default_image

4 years ago

September 26, 2020

क्यानको एक वर्ष : आशा निराशामा बदलिने संकेत !

भुपेन्द्र जिसी काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ नेतृत्व पाएको एक वर्ष पुगेको छ । नयाँ नेतृत्वबाट उत्साह, आशा र अपेक्षा धेरै थियो । तर चन्द नेतृत्वको क्यानले पछिल्लो एक वर्षे अवधिलाई न्याय गर्न नसकेको आवाज उठ्न थालेको छ । नेपाली क्रिकेट जगतले क्यानमा नयाँ नेतृत्व पाउनु आफैंमा एक सफलता […]

57 views

0 Bookmark

भुपेन्द्र जिसी

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ नेतृत्व पाएको एक वर्ष पुगेको छ । नयाँ नेतृत्वबाट उत्साह, आशा र अपेक्षा धेरै थियो । तर चन्द नेतृत्वको क्यानले पछिल्लो एक वर्षे अवधिलाई न्याय गर्न नसकेको आवाज उठ्न थालेको छ ।

नेपाली क्रिकेट जगतले क्यानमा नयाँ नेतृत्व पाउनु आफैंमा एक सफलता र उपलब्धि थियो । २०७० देखि नेतृत्व विहिन क्यान नहुँदा नेपाली क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) मा निर्भर थियो । त्यसैले नेपाली क्रिकेट टोलीले आफ्नो योजना अनुसार कुनैपनि काम गर्न सकेको र पाएको थिएन । अर्कोतर्फ क्यानलाई २०७३ देखि राजनीतिक हस्तक्षेपलाई मुख्य कारण देखाउँदै आइसिसीले निलम्बन गरेको थियो । उक्त निलम्बन हट्न प्रमुख शर्त क्यानमा निष्पक्ष निर्वाचन थियो ।

गत वर्ष असोज १० गते चन्दले पूर्व अध्यक्ष विनयराज पान्डेलाई ४४–१५ को मतान्तरले पराजित गर्दै क्यान नेतृत्वमा पुगेका थिए । क्यान निर्वाचनसँगै आइसिसीले असोज २७ मा नेपाललाई २०७३ वैशाख देखि लगाएको प्रतिबन्ध सशर्त रुपमा फुकुवा गरेको थियो । सशर्त फुकुवाको खुसीको २४ घण्टा राम्रोसँग बित्न नपाउँदै एक दशक देखि कप्तानी गर्दै आएका पारस खड्काले राजिनामाले निराश बनायो । पारसको राजिनामाले खेलाडी र संघबीचको सम्बन्ध चिसो छ कि भन्ने संकेत दिइसकेको थियो ।

क्यानले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँगको सहकार्यमा मंसिमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) क्रिकेट टीयु क्रिकेट मैदानमा सम्पन्न गएको थियो । क्यानले पहलमा पुषमा नेपालले बंगलादेशमा एसिसी इमर्जिङ टिम्स कप खेलेको थियो । क्यानले आइसिसी विश्वकप लिग–२ अन्तर्गत माघमा नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक ओडिआई सिरिज सफलता पूर्वक सम्पन्न गर्यो ।

नेपालमा पहिलो ओडिआई सिरिज, नयाँ नेतृत्व, आइसिसीले पूर्णरुपमा विश्वास नदेखाउनु, लगायतका कठिनाईमा यसअघिका प्रतियोगिता जवाफदेहिता व्यवस्थापन राम्रो गरेको थियो । त्यसैक्रममा टोलीका प्रमुख प्रशिक्षक उमेश पटवालको राजिनामा दिँदा क्यानले थप सहायता नपाएको महसुस गर्यो ।

फागुनमा नेपालले थाईल्यान्डमा एसिसी टि ट्वान्टी प्रतियोगिता खेलेको थियो । उक्त प्रतियोगितामा प्रर्दशन भने सम्झनलायक रहेन । त्यसपछि कोरोना महामारीको कारण सम्पूर्ण खेल क्षेत्रनै ठप्प्प बनेपछि यो अवस्थामा नेपाली क्रिकेट गतिविधि हुने कुरा थिएन । यस कोरोना महामारीलाई एउटा अवसरको रुपमा लिदै क्यानले मैदानबाहिर देखिने गरि काम गर्नु पर्थ्यो । तर क्यानलाई यो स्थिति बहाना बनाउने अवसर बन्यो ।

एकवर्ष कार्यकाल पुग्नेक्रममा गत मंगलबारदेखि क्यान अर्को आलोचनामा फसेको छ । महिला र पुरुष खेलाडी दुवैको केन्द्रिय सम्झौता गर्नेक्रममा वर्गीकरणमा ठूलो प्रश्न उठेको छ । अन्तर्राष्ट्रिय खेलनै नखेलका खेलाडी ग्रडेमा राख्दा नियमित खेलि रहेका खेलाडी अट्न सकेनन् । जसको चर्को आलोचना क्यानले खेपिरहेको छ ।

क्यानले पहिलो पटक महिला टोलीलाई पारिश्रमिक दिने सुरुवातलाई एउटा राम्रो काम मान्नुपर्छ । केहि विवाद रहेपनि क्यानले सुरुवात भने राम्रो गरेको छ । पहिलो पटक प्रशिक्षक लगायतका विभिन्न पदमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्ने निर्णलाई पनि राम्रो सुरुवात मान्नुपर्छ । त्यस्तै खेलाडीको कोरोना बिमा पनि क्यानले गरेका एक राम्रो काम हो ।

क्यानले गर्न नसकेका कामहरु

कठिन समयमा धेरैले असम्भव मानेको कामलाई सम्भव बनाउन सक्ने नेतृत्वलाई उत्कृष्ट मानिन्छ । प्रमुख प्रशिक्षक उमेश पटवालले माघमा पद छाडेका थिए । तर क्यानले सात महिनासम्म प्रशिक्षक नियुक्त गर्न सकेन । हाल प्रशिक्षक नियुक्ती प्रक्रिया जारी छ । आइसिसीले क्यानमाथि सुरुवात देखिनै विश्वास गर्न सकेको छैन । त्यसैले आइसिसीले क्यानलाई सशर्त रुपमा फुकुवा गरेको थियो ।

क्यानले आइसिसीलाई विश्वास दिलाउँदै उक्त निलम्बन पूर्ण रुपमा अन्त्य गर्न यो एक वर्षमा सकेन । त्यसैले अहिले पनि क्यान आइसिसीको निर्णय पर्खेर बस्नुपर्छ । क्यानले नेपाली क्रिकेटलाई व्यावसायिक रुपमा फड्को सुरुवात गर्न सक्नुपर्ने थियो ।

नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा जुन उपलब्धी र सफलता हात पारेको छ त्यसले ब्यवयासिक बजारमा प्रायोजन पाउन कुनै कठिन र मुश्लिक देखिदैन । आइसिसीले दिने आर्थिक सहयोगले मात्र क्यान चल्न कठिन पर्दछ । त्यसैले ठूला कम्पनी र सरकारी संस्थासँग प्रयोजन सम्झौता गर्दै आर्थिक पक्ष बलियो बनाउने सुरुवात गर्न सक्नुपर्थ्यो ।

क्रिकेट विकासको आधार ग्रासरुट हो । पछिल्लो पाँच वर्षयता शून्य बनेको ग्रासरुटलाई उठाउने योजना ल्याउने प्रयास गर्न सकेन । अर्कोतर्फ क्यानले आफूलाई आवश्यक पर्ने महाप्रबन्धक देखि लिएर व्यवस्थापक सम्म एक वर्षमा नियुक्त गर्न सकेन । क्यानले खेलाडी छनोट समिति बनाउन सक्नु पर्थ्यो ।

पछिल्लो पाँच वर्षमा राष्ट्रिय टोली, उमेह समूह र घरेलु क्रिकेटमा देखिएका प्रतिभा एकेडेमीबाट आएका छन् । गाउँगाउँमा रहेका नयाँ प्रतिभालाई पहिचान गर्न कुनै कार्यक्रम र योजना बनाउन सकेन । टोलीमा आन्तरिक प्रतिस्पर्धा बढाउन ‘ए’ र ‘बी’ टोली बनाउन सक्नुपर्थ्यो । ‘ए’ र ‘बी’ बेन्च बलियो बनाउने एउटा राम्रो आधार पनि हो । एक पटक टोलीबाट बाहिरीएपछि पुन पूनरागमन गर्न सक्ने वावात्वर्ण तयार पार्न सक्नुपर्थ्यो।

क्यानले कोरोना महामारीमा खेलाडीलाई आर्थिक अवस्था सहयोग त कुरै छाडौं सामान्य चासो पनि दिएन । आपत र कठिन समयमा पनि सहयोग र चासो दिदैन भने रहनुको खासै अर्थ पनि रहँदैन । क्यान खेलाडीको अभिभावक संस्था हो । क्यानले कसैलाई पनि काखा र पाखा गर्नु हुँदैन । क्यानले २२ पुरुष र १८ महिला खेलाडीको कोरोना बिमा गरेको छ । तुलनात्मक रुपमा यो संख्या कम हो ।

प्रदेश र उमेह समूहका खेलाडीको पनि कोरोना बिमा गर्ने बाताबरण बनाउन सक्नु पथ्र्यो । नेपालले ओडिआई मान्यता सन् २०२२ सम्मलाई पाएको छ । मान्यता पाएको तीन वर्षमा मात्र १० ओडिआई खेल खेलेको छ । नेपालमा खेल्न टेष्ट टोलीनै इच्छुक छन् । ती इच्छुक टोलीलाईनै नेपालमा ल्याउन पहल गर्नुपथ्र्यो । टोलीलाई व्यस्त राख्ने कुनै योजना देखिदैन । अहिले त क्यालनई कोरोना राम्रो बहाना बनेको छ ।

नेपाली टोलीमा पछिल्लो समय राम्रो प्रतिभा भएका खेलाडी देखिएका छन् । ती प्रतिभाले विदेशमा प्रशिक्षण पाउने हो भने प्रर्दशनमा अझ निखार आउने थियो । तर त्यसको लागि क्यानले पहल गर्न सकेन । पछिल्लो चार वर्षमा हेर्ने हो भने नेपालका सबै प्रतियोगिता र सिरिजलाई बन्द प्रशिक्षणमा २० देखि २४ खेलाडीमात्र बोलाउँदै आएको छ । जसको कारण टोलीमा स्थान बनाउने खेलाडीमा खासै प्रतिस्पर्धा रहँदैन । क्यानले बढाउन सक्नुपर्थ्यो ।

अर्कोतर्फ क्यानले घरेलु प्रतियोगिता पनि गर्न सकेन । कोरोना महामारीको कारण क्यानलाई घरेलु प्रतियोगिता बहाना बनेको छ । टेष्ट राष्ट्रको सपना देखेलेको नेपाली घरेलु क्रिकेट टि ट्वान्टी मा बढी निर्भर छ । टि ट्वान्टी , ओडिआईसँगै प्रथम श्रेणीलाई विशेष ध्यान दिनुपर्छ । नेपालमा प्रधानमन्त्री एक दिवसिय राष्ट्रिय प्रतियोगिता र मनोमहन मेमोरियल एकदिवसिय क्रिकेट प्रतियोगिता बाहेक अन्य ५० ओभरको खेल देखिदैन । टि ट्वान्टी निजि क्षेत्रबाट भई राख्दा त्यसैलाई निरन्तरता दिनुपर्छ । क्यानले ५० ओभर र प्रथम श्रेणीमा ध्यान दिनुपर्ने पर्ने थियो ।

कोरोनापछि पनि क्रिकेट सुरु भई सकेका छन् । इंग्ल्यान्डले वेस्टइन्डिज, पाकिस्तान, आयरल्यान्ड, अष्ट्रेलिया लगायतका देशसँग सिरिज खेलिसकेको छ । नेपालले सुरक्षित सावधानी अपनाएर प्रतियोगिता गराउनतर्फ ध्यान दिनुपर्ने थियो । क्यानले खेलाडीलाई प्रशिक्षणमा राख्न सक्नुपर्ने थियो । घरेलु प्रतियोगिता सुचारु गर्न पहल गर्नसक्नु पर्ने थियो । कम प्रभावित देशसँग सहकार्य गरेर सिरिज खेल्न र नेपालमा खेल्न बोलाउन सक्नुपर्ने थियो । तर क्यानले त्यसो गर्न सकेन ।

कोरोना महामारी कहिले अन्त्य हुन्छ भन्न सकिदैन । त्यो समय सम्म क्रिकेट यस्तै हुन्छ ? भन्ने प्रश्न पनि छ । कोरोनाकै बहाना बनाएर बसिराख्न पनि त हुँदैन । अर्कोतर्फ क्यान आफूले गरेको निर्णयमा विवाद हुन्छ की भनेरै सूचना दिन कन्जुस्याइँ गर्ने गरेको छ । सामान्य सूचना पनि क्यानले मध्यरातमा पठाउने गर्दछ । प्रष्ट सूचना नदिँदा झनै समस्या बल्झिन्छ भन्ने पनि क्यानले बुझ्न सकेको छैन । क्यानमा जवाफदेहिता अझै बन्न सकेको छैन ।

क्यानमा एकता कमी

क्यानमा पनि पछिल्लो समय एकता नभएको चर्चा रहँदै आएको छ । सचिव असोशनाथ प्याकुरेल र कोषाध्यक्ष रोशनकुमार सिंहबीच सम्बन्ध त्यति राम्रो नरहेको क्यान निकट स्रोत बताउछन् । अध्यक्ष र सचिवबीचको सम्बन्धमा पनि तितोपन रहेको सुनिदै आएको छ ।

क्यान निकट स्रोतका अनुसार कोषाध्यक्ष सिंह लगायतका केहि सदस्यहरु अहिलेको शैलीले काम गर्न नसकिने र नयाँ शैलीमा अघि बढ्नुपर्ने तर्क राख्दै आएका छन् । त्यसमा साथ भने पाएका छैनन् ।

क्यानको मुख्यालय मुलपानीमा हुँदाहुँदै नक्सालमै अर्को कार्यालय खोल्नुले आर्थिक भारसँगै संस्थाकै दैनिक कार्यशैलीमा प्रश्न उठेको हो ।

छैन दीर्घकालीन योजना

क्यानले नेपाली क्रिकेट टोलीलाई कसरी अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को स्तरमा पुर्याउने भन्ने कुनै योजना बनाएको देखिदैन । यसले आगमी दिनमा ठूलो असर पर्ने देखिन्छ । क्यानले आफ्नो वार्षिक कार्यक्रमनै सावैजनिक गर्न सकेन ।

हाललाई ओडिआई मान्यता २०२२ सम्म पाएको छ । त्यसपछि ओडिआई मान्यतालाई कसरी निरन्तरता दिने, घरेलु प्रतियोगिता कहिले गर्ने, टोलीलाई ओडिआईमा कसरी ब्यस्त राख्ने, महिला टोलीको अन्तर्राष्ट्रिय सहभागिता कसरी बढाउने, युवा प्रतिभा कसरी केन्द्रसम्म ल्याउने लगाएतका योजनाहरु क्यानमा देखिदैन । टेष्ट र विश्वकप सपना देखेको नेपाल पछिल्लो समय मलेसिया, कतार र सिंगापुर जस्ता देशसँग पराजित हुँदै आएको छ ।

नयाँ नेतृत्व र खस्केको प्रर्दशन

पछिल्लो समय नेपाली क्रिकेटमा एउटा प्रश्न उठ्दै आएको छ । हिजोको दिनमा क्यान नहुँदा नेपाली क्रिकेट टोलीले एकपछि अर्को सफलता हात पारेको थियो । तर क्यान आएपछि झन उत्कृष्ट हुनुपर्नेमा खस्किदो प्रर्दशन किन ? कतै खेलाडीले क्यानलाई असहयोग त गरिरहेका छैनन् भन्ने तर्क पनि छ । क्यान र खेलाडीबीच तालमेलको कमी पनि देखिन्छ ।

क्यानले सुरुवाती एक वर्षलाई राम्रो पाठ सिक्दै अघि बढ्नुपर्छ । क्यानसँग अझैंपनि काम गर्ने धेरै समय छ । क्यानले होईन आम समर्थक, सुभचिन्तक र विश्लेषकहरुले यी राम्रो काम गर्यो भन्ने वातावरण बनाउन सक्नुपर्छ । जसले गर्दा क्यान र नेपाली क्रिकेट दुवै माथि उठ्ने छ । अन्यथा एक अर्कालाई दोष दिदै र बाहना बनाउँदै बसेमा अहिलेको क्यान नेतृत्व सफल हुन सक्दैन ।

क्यानका सबै पदाधिकारी र जिम्मेवार व्यक्ति आ– आफ्नो ठाउँबाट निस्वार्थ भावनाका साथ एकैढिक्का भएर क्रिकेट विकासमा लाग्न आवश्यक छ । कसले के आलोचना गर्यो भन्दा पनि हामीले के राम्रो काम गर्यौ, के गर्नुपर्छ, कहाँ चुक्यौ र कसरी सुधारका साथ अघि बढ्ने भनेर लाग्न आवश्यक देखिन्छ ।

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी […]

Success

Thank you for your time.