5 years ago
September 29, 2020
काठमाडौं (हाम्रो खेलकुद) – धुर्मुस सुन्तली फाउन्डेसनले चितवन भरतपुरको शान्तिपुरमा जनस्तरबाट निर्माण गरि रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई भरतपुर महानगरपालिकाले ५० लाख रुपैयाँ प्रदान गरेको छ ।

अन्तर्राष्ट्रिय गौतम बुद्ध रंगशाला निर्माणको लागि मंगलबार भरपुर महानगरपालिकाले फाउन्डेसनलाई रकम प्रदान गरेको हो । २०७५ माघ १६ गते महानगर र फाउन्डेसनबीच सम्झौता भई रंगशाला निर्माण कार्य अघि बढेको थियो ।
भरतपुर महानगरपालिका प्रमुख रेणु दाहल, उप प्रमुख पार्वती शाह ठकुरी र प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले फाउन्डसेनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाई रकम हस्तान्तरण गरेका थिए । कोरोना महामारीको समयमा पनि रंगशालाको निर्माणकार्य जारी रहँदै आएको छ ।
३० हजार समर्थक अट्ने क्षमता भएको यस रंगशाला देशको प्रतिष्ठासँगै राष्ट्रिय एकताको परियोजनाको रुपमा रहेको छ । यस निर्माणधीन रंगशालामा सिंगो देश हेर्न सकिने फाउन्डेसनले जनाउँदै आएको छ ।
फाउन्डेसनका अनुसार योजनामा ७७ वटा कोठा छन् । पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म, झापा सुनसरी हुँदै कैलाली कञ्चनपुर सम्मको जिल्लाहरुलाई समेटेर ७७ वटा कक्ष निर्माणाधीन छन् । रंगशालाको छतमा ७७ वटै कमलका पत्ताहरु छन् ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]