5 years ago
September 24, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को छैटौं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले किंग्स इलेभेन पन्जाबविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको टसमा बेंगलोरका कप्तान विराट कोहलीले पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । पन्जाबले आज टोलीमा दुई परिवर्तन गरेको छ । पहिलो खेलमा दिल्ली विरुद्ध खराब प्रर्दशन गरेका क्रिस जोर्डनको स्थानमा अलराउन्डर जेम्श निशमलाइ मौका दिएको छ । जोर्डनले ४ ओभरमा ५६ रन खर्चेका थिए ।
त्यस्तै कृष्णाप्पा गौथमको स्थानमा मुरुगन आश्विनलाई पन्जाबले मैदान उतारेको छ । निशम आउदा पन्जाबको तल्लोक्रम ब्याटिङ बलियो हुने छ । बेंगलोरले टोलीमा परिवर्तन गरेको छैन ।
बेंगलोर लगातार दोस्रो जित निकाल्ने सोचमा छ । बेंगलोरले पहिलो खेलमा हैदराबादलाई १० रनले पराजित गरेको थियो । पन्जाब पहिलो खेलमा सुपर ओभरमा दिल्लीसँग पराजित भएको थियो ।
बेंगलोरको प्लेइङ ११ : आरोन फिन्च, देवदत्त पाडिक्कल, विराट कोहली (कप्तान) एवी डि भिलियर्स, जोश फिलिपे (विकेटकिपर), शिवम दुबे, वासिन्टन सुन्दर, उमेश यादव, नवदीप सैनी, डेल स्टेन र युजभेन्द्र चहल ।
पन्जाबको प्लेइङ ११ : लोकेश राहुल (कप्तान तथा विकेटकिपर), मंयक अग्रवाल, करुण नायर, शरफराज खान, ग्लेन म्याक्सवेल, निकोलस पूरन, मुरुगुन आश्विन , जेम्श निशम , रबि बिश्रोई, मोहम्मद शामी र शेल्डन कटरेल
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]