5 years ago
September 23, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सडक दुर्घटनामा घाइते भएका क्रिकेटर ललितसिंह भण्डारीलाई चितवन टाइगर्स लगायतका संस्थाले उपचारका लागि नगद सहयोग गरेका छन् ।

तीव्र गतिका बलर ललितले २०१७ र २०१८ को एभरेष्ट प्रिमियर लिग क्रिकेटमा चितवन टाइगर्सबाट खेलेका थिए । अघिल्लो आइतबार साँझ उनी गृहनगर कञ्चनपुरमा सवारी दुर्घटनामा परेका थिए । उनी सबार मोटरसाइकल र विपरित दिशाबाट आएको ट्रकमा ठोक्किएपछि गम्भिर भएका उनलाई धनगढी, बाँकेको कोहलपुर हुदैं हेलिकप्टरबाट सोमबार काठमाडौं ल्याइएको थियो ।
ललितको सफल शल्यक्रियापछि अहिले अस्पतालमा अब्जरभेसनका लागि राखिएको छ । उनको स्वास्थ्य अवस्था सुध्रदो छ र सामान्य फिजियो समेत सुरु भइसकेको छ । बायाँ हाते तीव्र गतिका बलर ललितले राष्ट्रिय टोलीबाट समेत खेलिसकेका छन् ।
चितवन टाइगर्सले लायन्स क्लब अफ काठमाडौं कर्पोरेट नेपालसँग मिलेर १ लाख ११ हजार १ सय ११ रुपैंया ११ पैसा उपचारका लागि प्रदान गरेको हो । चितवन टाइगर्सका मालिक एवंम लायन्स कर्पोरेट नेपालका संस्थापक अध्यक्ष किशोर भट्टराई, अध्यक्ष शुशील विष्टले बुधबार ग्रान्डी अस्पतालमा पुगेर ललितकी श्रीमति ममतालाई चेक प्रदान गरेका थिए । सो अवसरमा चितवन टाइगर्सका मार्की एवंम राष्ट्रिय खेलाडी सोमपाल कामी र राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दास, लायन्स क्लबका कोषाध्यक्ष रमेश रुपाखेती उपस्थित रहेका थिए ।

सो अवसरमा अमेरिका स्थित नेपाल राइनोज क्रिकेट क्लबको डालास शाखाले ललितको उपचारका लागि ७५ हजार ८ सय ३१ रुपैयाँ प्रदान गरेका गरेको छ । राइनोजका संयोजक राकेश कर्णमार्फत अमेरिकामा उठाइएको रकम राष्ट्रिय खेलाडी सोमपाल कामीमार्फत ललितकी श्रीमति ममतालाई बुधबार हस्तान्तरण गरिएको थियो ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]