default_image

4 years ago

September 25, 2020

चेन्नईलाई दिल्लीको बलियो लक्ष्य

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को सातौं खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई १ सय ७६ रनको बलियो लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ७५ रन बनायो । दिल्लीलाई ओपनर शिखर धवन र पृथ्वी शाले १०.४ ओभरमा […]

52 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को सातौं खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई १ सय ७६ रनको बलियो लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ७५ रन बनायो ।

दिल्लीलाई ओपनर शिखर धवन र पृथ्वी शाले १०.४ ओभरमा ९४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । यी दुईबीचको साझेदारी अनुभवी स्पिनर पियुष चवलाले ११ औं ओभरको चौथो बलमा धवनलाई एलबिडब्लू आउट गर्दै तोडेका थिए ।

धवनले २७ बलमा ३ चौका र १ छक्का सहित ३५ रनमा आउट भए । चवलाकै १३ औं ओभरको दोस्रो बलमा अघि सेर सट खेल्नेक्रममा मिसहुन पुगेपछि युवा ब्याट्सम्यान शालाई धोनीले ६४ रनमा स्टम्पिङ आउट गराएका थिए । शा ले ४३ बलमा ९ चौका र १ छक्का प्रहार गरे ।

१९ औं ओभरको अन्तिम बलमा साम करनले धोनीबाट श्रेयस ऐरलाई २६ रनमा क्याच आउट गराए । ऐरले २२ बलमा १ चौका प्रहार गरे । विकेटकिपर ऋषभ पन्त २५ बलमा ६ चौका सहित ३७ अविजित रहे । तेस्रो विकेटका लागि ऐर र पन्तले ५८ रनको साझेदारी गरेका थिए । मार्कस स्टोइनिस ३ बलमा ५ रनमा अविजित रहे ।

सुरुवात राम्रो गरेपनि उत्कृष्ट अन्त्य गर्न नसक्दा दिल्ली विशाल योगफल बनाउन चुकेको हो । चेन्नईका पियुष चवलाले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । युवा बलर साम करनले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए ।

March 28, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भस बीचको पहिलो खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा पाहुना टोली आयरल्यान्ड वल्भस र नेपाल ‘ए’ बीच आजदेखि सुरु हुन लागेको तीन खेलको टि-२० शृंखला अन्तर्गतको पहिलो खेल रद्द भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण मैदान भिजेको हुनाले खेल रद्द भएको जानकारी दिएको छ । आइरिश टोलीले नेपाल ‘ए’ विरुद्ध ३ टि-२० र […]

March 28, 2024

रनको वर्षा भएको खेलमा हैदराबादद्वारा मुम्बई पराजित

एजेन्सी – कीर्तिमानी योगफल सहित रनको वर्षा भएको खेलमा सनराईजर्स हैदराबादले मुम्बई इन्डियन्स विरुद्ध जित दर्ता गरेको छ । हैदराबादले मुम्बई माथि ३१ रनको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) इतिहासको सबैभन्दा ठूलो योगफल खडा गरेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ […]

March 27, 2024

चेन्नाईको लगातार दोस्रो जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को १७औं संस्करणमा साविक विजेता चेन्नाई सुपर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा चेन्नाईले गुजरात टाईटन्स माथि ६३ रनको फराकिलो जित दर्ता गरेको हो । २०७ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो […]

Success

Thank you for your time.