default_image

5 years ago

September 25, 2020

पहिला ब्याटिङ गर्दै दिल्ली, सन्दीप बेन्चमा

119 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को सातौं खेलमा आज नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सविरुद्ध पहिला ब्याटिङ गर्दै छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले पहिला फिल्डिङ गर्ने निर्णय लिदै दिल्लीलाई ब्याटिङको निम्तो दिएका छन् । चेन्नईले आजको खेलमा एक परिवर्तन गरेको छ ।

राजस्थान रोयल्ससँगको खेलमा ४ ओभरमा ५६ रन खर्चेर १ विकेट लिएका लुन्गी एनगिडीको स्थानमा जोश हेजलवुलाई मौका दिएको छ । दिल्लीका कप्तान श्रेयस ऐर अनुसार टोलीमा दुई परिवर्तन भएको छ ।

पहिलो खेलमा चोटिल भएका स्पिनर रविचन्द्रन आश्विनको स्थानमा लेग स्पिनर अमित मिश्राई मौका दिएको छ । पहिलो खेलमा खराब प्रर्दशन गरेका तीव्र गतिका बलर मोहित शर्माको स्थानमा युवा तीव्र गतिका बलर आवेश खानलाई मौका दिएको जनाएको छ । सन्दीप आजको खेलमा पनि बेन्चमा रहेका छन् ।

दिल्ली लगातार दोस्रो जित निकाल्ने सोचका साथ मैदान प्रवेश गर्ने छ । चेन्नई तेस्रो खेलमा दोस्रो जित दर्ता गर्ने रणनीतिमा हुने छ । दिल्लीले पहिलो खेलमा किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा हराएको थियो । चेन्नईले पहिलो खेलमा मुम्बई इन्डिन्सलाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा राजस्थान रोयल्ससँग १६ रनले पराजित हुन पुगेको थियो ।

आइपिएलमा चेन्नई र दिल्लीबीच कुल २० खेल भएका छन् । जसमा चेन्नई १४ खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ । गतवर्ष दिल्ली चेन्नईसँग तीनै खेलमा पराजित भएको थियो । क्लालिफायरमा चेन्नईले दिल्लीलाई ६ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो । लिग चरणको दुबै खेलमा चेन्नई विजयी भएको थियो ।

चेन्नई प्लेइङ ११ – मुरली विजय, शेन वाटसन, फाफ डु प्लेसिस, रुतुराज गायकवाड, केदार जाधव, महेन्द्र सिंह धोनी (कप्तान तथा विकेटकिपर), रविन्द्र जडेजा, साम करन, दीपक चहर, पियुष चवला र जोश हेजलवुड

दिल्लीको प्लेइङ ११ – पृथ्वी शा, शिखर धवन, शिम्रन हेटमायर, श्रेयस ऐर ९कप्तान०, ऋषभ पन्त (विकेटकिपर), मार्कस स्टोइनिस, अक्षर पटेल, अमित मिश्रा, कागिसो रबाडा, एनरिच नोर्टजे र आवेश खान ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.