default_image

4 years ago

September 20, 2020

स्टोइनिसले जोगाए दिल्लीको ब्याटिङ

एजेन्सी – अलराउन्डर मार्कस स्टोइनिसको उत्कृष्ट ब्याटिङमा इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो खेलमा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जाबलाई १ सय ५८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निधारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५७ रन बनायो । तल्लोक्रममा उत्कृष्ट ब्याटिङ गर्दै मार्कस स्टोइनिस २१ बलमा […]

75 views

0 Bookmark

एजेन्सी – अलराउन्डर मार्कस स्टोइनिसको उत्कृष्ट ब्याटिङमा इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो खेलमा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जाबलाई १ सय ५८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निधारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५७ रन बनायो । तल्लोक्रममा उत्कृष्ट ब्याटिङ गर्दै मार्कस स्टोइनिस २१ बलमा ७ चौका र ३ छक्का सहित सर्वाधिक ५३ रन बनाए । १९ ओभरमा १२७–७ को अवस्थामा रहेको दिल्लीलाई स्टोइनिसले विश्फोटक ब्याटिङ गर्दै प्रतिस्पर्धात्मक योगफलमा पुर्याएका थिए । क्रिस जोर्डनले अन्तिम ओभरमा ३० रन खर्चेका थिए ।

स्टोइनिसले अन्तिम ओभरमा क्रिस जोर्डनलाई पहिलो बलमा छक्का, दोस्रो, तेस्रो र चौथो बलमा लगातार चौका प्रहार गरे । पाँचौ बलमा छक्का प्रहार गर्दै स्टोइनिसले २० बलमा अर्ध शतक पूरा गरेका थिए ।

दिल्लीको सुरुवात खराब प्रर्दशन गर्याे । दोस्रो ओभरको चौथो बलमा पृथ्वी शासँग तालमेल नमिल्दा शिखर धवन शून्यमा रन आउट हुन पुगे । मोहम्मद शामीको चौथो ओभरको तेस्रो बलमा ठूलो सट खेल्ने धुनमा शा क्रिस जोर्डनबाट ५ रनमा क्याच भए । शामीले यसै ओभरको अन्तिम बलमा हेटमायरलाई मंयक अग्रवालबाट ७ रनमा क्याच गराउँदै दिल्लीलाई १३–३ को कमजोर अवस्थामा पुर्याए ।

चौथो विकेटका लागि कप्तान श्रेयस ऐर र ऋषभ पन्तले ७३ रनको साझेदारी गर्दै संकटमा रहेको दिल्लीको इनिङ सम्हालेका थिए । तर १४ औं ओभरको अन्तिम बलमा डेब्यु खेल खेलेका युवा स्पिनर रबि बिश्रोईले ऋषभ पन्तलाई ३१ रनमा बोल्ड आउट गरे । पन्तले २९ बलमा ४ चौका प्रहार गरे ।

लगत्तै १५ औं ओभरको पहिलो बलमा मोहम्मद शामीले जोर्डनबाट ऐरलाई ३९ रनमा क्याच आउट गराउदै पञ्जाबलाई खेलमा हाबी गराए । ऐरले ३२ बलमा ३ छक्का प्रहार गरे । १७ औं ओभरको पहिलो बलमा शेल्डन कटरेलले अक्षर पटेललाई ६ रनमा कप्तान राहुलबाट क्याच गराउदै ९६–६ को कमजोर अवस्थामा पुर्याए । रविचन्द्रन आश्विन ४ रनमा क्याच आउट भए ।

पञ्जाबका मोहम्मद शामीले उत्कृष्ट प्रर्दशन गर्दै ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । रबि बिश्रोईले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । शेल्डन कटरेलले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । जोर्डनले ४ ओभरमा ५६ रन खर्चे ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.