default_image

4 years ago

September 24, 2020

पन्जाबसँग बेंगलोरको लज्जास्पद हार

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा किंग्स इलेभेन पञ्जाबसँग लज्जास्पद हार बेहोरेको छ । बिहिबार राती सम्पन्न खेलमा पन्जाबले बेंगलोरलाई ९७ रनले पराजित गर्दै पहिलो जित निकालेको हो । जितका लागि २ सय ७ रनको विशाल लक्ष्य पछ्याएको बेंगलोर १७ ओभरमा १ सय ९ रनमा अल आउट हुँदै लज्जास्पद हार […]

51 views

0 Bookmark

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा किंग्स इलेभेन पञ्जाबसँग लज्जास्पद हार बेहोरेको छ ।

बिहिबार राती सम्पन्न खेलमा पन्जाबले बेंगलोरलाई ९७ रनले पराजित गर्दै पहिलो जित निकालेको हो । जितका लागि २ सय ७ रनको विशाल लक्ष्य पछ्याएको बेंगलोर १७ ओभरमा १ सय ९ रनमा अल आउट हुँदै लज्जास्पद हार बेहोरेको हो । बेंगलोरका कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

विशाल लक्ष्य पछ्याएको बेंगलोरले पहिलो ओभरको चौथो बलमै ओपनर देवदत्त पाडिक्कललाई एक रनमा गुमाएको थियो । पाडिक्कललाई तीव्र गतिका बलर शेल्डन कटरेलले रबि बिश्रोईबाट क्याच गराएका थिए । दोस्रो ओभरको तेस्रो बलमा तीव्र गतिका बलर मोहम्मद शामीले युवा ब्याट्सम्यान तथा विकेटकिपर जोश फिलिपेलाई शून्यमा एलबिडब्लू आउट गर्दै पेभिलिएन फर्काए । कटरेलले तेस्रो ओभरको चौथो बलमा कप्तान विराट कोहलीलाई बिश्रोईबाटै एक रनमा क्याच गराउँदा बेंगलोर ४–३ को कमजोर अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि एबी डिभिलियर्स र आरोन फिन्चले ४९ रनको साझेदारी गर्दै सम्हाल्न प्रयास गरेका थिए ।

आठौं ओभरको पाँचौ बलमा फिन्चलाई युवा स्पिनर बिश्रोईले २० रनमा बोल्ड आउट गरे । फिन्चले २१ बलमा तीन चौका प्रहार गरे । लगत्तै नवौं ओभरको दोस्रो बलमा मुरुगन आश्विनले शरफराज खानबाट एबी डी भिलियर्सलाई २८ रनमा क्याच आउट गराउदै ५७–५ को अवस्थामा पुर्याउँदै पन्जाबलाई जिततर्फ लम्काँएका थिए । ग्लेन म्याक्सवेलले १३ औं ओभरको अन्तिम बलमा शिवम दुबेलाई १२ रनमा बोल्ड आउट गरे । १४ औं ओभरको अन्तिम बलामा बिश्रोईले उमेश यादवलाई शून्यमा बोल्ड आउट गरे । मुरुगन आश्विनले नवदीप सैनीलाई ६ रनमा बोल्ड आउट गरे ।

पन्जाबका रबि बिश्रोईले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । शेल्डन कटरेलले ३ ओभरमा १७ रन २ खर्चेर विकेट लिए । मुरुगन ३ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए । ग्लेन म्याक्सवेल र मोहम्मद शामीले १–१ विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडिमयममा टस हारेर ब्याटिङ थालेको पन्जाबले २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ६ रन बनाएको थियो । पन्जाबलाई विशाल योगफलमा पुर्याउन कप्तान तथा ओपनर लोकेश राहुलले उत्कृष्ट शतकीय अविजि इनिङ खेले । राहुल ६९ बलमा १४ चौका र ७ छक्का सहित १ सय ३२ रनमा अविजित रहे ।

राहुलले १९ औं ओभरको पहिलो बलमा डेल स्टेनलाई पहिलो बलमा छक्का र दोस्रो बलमा चौका प्रहार गर्दै मात्र ६२ बलमा शतक प्रहार गरेका थिए । जारी आइपिएलको पहिलो शतक हो । १९ औं ओभरमा डेल स्टेनले ३ छक्का र २ चौका सहित कुल २९ रन खर्चेका थिए । त्यसअघि राहुललाई कोहलीले दुई पटक क्याच छोड्दै जीवनदान दिएका थिए ।

१७ औं ओभरको अन्तिम बलमा राहुलको ब्यक्तिगत ८३ रनमा जीवनदान पाएका थिए । डेल स्टेनको बलमा ठूलो सट खेलेका राहुललाई कोहलीले डीप मिडविकेटमा क्याच छोड्न पुगेका थिए । १८ औं ओभरको अन्तिम बलमा पनि कोहलीले क्याच छोडेका थिए ।

पन्जाबलाई ओपनर मयंक अग्रवाल र राहुलले ७ ओभरसम्म ५७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । सातौं ओभरको अन्तिम बलमा स्पिनर युजभेन्द्र चहलले गुगली बलमा अग्रवाललाई २६ रनमा बोल्ड आउट गर्दै राम्रो साझेदारी तोडे । उनले २० बलमा ४ चौका प्रहार गरे । दोस्रो विकेटका लागि राहुलले निकालेस पूरनसँग पनि ५७ रनको साझेदारी गर्दै बेंगलोरलाई दबाब बढाए ।

मध्यगतिका बलर शिवम दुबेको १४ औं ओभरको पहिलो बलमा १७ रनमा एबी डिभिलियर्सबाट क्याच आउट गराए । पूरनले १८ बलमा १ चौका प्रहार गरे । दुबेलेनै १६ औं ओभरको दोस्रो बलमा अरोन फिन्चबाट ग्लेन म्याक्सवेललाई ६ बलमा ५ रनमा क्याच आउट गराए । करुण नायर ८ बलमा २ चौका सहित १५ रनमा अविजित रहे । युजभेन्द्र चहलले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । शिवम दुबेले ३ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।

पहिलो खेलमा पन्जाब दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो । तेस्रो खेलमा पन्जाबले आइतबार राजस्थान रोयल्ससँग खेल्ने छ । पहिलो खेलमा बेंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले हराएको थियो । सोमबार तेस्रो खेलमा बेंगलोरले मुम्बई इन्डियन्ससँग खेल्ने छ ।

यो पनि : आइपिएलमा राहुलको कीर्तिमान

April 23, 2024

स्टोइन्सको शतकमा चेन्नईमाथि लखनउको जित

एजेन्सी – मार्कुस स्टोइन्सको सानदार शतकसहित लखनउ सुपर जाइन्ट्ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ । २ सय ११ रनको लक्ष्य पछ्याएको लखनउले ३ बल बाँकी रहँदै २ सय १३ जोडेर जित निकालेको हो । स्टोइन्सले ६३ बल खेल्दै १३ चौका र ६ छक्काको मद्दतमा नटआउट १ सय […]

April 23, 2024

मधेशको जित, कोशीको लगातार चौथो हार

काठमाडौं (हाम्रो खेलकुद) – कम योगफलको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई २ विकेटले हराउँदै वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा तेस्रो जित हासिल गरेको छ। ९१ रनको सहज लक्ष्य मधेशले १७ .१ ओभरमा ८ विकेटको नोक्सानीमा पूरा गर्यो। लक्ष्य सहज थियो। तर मधेशले यो सामान्य लक्ष्य पुरा गर्न ८ विकेट गुमायो। ओपनर साहिल पटेल ११ […]

April 23, 2024

लगातार चौथो जितपछि बागमती शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – गौतम केसीले सानदार बलिङ गर्दै ५ विकेट लिंदा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा ७ विकेटको सहज जित निकालेको छ। बागमतीको जितमा गौतमको बलिङ नै प्रमुख बन्यो। बागमतीको यो लगातार चौथो जित हो र ८ अंक सहित शीषस्थानमा उक्लिएको छ। जितको लागि १ सय २१ रनको सहज […]

Success

Thank you for your time.