5 years ago
September 24, 2020
एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले दिल्ली क्यापिटल्सलाई इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को उपाधि जिताउने लक्ष्य रहेको बताएका छन् ।

सन्दीपले दिल्ली क्यापिटल्ससँगको कुराकानीको क्रममा ट्रफी जित्ने लक्ष्य रहेको बताएका हुन् । ‘दिल्ली मेरो मुटुमा छ । मलाई आफ्नो घर जस्तो लाग्छ । दिल्लीको अभ्यास र टोलीमा फर्किंदा खुसि छु । दिल्ली र नेपाली समर्थकलाई म र मेरो टिमलाई समर्थन गर्न आग्रह गर्दछु । मैले मेरो देशबाट प्रतिनिधित्व गरि रहेको छु । म तपाईं सबै प्रति आभारी छु’, सन्दीपले भने ।
‘मलाई लाग्छ यस वर्ष सुरुमा बिग ब्यास लिग खेले । त्यसपछि नेपालबाट केहि खेल खेले । अनि कोरोना महामारी सुरु भयो । त्यसपछि सिपिएल खेले । अब आइपिएल खेल्दै छु’, सन्दीपले थपे ‘आइपिएल हुँदा यसले सबैको अनुहारमा खुसी ल्याउने छ । यो भन्दा खुसी तपाईं अरु सोध्न सक्नुहुँदैन’ ।
‘रिकी पोन्टिङ जस्तो लेजेन्ड्बाट सिक्न पाउनु साँच्चीकै यो एक राम्रो मौका हो । उनी वास्तवमै एक उत्कृष्ट, नम्र र राम्रो मान्छे हुन् । मलाई देखेर पोन्टिङ अत्यन्त खुसी भए । उनलाई भेट्ने बितिक्कै राम्रो क्षण थियो । रमाईलो किसिमको व्यक्ति उहाँले वास्तवमै सबैको ख्याल राख्नुहुन्छ । त्यसैले अति राम्रो लाग्छ’, सन्दीपले भने ।
सन्दीप लगातार तेस्रो सिजन दिल्ली क्यापिटल्सबाट आइपिएल खेलिरहेका छन् । जारी सिजनमा सन्दीपको टोली दिल्लीले आफ्नो पहिलो खेलमा किंग्स इलेभेन पञ्जाबलाई सुपर ओभरमा हराएको थियो । सन्दीप भने पञ्जाबविरुद्ध बेन्चमा बसेका थिए । दिल्लीले दोस्रो खेलमा शुक्रबार चेन्नई सुपर किंग्ससँग खेल्ने छ ।
सन् २०१८ मा ३२ लाख नेपाली रुपैयाँमा अनुबन्ध भएका सन्दीपले त्यसवर्ष तीन खेल मात्र खेल्ने मौका पाएका थिए । तीन खेलमा पाँच विकेट लिएका थिए । सन्दीपले सन् २०१९ मा ६ खेलमा आठ विकेट लिएका थिए ।
सन्दीपले दिल्लीसँग दिएको अन्तर्वार्ता :
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]