default_image

4 years ago

September 29, 2020

सुपर ओभरमा बेंगलोरको जित!

एजेन्सी –इन्डियन प्रिमियर लिग (आइपिलए) को दशौं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ । सुपर ओभरमा पहिलो ब्याटिङ गरेको मुम्बईले ७ रन जोड्यो । नवदीप सैनीको सुरुवाती दुई बलमा काइरन पोलार्ड र हार्दिक पान्ड्याले १-१ रन लिए । तेस्रो बलमा पोलार्डले डट खाए । चौथो बलमा पोलार्डले चौका प्रहार गरेपनि पाँचौ […]

63 views

0 Bookmark

एजेन्सी –इन्डियन प्रिमियर लिग (आइपिलए) को दशौं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ ।

सुपर ओभरमा पहिलो ब्याटिङ गरेको मुम्बईले ७ रन जोड्यो । नवदीप सैनीको सुरुवाती दुई बलमा काइरन पोलार्ड र हार्दिक पान्ड्याले १-१ रन लिए । तेस्रो बलमा पोलार्डले डट खाए । चौथो बलमा पोलार्डले चौका प्रहार गरेपनि पाँचौ बलमा भने उनी क्याचआउट हुन पुगे । अन्तिम बलमा हार्दिकले १ रन लिए ।

जवाफमा मुम्बईका जसप्रित बुमराहविरुद्ध बेंगलोरका कप्तान विराट कोहली र एबी डी भिलियर्स ब्याटिङमा आएका थिए । पहिलो बलमा एबीले एक रन जोडे । दोस्रो बलमा कोहलीले पनि सिंगल लिए । तेस्रो बलमा बुमराहले कट बिहाइन्डको लागि अपिल गरेपछि अम्पायरले आउट दिए । तर दि भिलियर्सले रिभ्यु गर्दै निर्णय उल्टाएका थिए ।

चौथो बलमा डी भिलियर्सले चौका प्रहार गर्दै बेंगलोरलाई जितनजिक पुर्याए । पाँचौ बलमा सिंगल लिएपछि कोहली अन्तिम बलमा १ रन आवश्यक परेको अवस्थामा स्ट्राइकमा आए । अन्तिम बलमा कोहलीले चौका प्रहार गर्दै बेंगलोरलाई जित दिलाए ।

त्यसअघि जितका लागि २ सय २ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
अन्तिम ओभरमा मुम्बईलाई जितको लागि १९ रन आवश्यक परेको थियो । इसुरु उडानले अन्तिम ओभरमा पहिलो र दोस्रो बलमा एक एक रन दिए ।

तेस्रो बलमा इशान किशनले छक्का प्रहार गरेपछि खेल थप रोचक बनेको थियो । चौथो बलमा पनि उत्कृष्ट छक्का प्रहार गरेपछि नतिजा मुम्बजिततर्फ बढेको थियो । तर पाँचौ बलमा ईशान किशान ९९ रनमा देवदत्त पाडिक्कलबाट क्याच आउट भएपछि खेल थप रोचक बन्न पुग्यो । अन्तिम बलमा पोलार्डले चौका प्रहार गर्दै खेल बराबरीमा पुर्याए ।

मुम्बईलाई जितको लागि अन्तिम ३० बलमा ९० रन आवश्यक रहेको थियो । १७ औं ओभरमा तीन छक्का र एक चौका सहित स्पिनर एडम जाम्पाले २७ रन खर्चेपछि मुम्बई खेलमा फर्केको थियो । १८ औं ओभरमा युजभेन्द्र चहलले तीन छक्का सहित कुल २२ रन खर्चेपछि जितको लागि अन्तिम १२ बलमा ३१ रन आवश्यक परेको थियो । १९ औं ओभरमा नवदीप सैनीले १२ रन खर्चेका थिए ।

किशनले ५८ बलमा २ चौका र ९ छक्का सहित ९९ रनमा क्याच आउट भए । काइरन पोलार्ड २४ बलमा ३ चौका र ५ छक्का सहित ६० रनमा अविजित रहे । पाँचौ विकेटका लागि किशन र काइरन पोलार्डले १ सय १९ रनको साझेदारी गरेका थिए ।

मुम्बईले सुरुवात खराब गरेको थियो । दोस्रो ओभरको चौथो बलमा रोहित शर्मा ८ रनमा क्याच आउट भए । रोहितलाई स्पिनर वासिन्टन सुन्दरले वैकल्पिक फिल्डिर पवन नेगीबाट क्याच आउट गराएका थिए । तेस्रो ओभरको दोस्रो बलमा सूर्यकुमार यादवलाई इसुरु उडानाले विकेटकिपर एबी डी भिलियर्सबाट क्याच गराए ।

स्पिनर युजभेन्द्र चहलले सातौं ओभरको चौथो बलमा क्विन्टन डी ककलाई १४ रनमा नेगी क्याच आउट गराउँदै दबाब बढाए । १२ औं ओभरको दोस्रो बलमा हार्दिक पान्ड्या १५ रनमा आउट भएपछि मुम्बई ७८–४ को कमजोर अवस्थामा पुगेको थियो । पान्ड्यालाई एडम जाम्पाले नेगीबाटै क्याच आउट गराएका थिए ।

एडम जाम्पाले ४ ओभरमा ५३ रन खर्चेर १ विकेट लिए । युजभेन्द्र चहलले ४ ओभरमा ४८ रन खर्चेर १ विकेट लिए । वासिन्टन सुन्दरले ४ ओभरमा मात्र १२ रन खर्चेर १ विकेट लिए । इसुरु उडानाले ४ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो । एबी डी भिलियर्स २४ बलमा ४ चौका र ४ छक्का सहित ५५ रनमा अविजित रहेका थिए । शिवम दुबे १० बलमा १ चौका र ३ छक्का सहित २७ रनमा अविजित रहे ।

बेंगलोरलाई ओपनर आरोन फिन्च र देवदत्त पाडिक्कलले ९ ओभर सम्म ८१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए । ट्रेन्ट बोल्टको नवौं ओभरको अन्तिम बलमा फिन्च काइरन पोलार्डबाट ५२ रनमा क्याच आउट भए । फिन्चले ३५ बलमा ७ चौका र १ छक्का प्रहार गरे ।

कप्तान विराट कोहली तेस्रो खेलमा पनि असफल भए । कोहलीलाई स्पिनर राहुल चहरले १३ औ ओभरको दोस्रो बलमा रोहित शर्माबाट ३ रनमा क्याच आउट गराए । १८ औं ओभरको पहिलो बलमा बोल्टले पोलार्डबाट क्याच गराउँदै पाडिक्कललाई ५४ रनमा पेभिलिएन फर्काए । पाडिक्कलले ४० बलमा ५ चौका र २ छक्का प्रहार गरे ।

ट्रेन्ट बोल्टले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । स्पिनर राहुल चहरले ४ ओभरमा ३१ रन खर्चेर एक विकेट लिए । जस्प्रित बुमराहले ४ ओभरमा ४२ रन खर्चेपनि विकेट लिन सकेनन् ।

मुम्बई पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको थियो । चौथो खेलमा मुम्बईले बिहिबार किंग्स इलेभेन पञ्जाबसँग खेल्ने छ ।

पहिलो खेलमा बेंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको थियो । दोस्रो खेलमा किंग्स इलेभेन पञ्जाबसँग ९७ रनको फराकिलो हार बेहोरेको थियो । चौथो खेलमा बेंगलोरले शनिवार राजस्थान रोयल्ससँग खेल्ने छ ।

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.