5 years ago
September 25, 2020
काठमाडौं (हाम्रो खेलकुद) – केन्द्रिय सम्झौता तथा वर्गीकरणप्रति असन्तुष्टि जनाउँदै त्यसलाई सच्चाउन माग गर्दै कप्तान ज्ञानेन्द्र मल्लसहितका खेलाडीको टोलीले शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) लाई ज्ञापन पत्र बुझाएको छ ।

चितवनमा मंगलबार बसेको क्यानको केन्द्रिय समितिले सन् २०२० का लागि नयाँ वर्गीकरण सार्वजनिक गरेको थियो । कप्तान ज्ञानेन्द्रको नेतृत्वमा गएको टोलीले क्यानको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएको हो ।
‘नयाँ ग्रेड आएको छ । यसले भने खेलाडीहरुलाई मुश्किल हुने देखिन्छ । त्यसलाई एकपटक हेरदिन आग्रह गर्दै हामी सबै खेलाडीहरु मिलेर ज्ञापनपत्र बुझाएका छौ,’ ज्ञानेन्द्रले हाम्रो खेलकुदसँग भने, ‘हामीले उक्त ग्रेडमा पुन हेरफर गरेर सच्चाउन माग गरेका छौं ।’
क्यानले मंगलबार सार्वजनिक गरेको केन्द्रिय खेलाडी सम्झौताको वर्गीकरणलाई लिएर चौतर्फी आलोचना भइरहेको छ । सन् २०१९ मा नियमित अन्तर्राष्ट्रिय खेले खेलेका स्पिनर ललितनारायण राजवंशीलाई ग्रेडमा नराखेपछि क्यानको आलोचन भइरहेको छ ।
२०१९ मा कुनै अन्तर्राष्ट्रिय खेल नखलेका सुवास खकुरेल र कमलसिंह ऐरी क्यानको ग्रेड ‘सी’ मा समेटिएका छन् । टोलीमा प्रमुख खेलाडी सोमपाल कामी ग्रेड ‘बी’ मा घटुवा भएका छन् ।
यसपटक पारिश्रमिकमा भने हरेक तहमा १५ हजार रुपैयाँको बृद्धि भएको छ । ग्रेड ‘ए’का खेलाडीले ५० हजार, ‘बी’ ग्रेडका खेलाडीले ४० र ‘सी’ ग्रेडका खेलाडीले ३० हजार रुपैयाँ पाउनेछन् । एमा ८, बीमा ४ र सीमा ६ खेलाडी छन् ।
महिला टोलीको ग्रेडमा पनि क्यानले त्यस्तै कमजोरी गरेको भन्दै आलोचना भइरहेको छ । अहिले सम्म राष्ट्रिय टोलीमा नपरेका खेलाडीलाई पनि ग्रेडमा समावेश गरिएको छ । फेरि राष्ट्रिय टोलीमा रहेका केहि खेलाडी भने ग्रेडमा परेका छैनन् ।
पुरुष टोलीको नयाँ ग्रेड
ग्रेड ‘ए’ – ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, दीपेन्द्र सिंह ऐरी र विनोद भण्डारी
ग्रेड ‘बी’ – सुशन भारी, सोमपाल कामी, आरिफ शेख, पवन सरार्फ
ग्रेड सी’- सुवास खकुरेल, रोहित कुमार पौडेल, कुशल मल्ल, राशिद खान, अभिनाष बोहोरा र कमलसिंह ऐरी
महिला ग्रेड
ग्रेड ‘ए’ – रुविना क्षेत्री (बेलबासे), नेरी थापा, इन्दु बर्मा, सीता रानामगर र करुणा भण्डारी
ग्रेड ‘बी’ – ज्योती पान्डे, अप्सरी बेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, ऋतु कनोजिया, काजल श्रेष्ठ र सरिता मगर
ग्रेड ‘सी’ -कविता कुँवर, डली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द र शोभा आले
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]