5 years ago
September 28, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दशौं खेलमा आज रोयल च्यालेनजर्स बेंगलोर र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका ७:४५ पछि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

दुवै टोली दोस्रो जितको खोजिमा हुने छन् । पहिलो खेलमा बेंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको थियो । दोस्रो खेलमा किंग्स इलेभेन पञ्जाबसँग ९७ रनको फराकिलो हार बेहोरेको थियो । यता मुम्बई पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग ५ विकेटले पराजित भएको थियो । तर दोस्रो खेलमा मुम्बईले कोलकाता नाइट राइडर्समाथि ४९ रनको जित निकालेको थियो ।
मुम्बई इन्डियन्स रोहित शर्मा र बेंगलोर विराट कोहलीको कप्तानीमा मैदान उत्रने छ । भारतीय क्रिकेट टोलीका तीनै शैलीका कप्तान विराट कोहलीले आइपिएलमा हालसम्म उपाधि जिताउन सकेका छैनन् । यता रोहितले आइपिएलमा चार पटक उपाधि जितेका छन् ।
टि२० भारतीय टोलीको कप्तान रोहितलाई बनाउनु पर्ने आवाज पनि उठ्दै आएको छ । त्यसैले कोहलीलाई आजको खेलमा कप्तानी र प्रर्दशन दुवैमा उत्कृष्ट प्रर्दशन गर्नुपर्ने दबाब छ । यी दुबै भारतीय क्रिकेटका प्रमुख ब्याट्समयान समेत हुन् । आइपिएलमा दुवै आ-आफ्नो टोलीका प्रमुख हतियार हुन् ।

पन्जाबविरुद्ध २ सय ७ रनको विशाल लक्ष्य पछ्याएको बेंगलोर १७ ओभरमा १ सय ९ रनमा अल आउट भएको थियो । उक्त खेलमा बेंगलोरका बलर र ब्याट्सम्यान दुबैले खराब प्रर्दशन गरेका थिए । त्यसैले बेंगलोरले टोलीमा खेलाडी परिवर्तन गर्नेछ । बेंगालेरको डेथ ओभर निकै कमजोर रहेको थियो । त्यसैले डेथ ओभर बलियो बनाउन अलराउन्डर इसुरु उडानालाई डेल स्टेनको स्थानमा मौका दिने सम्भावना छ । स्टेनले पन्जाबविरुद्ध ४ ओभरमा ५७ रन खर्चिदा कुनै विकेट लिन सकेका थिएनन् ।
दुवै खेलमा कमजोर प्रर्दशन गरेका आरोन फिन्च र विकेटकिपर जोश फिलिपे मध्य एकलाई बेन्चमा राखेर अलराउन्डर मोईन अलीलाई मौका दिन सक्छ । उमेश यादवको स्थानमा मोहम्मद शिराजलाई मौका दिने सम्भावना छ । एक रनमा आउट भएका कप्तान विराट कोहलीलाई ठूलो इनिङ खेल्न आवश्यक देखिन्छ । डेथ ओभर बलिङले बेंगलोरलाई फेरि निराश बनाउन सक्छ ।

पहिलो खेलमा पराजित भएपनि दोस्रो खेलमा कोलकाताविरुद्ध मुम्बईले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रर्दशन गरेको थियो । कप्तान रोहित शर्माले ८० रनको इनिङ खेलेका थिए । सूर्यकुमार यादव, क्विन्टन डि कक र सौरभ तिवारीले पनि राम्रो ब्याटिङ गर्दै आएका छन् । हार्दिक पान्ड्यालाई भने अन्त्यमा आक्रामक ब्याटिङका साथ ठूलो इनिङ खेल्न आवश्यक देखिन्छ । मुम्बईको टोलीमा आज परिवर्तनको सम्भावना छ ।
तीव्र गतिमा मुम्बईले जस्प्रित बुमराह, ट्रेन्ट बोल्ट र जेम्स प्याटिनसनलाई निरन्तरता दिन सक्छ । अलराउन्डर नाथन कुल्टर नाइल टोलीमा उपलब्ध भए प्याटिनसनलाई बेन्चमा राख्ने देखिन्छ । स्पिनरमा राहुल चहरलाई खेलाउने छ ।
यी दुई टोलीबीच आइपिएलमा कुल २७ खेल भएको छन् । जसमा मुम्बई १८ खेलमा विजयी हुँदा ९ खेलमा पराजित भएको छ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]