default_image

4 years ago

September 29, 2020

दिल्ली टस जितेर फिल्डिङमा, विलियम्सन र इशान्त टोलीमा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ११ औं खेलमा आज दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा भएको टसमा दिल्लीका कप्तान श्रेयस ऐरले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । दिल्लीले टोलीमा एक परिवर्तन गरेको छ । चोटका कारण सुरुवाती दुई खेल गुमाएका तीब्र गतिका […]

42 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ११ औं खेलमा आज दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा भएको टसमा दिल्लीका कप्तान श्रेयस ऐरले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । दिल्लीले टोलीमा एक परिवर्तन गरेको छ । चोटका कारण सुरुवाती दुई खेल गुमाएका तीब्र गतिका बलर इशान्त शर्मा टोलीमा फर्केका छन् ।

इशान्तले आवेश खानको स्थान लिएका हुन् । त्यस्तै हैदराबादले दुई परिवर्तन गरेको छ । जसमा न्युजिल्यान्डका कप्तान केन विलियम्सन आज टोलीमा रहेका छन् । सुरुवाती दुई खेलमा उनी फिट नहुँदा टोली बाहिर थिए ।

विलियम्सनले मोहम्मद नाबीको स्थान लिएका छन् । त्यस्तै रिद्धिमान शाहको स्थानमा युवा ब्याट्सम्यान अब्दुल साम्सदलाई मौका दिएको छ । यी दुई ब्याट्सम्यानको आगमने हैदराबादको ब्याटिङ बलियो बन्ने छ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई दिल्लीले लगातार तेस्रो खेलमा बेन्चमा राखेको छ ।

दिल्ली लगातार तेस्रो जित निकाल्ने योजनाका साथ मैदान प्रवेश गर्ने छ । यता सुरुवाती दुबै खेलमा पराजित भएको सनराइजर्स हैदराबाद पहिलो जित दर्ता गर्न चाहान्छ । दिल्लीले पहिलो खेलमा किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा र दोस्रो खेलमा चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गरेको थियो ।

हैदराबाद रोयल च्यालेन्जर्स बेंगलोरसँग पहिलो खेलमा १० रनले पराजित भएको थियो । दोस्रो खेलमा कोलकाता नाइट राइडर्ससँग ७ विकटेले हारेको थियो ।

हैदराबादको प्लेइङ ११ – डेभिड वार्नर (कप्तान), जोनी बेयरस्टो (विकेटकिपर) , मनिष पान्डे, अब्दुल साम्सद, प्रियम गर्ग, अभिषेक शर्मा, केन विलियम्सन, राशिद खान, भुवनेश्वर कुमार, टि नटराजन र खलिल अहमद ।

दिल्लीको प्लेइङ ११ – पृथ्वी शा, शिखर धवन, शिम्रन हेटमायर, श्रेयस ऐर (कप्तान), ऋषभ पन्त (विकेटकिपर), मार्कस स्टोइनिस, अक्षर पटेल, अमित मिश्रा, कागिसो रबाडा, एनरिच नोर्टजे र ईशान्त शर्मा ।

May 6, 2024

कोलकातासँग लखनउको हार

एजेन्सी – कोलकाता नाइट राइडर्स आइतबार लखनउ सुपर जाइन्ट्सलाई ९८ ले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ। कोलकाताको ११ खेलबाट १६ अंक पुगेको छ। समान अंकसहित दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सले एक‌ खेल कम खेलेको छ। लखनउ १२ अंकका साथ पाँचौं स्थानमा छ। २ सय ३६ रनको लक्ष्य पछ्याएको लखनउलाई १६.१ […]

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

May 5, 2024

चेन्नाईको पञ्जाबविरुद्ध जित

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा चेन्नाई सुपर किंग्सले पञ्जाब किंग्स माथि जित दर्ता गरेको छ । चेन्नाईले पञ्जाब माथि २८ रनको जित दर्ता गरेको हो । चेन्नाईले दिएको १६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले २३ बलमा […]

Success

Thank you for your time.