default_image

4 years ago

September 28, 2020

जिरोबाट हिरो बनेका टेवाटिया

एजेन्सी – आइतबार राती सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) को नवौं खेलमा राजस्थान रोयल्सका बायाँ हाते अलराउन्डर राहुल टेवाटियाले अविश्वसनिय प्रर्दशन गरे । किंग्स इलेभेन पन्जाबले प्रस्तुत गरेको विशाल लक्ष्य पूरा गर्न राजस्थानका लागि टेवाटिया जिरोबाट हिरो बनेका थिए । शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा २ सय २४ रनको लक्ष्य पछ्याएको राजस्थानले तीन बल अगाडिनै […]

54 views

0 Bookmark

एजेन्सी – आइतबार राती सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) को नवौं खेलमा राजस्थान रोयल्सका बायाँ हाते अलराउन्डर राहुल टेवाटियाले अविश्वसनिय प्रर्दशन गरे ।

किंग्स इलेभेन पन्जाबले प्रस्तुत गरेको विशाल लक्ष्य पूरा गर्न राजस्थानका लागि टेवाटिया जिरोबाट हिरो बनेका थिए । शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा २ सय २४ रनको लक्ष्य पछ्याएको राजस्थानले तीन बल अगाडिनै ६ विकेटको क्षतिमा पूरा गर्यो । सुरुवाती समय निकै सुस्त इनिङ खेलेका टेवाटियाले एकै ओभरमा पाँच छक्का प्रहार गर्दै जित सम्म पुर्याए ।

विशाल लक्ष्य पछ्याएको राजस्थानले तेस्रो ओभरमै आक्रामक तथा प्रमुख ब्याट्सम्यान जस बटलरलाई ४ रनमा गुमाएको थियो । त्यसपछि ब्याटिङमा आएका सन्जु स्यामसनले ओपनर स्टिभ स्मिथसँग मिल्दै राम्रो सुरुवात दिए । यी दुई ब्याट्सम्यानले पन्जाबमाथि दबाब बढाए । तर जेम्श निशमको नवौं ओभरको अन्तिम बलमा लङअफमा सट खेल्न खोजेका स्मिथ डिप कभरमा ५० रनमा मोहम्मद शामीबाट क्याच आउट भएपछि पन्जाब हाबी बन्न पुग्यो ।

जुन समय राजस्थानले ९ ओभरमा एक सय रन बनाई सकेको थियो । स्मिथ आउट भएपछि राजस्थानले चौथो नम्बरमा सबैलाई आश्चर्य पार्दै टेवटियालाई पठाएको थियो । अनुभवी रोबिन उथप्पा र युवा खेलाडी रियान परागलाई छोडेर राजस्थानले टेवाटियालाई पठाएको थियो ।

सुरुवाती समय टेवाटियाले रन जोड्नै संघर्ष गरे । नवौं ओभरमा स्पिनर ग्लेन म्याक्सवेलको चार बल सामना गर्दा उनले एक रन मात्रै जोड्न सकेका थिए । निशमको दशौं ओभरमा टेवाटियाले तीन बलमा दुई रन मात्र जोड्न सफल भए । अर्कोतर्फ स्यामसनले आक्रामक ब्याटिङ गर्दै जितको आशा कायम गरि रहेका थिए । तर अर्को साइडबाट त्यहिं अनुसार साथ पाउन सकेका थिएनन् ।

टेवाटियाले म्याक्सवेलको १२ औं ओभरमा तीन बलमा दुई रन मात्र जोड्न सके । १३ औं ओभरमा रबि बिश्रोईको अन्तिम तीन बलमा उनले कुनै रन जोड्न नसकेपछि राजस्थानलाई जितका लागि ४२ बलमा १ सय २ रन बनाउनु पर्ने थियो । टेवाटियाले सुस्त इनिङ खेल्दा स्यामसनमाथि दबाब बढ्दै गएको थियो ।

टेवाटियाले पनि आक्रामक सटका लागि प्रयास नगरेका होईनन् । तर बल नै बुझ्न सकिरहेका थिएनन् । त्यो समय सम्म उनलाई ब्याटिङक्रममा माथि पठाउने निर्णयमाथि प्रश्न उठिसकेको थियो । सामाजिक संजालमा समर्थकहरु हिट विकेटदेखि रिटायर्ट आउट गर्नुपर्ने तर्कसहित आक्रोश पोखिरहेका थिए ।

निशमलाई १४ औं ओभरको पहिलो बलमै स्यामसनले छक्का प्रहार गर्दै ठूलो ओभरमा बदल्ने सम्भावना देखिएको थियो । तर पुन: टेवटियाको साथ पाउन सकेनन् । टेवटियाले १५ औं ओभरको तेस्रो र चोथो बल लगातार डट खान पुगे । टेवाटियाले स्पिनर रबि बिश्रोईलाई पाँचौ बलमा छक्का प्रहार गरेका थिए । उक्त छक्काले उनलाई केहि राहत पुग्यो । आत्माविश्वास बढायो ।

राजस्थानको जितको आशा अझैपनि स्यामसनमै थियो । मैदान छोटो भएको हुँदा चौका र छक्का प्रहार गर्न त्यति कठिन देखिदैन थियो । राजस्थानलाई जितको लागि अन्तिम ३० बलमा ८४ रन आवश्यक थियो । एकतर्फबाट स्यामसनले आशा दिलाई राख्दा अर्कोतर्फबाट टेवटियाले निराश बनाई रहेका थिए ।

१६ औं ओभरमा स्यामसनले म्याक्सवेललाई तीन छक्का प्रहार गरेपछि खेल थप रोमाञ्चक बन्न पुगेको थियो । तर शामीको १७ औं ओभरको पहिलो बलमै स्यामसन राहुलबाट ८४ रनमा समातिन पुगेपछि राजस्थानको आशा टाढियो । अन्तिम १८ बलमा जितको लागि ५१ रन आवश्यक थियो ।
राजस्थानलाई प्रतिओभर १७ रनको औसतमा खेल्नुपर्ने थियो । जुन समय टेवटिया २३ बलमा १७ र रोबिन उथप्पा ३ बलमा ९ रन क्रिजमा थिए ।

१८ औं ओभरमा टेवटियाले आश्चर्यजनक प्रर्दशन गरे । तीव्र गतिका बलर शेल्डन कटरेललाई टेवाटियाले एकै ओभरमा पाँच छक्का प्रहार गर्दै ३० रन बटुल्दै टोलीलाई अविश्वसनिय रुपमा खेलमा फर्काउन सफल भएका थिए । पाँचौ बलमा छक्का प्रहार गर्न चुकेपछि ६ बलमा ६ छक्का प्रहार गर्न चुकेका थिए । एकै ओभरमा ३० रनसँगै राजस्थानलाई जितको लागि १२ बलमा २१ रन चाहिएको थियो ।

उक्त प्रदर्शनपछि सबैले टेवटियामाथि विश्वास राखे । अर्कोतर्फ जोफ्रा आर्चर, टम करन र रियान पराग ठूला सट खेल्न सक्ने ब्याट्सम्यान थिए । १९ औं ओभरमा दुवै टोलीका लागि निकै महतत्त्वपूर्ण थियो । १९ औं ओभरमा शामीलाई जोफ्रा आर्चरले दुई र टेवाटियाले एक छक्का प्रहार गर्दै जित नजिक पुर्याए । अन्तिम बलमा टेवाटिया मयंक अग्रवालबाट क्याच आउट हुन पुगे ।

उनले ३१ बलमा ७ छक्का प्रहार गर्दै ५३ रन बनाए । जुन राजस्थानको लागि जितको टर्निङ प्वाइन्ट बन्यो । अन्तिम ओभरमा तेस्रो बलमा टम करनले चौका प्रहार गर्दै जित दिलाए ।

‘सुरुवाती २० बल मैले खेलेको खेलमा सबैभन्दा खराब थियो । मैले नेट अभ्यासमा राम्रो ठूला सटहरु खेलेको थिए । त्यसैले म आफैंमा विश्वास थियो । तर सुरुवातमा मैले बलरलाई ठूलो सटहरु खेल्न सकिनँ’, टेवटियाले भने ।

‘मैले आक्रामक रुपमा सट खेल्न सक्छु भन्ने टोलीलाई थाहा थियो । मलाई लेग स्पिनरलाई ठूला सट खेल्न भेनर प्रशिक्षकले पठाएका थिए । दुर्भाग्य मैले सकिन । तर मलाई लाग्यो मैले आफूले आफैंलाई विश्वास गर्नुपर्छ अनि छक्का प्रहार गरें । एकै ओभरमा पाँच छक्का साँच्चिकैमा आश्चर्यजनक र उत्कृष्ट क्षण थियो’, उनले भने ।

April 20, 2024

नेपालले हङकङविरुद्ध टस जित्यो

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका छन् । नेपालले युएई विरुद्ध सेमिफाइनल खेलमा हार बेहोरेको प्लेइङ-११मा कुनै पनि परिवर्तन नगरी सोही टोली उतार्ने भएको छ । नेपालको प्लेइङ ११: कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल […]

April 20, 2024

सुदूरपश्चिमको पहिलो जित, गण्डकी पराजित

काठमाडौं (हाम्रो खेलकुद) –सुदूर पश्चिमप्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा पहिलो जित हासिल गरेको छ। सुदूरले गण्डकी प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरमा हराउँदै अंकको खाता खोलेको हो। सुदूरको जितमा अभिषेक पालले ४९ रन जोडे। उनी अर्धशतकबाट मात्र १ रनले चुके। जितको लागि १ सय १८ रनको सहज विजय लक्ष्य सुदरले १९ ओभरमा मात्र १ […]

April 20, 2024

छ महिला क्रिकेटरले मलेसियाको सुपर वुमन्स कप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मासहित ६ क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार इन्दुसहित पूर्व कप्तान रूबिना क्षेत्री, सिता राना मगर, पुजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका हुन्। मलेसिया क्रिकेट संघले अप्रिल २४ देखि  मे ५ सम्म […]

Success

Thank you for your time.