5 years ago
September 23, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा फ्रेन्चाइज टोली सनराइजर्स हैदराबादलाई धक्का लागेको छ । अष्ट्रेलियाका स्टार अलराउन्डर मिचेल मार्शलेले चोटका कारण आइपिएल २०२० गुमाउने भएका छन् ।

मार्श सोमबार रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध बलिङ गर्नेक्रममा घाइते भएका थिए । मार्श बेंगलोरविरुद्ध पाँचौ ओभरमा बलिङ गर्नेक्रममा उनको खुट्टाको एंकलमा समस्या देखिएपछि बाँकी दुई बल विजय शंकरले गरेका थिए । ब्याटिङमा अन्तिम विकेटका रुपमा मैदान छिरेका उनी शिवम दुबेले विराट कोहलीबाट क्याच आउट गराएका थिए ।
मार्शले आइपिएल गुमाउने भएपछि हैदराबादले वेस्टइन्डिजका स्टार अलराउन्डर जेसन होल्डरलाई टोलीमा समेटेको छ । मार्शलाई अक्सनमा हैदराबादले २ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । पछिल्लो पाँच बर्षमा मार्श चोटका कारण दोस्रो पटक आइपिएलबाट बाहिरिएका हुन् । यसअघि राइजिङ पुणे सुपरजाइन्टबाट खेल्नेक्रममा सन् २०१७ मा पनि चोटका कारण बाहिरिएका थिए ।
लगातार चोटसँग जुधिरहेका मार्श पछिल्लो समय राम्रो लयमा थिए । यसै साता सम्पन्न इंग्ल्यान्डबिरुद्ध तीन ओडिआई सिरिज अष्ट्रेलियालाई २–१ ले जिताउन मार्श उत्कृष्ट अलराउन्डर प्रर्दशन गरेका थिए । अष्ट्रेलियाका एक उत्कृष्ट अलराउन्डर मार्श चोटकै कारण मैदान बाहिर रहँदै आएका छन् ।

टेष्टका स्टार होल्डरले अक्सनमा आफ्नो न्युनतम मूल्य ७५ लाख भारतीय रुपैयाँ राखेपनि बिक्न सकेका थिएनन् । सिपिएलमा होल्डरले बार्बाडोसबाट खेल्दै १ सय ९२ रन बनाउनुको साथै १० विकेट लिएका थिए । होल्डर अव ६ दिन क्वारेन्टाइनमा बस्नुपर्ने छ । एक दिनको अन्तरमा तीन पटक कोरोनो परिक्षण गराएपछि नेगेटिभ आएमा हैदराबादको टोलीमा सामेल हुन पाउने छन् ।
होल्डरले दोस्रो पटक हैदराबादबाट आइपिएल खेल्ने छन् । यसअघि सन् २०१४ को संस्करण आइपिएल हैदराबादबाटै खेलेका थिए । होल्डरले कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्सबाट पनि आइपिएल खेलेका छन् ।
न्युजिल्यान्डका कप्तान केन विलियम्सन हैदराबादबाट कोलकाताविरुद्धको खेलमा उपलब्ध हुने भएका छन् । शुक्रबार हुने कोलकातासँगको खेलमा उनि टोलीमा उपलब्ध हुने भएपछि मध्यक्रम ब्याटिङ बलियो बन्ने छ । चोटकै कारण बेंगलोरसँगको खेलमा बेन्चमा बसेका थिए । बेंगलोरविरुद्ध ब्याटिङको क्रममा अभिषेक शर्मा र राशिद खान रन लिनेक्रममा पीचकोबीच भागमा ठोकिन पुगेका थिए । घाइते भएका राशिद ठिक भएको बुझिएको छ ।
आइपिएलमा सुरुवातमै खेलाडी घाइते हुँदा फ्रेन्चाइज टोली चिन्तामा छन् । दिल्ली क्यापिटल्सका स्पिनर रविचन्द्रन आश्विन, तीव्र गतिका बलर ईशान्त शर्मा र मुम्बई इन्डियन्सका अलराउन्डर नाथन कुल्टर नाइल पनि घाइते भएका थिए ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]