लेइङ ११ : पृथ्वी शा, शिखर धवन, शिम्रन हेटमायर, श्रेयस ऐर (कप्तान), ऋषभ पन्त(विकेटकिपर), मार्कस स्टोइनिस, अक्षर पटेल, रविचन्द्रन आश्विन, कागिसो रबाडा, एनरिच नोर्टजे र अमित मिश्रा
पञ्जाबको प्लेइङ ११ : लोकेश राहुल (कप्तान तथा विकेटकिपर), मंयक अग्रवाल, करुण नायर, शरफराज खान, ग्लेन म्याक्सवेल, निकोलस पूरन, कृष्णाप्पा गौथम, क्रिस जोर्डन, रबि बिश्रोई, मोहम्मद शामी र शेल्डन कटरेल
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]