default_image

4 years ago

September 29, 2020

जितको ह्याट्रिक गर्ने सोचमा दिल्ली

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ११ औं खेलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ । दिल्ली लगातार तेस्रो जित निकाल्ने सोचका साथ मैदान प्रवेश गर्ने छ । यता सुरुवाती दुबै खेलमा पराजित भएको सनराइजर्स हैदराबाद पहिलो जित […]

66 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ११ औं खेलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ ।

दिल्ली लगातार तेस्रो जित निकाल्ने सोचका साथ मैदान प्रवेश गर्ने छ । यता सुरुवाती दुबै खेलमा पराजित भएको सनराइजर्स हैदराबाद पहिलो जित दर्ता गर्न चाहान्छ । दिल्लीले पहिलो खेलमा किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा र दोस्रो खेलमा चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गरेको थियो । हैदराबाद रोयल च्यालेन्जर्स बेंगलोरसँग पहिलो खेलमा १० रनले पराजित भएको थियो ।

दोस्रो खेलमा कोलकाता नाइट राइडर्ससँग ७ विकटेले हारेको थियो । हैदराबाद भन्दा दिल्ली कागजी रुपमा बलियो टोली देखिन्छ । उपाधिको बलियो दाबेदार दिल्ली जितलाई निरन्तरता दिन चुनौती पनि रहने छ । हेड टु हेडमा भने दिल्लीभन्दा हैदराबाद अघि छ ।

चेन्नईलाई हराउन दिल्लीका ब्याट्सम्यान र बलर दुबैले उच्च प्रर्दशन गरेका थिए । ओपनर पृथ्वी शाले ६४ र शिखर धवन ३५ रनमा आउट हुँदा ऋषभ पन्त ३७ रनमा अविजित रहेका थिए । बलियो ब्याटिङ रहेको दिल्लीमा तल्लोक्रम शिम्रन हेटमायर र मार्कस स्टोइनिसले सम्हाल्ने छन् ।

पहिलो खेलमा आक्रामक अर्ध शतक जोडेका स्टोइनिस दोस्रो खेलमा ५ रनमा अविजित रहेका थिए । हेटमायरले भने दोस्रो खेलमा मौका पाएका थिएनन् । दिल्लीले आज परिवर्तन गर्ने सम्भावना कम छ । तीव्र गतिका बलर ईशान्त शर्मा र स्पिनर रविचन्द्रन आश्विन अभ्यास नेटमा फर्किएपनि आजको खेल खेल्ने सम्भावना कम छ । चेन्नईविरुद्ध आश्विनको स्थानमा खेलेका अमित मिश्राले ४ ओभरमा २३ रन खर्चेका थिए ।

यता तीव्र गतिको बलिङमा आवेश खान, कागिसो रबाडा र एनरिच नोर्टजेलाई निरन्तरता दिने देखिन्छ । दिल्लीका प्रमुख हतियार रबाडाले चेन्नईबिरुद्ध ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिएका थिए । नोर्टजेले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिएका थिए । खानले भने ४ ओभरमा ४२ रन खर्चेका थिए । दुई स्पिनरमा अमित मिश्रा र अलराउन्डर अक्षर पटेललाई निरन्तरता दिने सम्भावना देखिन्छ ।

यता आश्विन पूर्णरुपमा फिट भए आवेश खानलाई बेन्चमा राखेर मिश्रा र आश्विन दुबैलाई मैदान उतार्न सक्छ । आबूधाबीको स्लो पिच स्पिनर उपयोगी मानिन्छ । भारतीय उत्कृष्ट तीव्र गतिका बलर नहुनु दिल्लीको कमजोरी हो ।

यता हैदराबादमा भने समस्या छ । शीर्षक्रम ब्याटिङ बाहेक अन्य पक्ष कमजोर देखिन्छ । कोलकाताविरुद्ध मनिष पान्डेले ५१, डेभिड वार्नरले ३६ र रिद्धिमान शाहले ३० रन बनाएका थिए । शाहले ३१ ब्लमा १ चौका र १ छक्का प्रहार गरेका थिए । सुस्त इनिङ खेलेका शाहको ठाउँमा युवा ब्याट्सम्यान विराट सिंहलाई मौका दिने सम्भावना देखिन्छ । भारतीय घरेलु क्रिकेटमा सिंहले उच्च प्रर्दशन गर्दै आएका छन् ।

आजको खेलमा न्युजिल्यान्डका कप्तान केन विलियम्सन टोलीमा खेल्ने सम्भावना छ । विलियम्सन फिट भएको खण्डमा हैदराबादलाई मध्यक्रममा ठूलो राहत पूग्ने छ । हैदराबादसँग तल्लोक्रममा आक्रामक रुपमा रन जोड्न सक्ने खेलाडीको पनि छ । त्यसैले अभिषेक शर्माको स्थानमा युवा ब्याट्सम्यान अब्दुल साम्सदलाई मौका दिन सक्छ ।

हैदराबादका बलरले दुबै खेलमा कमजोर प्रर्दशन गरेका छन् । प्रमुख तीव्र गतिका बलर भुवनेश्वर कुमारले कोलकाताविरुद्ध ३ ओभरमा २९ रन खर्चिदा कुनै विकेट लिन सकेका थिएनन् । स्पिनर राशिद खानले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिएका थिए ।

यस्तो छ हेड टु हेड

दिल्ली र हैदराबादबीच आइपिएलमा कुल १५ खेल भएको छन् । जसमा दिल्ली ६ खेलमा विजयी हुँदा ९ खेलमा पराजित भएको छ । गतवर्ष लिग चरणको पहिलो खेलमा दिल्ली ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा ३९ रन र एलिमिनेटर २ विकेटले पराजित गर्दै दिल्ली क्यालिफायरमा प्रवेश गरेको थियो ।

दिल्लीले हैदराबादविरुद्ध हालसम्म बनाएको उच्च योगफल १ सय ८९ र हैदराबादले दिल्लीविरुद्ध बनाएको उच्च योगफल १ सय ९१ रन हो । दिल्ली हैदराबादसँग सबैभन्दा कम योगफलमा ८० रन र हैदराबाद दिल्लीसँग १ सय १६ रनमा समेटिएको छ ।

सन्दीपको सम्भावना कम

आजको खेलमा नेपाली पनि लेग स्पिनर सन्दीप लामिछानेको दिल्लीको प्लेइङ ११ बाहिर रहने सम्भावना छ । दिल्लीले चार विदेशी खेलाडीमा कागिसो रबाडा, एनरिच नोर्टजे, मार्कस स्टोइनिस र शिम्रन हेटमारलाईनै निरन्तरता दिने सम्भावना देखिन्छ । रबाडा दिल्लीका प्रमुख हतियार हुन् । नोर्टजेले दोस्रो खेलमा उत्कृष्ट प्रर्दशन गरेका थिए ।

रबाडालाई मात्र खेलाउदा दिल्लीको तीव्र गतिको बलिङ कमजोर बन्न पुग्छ । स्टोइनिसले पहिलो खेलमा विजयी अलराउन्ड प्रर्दशन गरेका थिए । हेटमायर दिल्लीका मध्यक्रमका प्रमुख ब्याट्सम्यान हुन् । त्यसैले चार विदेशी कोटामा सन्दीपको सम्भावना आजको खेलमा देखिदैन ।

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

Success

Thank you for your time.