5 years ago
September 23, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को पाँचौ खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

आबूधाबीमा भएको टसमा कोलकाताका कप्तान दिनेश कात्र्तिकले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । कोलकाताले चार विदेशी खेलाडीको रुपमा वेस्टइन्डिजका अलराउन्डर सुनिल नारायण, आन्द्रे रसेल, इंग्ल्यान्डका ब्याट्सम्यान ओईन मोर्गन र अष्ट्रेलिया तीव्र गतिका बलर प्याट कमिन्सलाई खेलाएको छ । चेन्नईविरुद्ध टोलीमा मुम्बईले कुनैपनि परिवर्तन गरेको छैन । त्यहिँ टोलीलाई निरन्तरता दिएको छ ।
मुम्बई पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग ५ विकेटले पराजित भएको थियो । कोलकाताले जारी सिजनमा पहिलो खेल खेल्दै छ । आइपिएलमा कोलकाता र मुम्बईबीच कुल २५ खेल भएका छन् । जसमा मुम्बई १९ खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ । एक खेलको नतिजा विहिन छ । पछिल्ला १० खेलमा मुम्बईले कोलकातासँग मात्र एक खेलमा हार बेहोरेको छ ।
मुम्बईको प्लेइङ ११ : रोहित शर्मा (कप्तान), क्विन्टन डी कक, सूर्यकुमार यादव, सौरभ तिवारी, क्रुनाल पान्ड्या, हार्दिक पान्ड्या, काइरन पोलार्ड, जेम्स प्याटिनसन, राहुल चहर, ट्रेन्ट बोल्ट र जस्प्रित बुमराह ।
कोलकाता प्लेइङ ११ : सुनिल नारायण, सुवमन गिल, नितेश राणा, ओईन मोर्गन, आन्द्रे रसेल, दिनेश कार्तिक (विकेटकिपर तथा कप्तान), निखिल नाइक, प्याट कमिन्स, कुलदीप यादव, सन्दीप वारियर र शिवम माभी ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]