default_image

5 years ago

September 24, 2020

राहुलको उत्कृष्ट शतकमा बेंगलोरलाई विशाल लक्ष्य

122 views

0 Bookmark

एजेन्सी – कप्तान लोकेश राहुलको उत्कृष्ट शतकमा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को छैटौं खेलमा किंग्स इलेभेन पन्जाबले रोयल च्यालेन्जर्स बेंगलोरलाई २ सय ७ रनको विशाल लक्ष्य दिएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडिमयममा टस हारेर ब्याटिङ थालेको पन्जाबले २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ६ रन बनायो । पन्जाबलाई विशाल योगफलमा पुर्याउन कप्तान तथा लोकेश राहुलले उत्कृष्ट शतकीय अविजि इनिङ खेले । राहुल ६९ बलमा १४ चौका र ७ छक्का सहित १ सय ३२ रनमा अविजित रहे ।

राहुलले १९ औं ओभरको पहिलो बलमा डेल स्टेनलाई पहिलो बलमा छक्का र दोस्रो बलमा चौका प्रहार गर्दै मात्र ६२ बलमा शतक प्रहार गरेका थिए । जारी आइपिएलको पहिलो शतक हो । १९ औं ओभरमा डेल स्टेनले ३ छक्का र २ चौका सहित कुल २९ रन खर्चेका थिए । त्यसअघि राहुललाई कोहलीले दुई पटक क्याच छोड्दै जीवनदान दिएका थिए ।

१७ औं ओभरको अन्तिम बलमा राहुलको ब्यक्तिगत ८३ रनमा जीवनदान पाएका थिए । डेल स्टेनको बलमा ठूलो सट खेलेका राहुललाई कोहलीले डीप मिडविकेटमा क्याच छोड्न पुगेका थिए । १८ औं ओभरको अन्तिम बलमा पनि कोहलीले क्याच छोडेका थिए ।

पन्जाबलाई ओपनर मयंक अग्रवाल र राहुलले ७ ओभरसम्म ५७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । सातौं ओभरको अन्तिम बलमा स्पिनर युजभेन्द्र चहलले गुगली बलमा अग्रवाललाई २६ रनमा बोल्ड आउट गर्दै राम्रो साझेदारी तोडे । उनले २० बलमा ४ चौका प्रहार गरे । दोस्रो विकेटका लागि राहुलले निकालेस पूरनसँग पनि ५७ रनको साझेदारी गर्दै बेंगलोरलाई दबाब बढाए ।

मध्यगतिका बलर शिवम दुबेको १४ औं ओभरको पहिलो बलमा १७ रनमा एबी डिभिलियर्सबाट क्याच आउट गराए । पूरनले १८ बलमा १ चौका प्रहार गरे । दुबेलेनै १६ औं ओभरको दोस्रो बलमा अरोन फिन्चबाट ग्लेन म्याक्सवेललाई ६ बलमा ५ रनमा क्याच आउट गराए । करुण नायर ८ बलमा २ चौका सहित १५ रनमा अविजित रहे । युजभेन्द्र चहलले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । शिवम दुबेले ३ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.