default_image

4 years ago

September 24, 2020

अष्ट्रेलियाका पूर्व क्रिकेटर जोन्सको निधन

एजेन्सी – अष्ट्रेलिया पूर्व चर्चित खेलाडी तथा कमेन्टेटर डीन जोन्सको ५९ वर्षको उमेरमा हृदयघातको कारण निधन भएको छ । उनको बिहिबार मुम्बईमा हृदयघातको कारण निधन भएको हो । जोन्स इन्डियन प्रिमियर लिग (आइपिएल) मा स्टार नेटवर्कको कमेन्टेटरको रुपमा मुम्बईस्थित स्टुडियोमा रहेका थिए । लोकप्रिय कमेन्टेटरको जोन्सले अष्ट्रेलियाका पूर्व शीर्षक्रमका ब्याट्सम्यान समेत हुन् । जोन्सले ५२ […]

55 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलिया पूर्व चर्चित खेलाडी तथा कमेन्टेटर डीन जोन्सको ५९ वर्षको उमेरमा हृदयघातको कारण निधन भएको छ । उनको बिहिबार मुम्बईमा हृदयघातको कारण निधन भएको हो ।

जोन्स इन्डियन प्रिमियर लिग (आइपिएल) मा स्टार नेटवर्कको कमेन्टेटरको रुपमा मुम्बईस्थित स्टुडियोमा रहेका थिए । लोकप्रिय कमेन्टेटरको जोन्सले अष्ट्रेलियाका पूर्व शीर्षक्रमका ब्याट्सम्यान समेत हुन् । जोन्सले ५२ टेष्ट र १ सय ६४ ओडिआई खेलेका छन् । टेष्टमा ११ शतक र १४ अर्ध शतक सहित ३ हजार ६ सय ३१ रन बनाएका छन् । उच्च प्रर्दशन २ सय १६ थियो । ओडिआईमा ७ शतक र ४६ अर्ध शतक सहित ६ हजार ६८ रन बनाएका छन् । उनी ओडीआई क्रिकेटमा आधुनिक शैलीको ब्याटिङको संवाहकको रुपमा चिनिने गर्छन् ।

सन् १९८७ मा अष्ट्रेलियाले विश्वकप जित्दा जोन्स टोलीमा रहेका थिए । सन् १९८० देखि ९० को दशकमा जोन्स विश्वकै एक उत्कृष्ट र लोकप्रिय ब्याट्सम्यान थिए । जोन्सले सन् १९८४ मा वेस्टइन्डिजविरुद्ध टेष्टमा डेब्यु गरेका थिए । १९९२ मा श्रीलंकाविरुद्धबाट टेष्टबाट सन्न्यास लिएका थिए । ओडिआईमा सन् १९८४ मा पाकिस्टानविरुद्ध ओडिआईमा डेब्यु गर्दा सन् १९९४ मा दक्षिण अफ्रिकाविरुद्ध अन्तिम खेल खेलेका थिए ।

सन् १९९० मा इंग्ल्यान्डविरुद्ध ओडिआईमा उनले प्रहार गरेको १ सय ४५ रनको इनिङ उनको करिअरको उत्कृष्ट प्रर्दशन मानिन्छ । टेष्टमा सन् १९८६ मा चेन्नईमा भारतविरुद्ध २ सय १० रनको इनिङ एक उत्कृष्ट प्रर्दशन मानिन्छ । उनले १९८९ मा वेस्टइन्डिजविरुद्ध टेष्ट करिअरको रुपमा २ सय १६ रनको उत्कृष्ट प्रर्दशन गरेका थिए ।

पछिल्लो समय उनी कमेन्टेटरको रुपमा लोकप्रिय थिए । गतवर्ष इंग्ल्यान्डमा भएको आइसिसी एक दिवसिय विश्वकपमा उनले कमेन्टेटरको रुपमा दमदार विश्लेषण गरेका थिए ।

April 26, 2024

ब्रेन्सटोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी ब्रेन्सटोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि ब्रेन्सटोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा ब्रेन्सटोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.