5 years ago
September 27, 2020
काठमाडौं (हाम्रो खेलकुद) – केन्द्रिय सम्झौता तथा वर्गीकरणलाई पूनविचार गर्न क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ध्यानाकर्षण गराएको छ ।

आइतबार सिप्यानका अध्यक्ष मनिषराज पान्डे र सचिव राजु बस्न्यातले क्यानका अध्यक्ष चतुरबहादुर चन्द र राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई भेट्दै खेलाडीको वर्गिकरणमा पूनविचार गर्न ध्यानाकर्षण गराएका हुन् । क्यानले राष्ट्रिय १८ पुरुष र १९ महिला खेलाडीलाई केन्द्रिय सम्झौतामा राखेको थियो । तर उक्त वर्गिकरणलाई लिएर भने चौतर्फी आलोचना भइरहेको छ ।
यसअघि कप्तान ज्ञानेन्द्र मल्लसहितका खेलाडीको टोलीले शुक्रबार क्यानलाई ज्ञापन पत्र बुझाएका थिए । २०१९ मा नियमित अन्तर्राष्ट्रिय खेले खेलेका स्पिनर ललितनारायण राजवंशीलाई ग्रेडमा नराखेपछि क्यानको आलोचन भइरहेको छ । २०१९ मा कुनै अन्तर्राष्ट्रिय खेल नखलेका सुवास खकुरेल र कमलसिंह ऐरी क्यानको ग्रेड ‘सी’ मा समेटिएका छन् । टोलीमा प्रमुख खेलाडी सोमपाल कामी ग्रेड ‘बी’ मा घटुवा भएका छन् ।
यसपटक पारिश्रमिकमा भने हरेक तहमा १५ हजार रुपैयाँको बृद्धि भएको छ । ग्रेड ‘ए’का खेलाडीले ५० हजार, ‘बी’ ग्रेडका खेलाडीले ४० र ‘सी’ ग्रेडका खेलाडीले ३० हजार रुपैयाँ पाउनेछन् । एमा ८, बीमा ४ र सीमा ६ खेलाडी छन् ।
महिला टोलीको ग्रेडमा पनि क्यानले त्यस्तै कमजोरी गरेको भन्दै आलोचना भइरहेको छ । अहिले सम्म राष्ट्रिय टोलीमा नपरेका खेलाडीलाई पनि ग्रेडमा समावेश गरिएको छ । फेरि राष्ट्रिय टोलीमा रहेका केहि खेलाडी भने ग्रेडमा परेका छैनन् ।
पुरुष टोलीको नयाँ ग्रेड
ग्रेड ‘ए’ – ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, दीपेन्द्र सिंह ऐरी र विनोद भण्डारी
ग्रेड ‘बी’ – सुशन भारी, सोमपाल कामी, आरिफ शेख, पवन सरार्फ
ग्रेड सी’ – सुवास खकुरेल, रोहित कुमार पौडेल, कुशल मल्ल, राशिद खान, अभिनाष बोहोरा र कमलसिंह ऐरी
महिला ग्रेड
ग्रेड ‘ए’ – रुविना क्षेत्री (बेलबासे), नेरी थापा, इन्दु बर्मा, सीता रानामगर र करुणा भण्डारी
ग्रेड ‘बी’ – ज्योती पान्डे, अप्सरी बेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, ऋतु कनोजिया, काजल श्रेष्ठ र सरिता मगर
ग्रेड ‘सी’ – कविता कुँवर, डली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द र शोभा आले
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]