default_image

4 years ago

September 25, 2020

दिल्लीको लगातार दोस्रो जित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा लगातर दोस्रो जित हात पारेको छ । शुक्रबार राती सातौं खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । दिल्लीले पहिलो खेलमा किंग्स इलेभेन पञ्जाबलाई सुपर ओभरमा हराएको थियो । जितका […]

77 views

0 Bookmark

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा लगातर दोस्रो जित हात पारेको छ ।

शुक्रबार राती सातौं खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । दिल्लीले पहिलो खेलमा किंग्स इलेभेन पञ्जाबलाई सुपर ओभरमा हराएको थियो । जितका लागि १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३१ रन बनायो ।

स्पिनर अक्षर पटेलले पाँचौं ओभरको दोस्रो बलमा शेन वाटसनलाई १४ रनमा शिम्रन हेटमायरबाट क्याच आउट गराए । छैटौं ओभरको अन्तिम बलमा मुरली विजयलाई एनरिच नोर्टजेले कागिसो रबाडाबाट १० रनमा क्याच आउट गराए । १० औं ओभरको पहिलो बलमा युवा ब्याट्सम्यान रितुराज ५ रनमा आउट भए ।

१६ औं ओभरको चौथो बलमा नोर्टजेले केदार जाधवलाई २६ रनमा एलबिडब्लू आउट गरे । १८ औं ओभरको दोस्रो कागिसो रबाडाले फाफ डु प्लेसिसलाई पन्तबाट ४३ रनमा कयच आउट गराए । फाफ ८ डु प्लेसिसले ३५ बलमा ४ चौका प्रहार गरे । अन्तिम ओभरको तेस्रो बलमा महेन्द्रसिंह धोनीलाई रबाडाले १५ रनमा क्याच आउट गराए ।

रविन्द्र जडेजा १२ रनमा क्याच आउट भए । अक्षर पटेलले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । कागिसो रबाडाले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । एनरिच नोर्टजेले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो । दिल्लीलाई ओपनर शिखर धवन र पृथ्वी शाले १०.४ ओभरमा ९४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । यी दुईबीचको साझेदारी अनुभवी स्पिनर पियुष चवलाले ११ औं ओभरको चौथो बलमा धवनलाई एलबिडब्लू आउट गर्दै तोडेका थिए ।

धवनले २७ बलमा ३ चौका र १ छक्का सहित ३५ रनमा आउट भए । चवलाकै १३ औं ओभरको दोस्रो बलमा अघि सेर सट खेल्नेक्रममा मिसहुन पुगेपछि युवा ब्याट्सम्यान शालाई धोनीले ६४ रनमा स्टम्पिङ आउट गराएका थिए । शा ले ४३ बलमा ९ चौका र १ छक्का प्रहार गरे ।

१९ औं ओभरको अन्तिम बलमा साम करनले धोनीबाट श्रेयस ऐरलाई २६ रनमा क्याच आउट गराए । ऐरले २२ बलमा १ चौका प्रहार गरे । विकेटकिपर ऋषभ पन्त २५ बलमा ६ चौका सहित ३७ अविजित रहे । तेस्रो विकेटका लागि ऐर र पन्तले ५८ रनको साझेदारी गरेका थिए । मार्कस स्टोइनिस ३ बलमा ५ रनमा अविजित रहे ।

सुरुवात राम्रो गरेपनि उत्कृष्ट अन्त्य गर्न नसक्दा दिल्ली विशाल योगफल बनाउन चुकेको हो । चेन्नईका पियुष चवलाले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । युवा बलर साम करनले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए ।

चेन्नईले पहिलो खेलमा मुम्बई इन्डिन्सलाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा राजस्थान रोयल्ससँग १६ रनले पराजित हुन पुगेको थियो । चेन्नईले चौथो खेलमा अक्टोबर २ मा सनराइजर्स हैदराबादसग खेल्ने छ । तेस्रो खेलमा दिल्लीले हैदराबादसँग सेप्टेम्बर २९ मा खेल्नेछ ।

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.