5 years ago
September 30, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १२ औं खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई १ सय ७५ रनको बलियो लक्ष्य दिएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ निम्तो पाएको कोलकाताले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७५ रन बनायो । कोलकातालाई बलियो अवस्थामा पुर्याउन तल्लोक्रममा ओईन मोर्गन २३ बलमा १ चौका र २ छक्का सहित ३४ रनमा अविजित रहे । कमलेश नगरकोटी ५ बलमा १ चौका सहित ८ रनमा अविजित रहे ।
ओपनर सुनिल नारायणलाई पाँचौ ओभरको पाँचौ बलमा जयदेव उनादकटले १५ रनमा बोल्ड आउट गर्दै राजस्थानलाई पहिलो सफलता दिलाए । ठूलो सट खेल्नेक्रममा मिस भएपछि उनी बोल्ड आउट हुन पुगेका थिए । नारायणले १४ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
स्पिनर राहुल टेवाटियाको १० औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका नितेश राणा लङ अनमा रियान परागबाट २२ रनमा क्याच आउट हुन पुगे । उनले १७ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
१२ औं ओभरको पहिलो बलमा जोफ्रा आर्चरले ओपनर सुभमन गिललाई ४७ रनमा कट एण्ड बोल्ड आउट गरे । गिलले ३४ बलमा ५ चौका र १ छक्का प्रहार गरे । एज लागेपछि गिल कट एण्ड बोल्ड आउटको शिकार हुन पुगेका थिए ।
१४ औं ओभरको पहिलो बलमा कप्तान दिनेश कात्तिक १ रनमा आउट भए । उनलाई आर्चरले विकेटकिपर जस बटलरबाट क्याच आउट गराए । १५ औं ओभरको दोस्रो बलमा आन्द्रे रसेल २४ रनमा क्याच आउट भएपछि कोलकाता ११५– ५ को कमजोर अवस्थामा पुगेको थियो । रसेलले १४ बलमा ३ छक्का प्रहार गरे ।

रसेललाई अकिंत राजपुतले उनादकटबाट क्याच आउट गराएका थिए । १८ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका प्याट कमिन्सलाई डिप ब्याकवार्ड स्क्वायरमा सन्जु स्यामसनले एक हातले उत्कृष्ट क्याच ल्याउँदै १२ रनमा पेभिलिएन फर्काए ।
जोफ्रा आर्चरले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । जयदेव उनादकटले २ ओभरमा १४ रन खर्चेर १ विकेट लिए । राहुल टेवाटियाले १ ओभरमा ६ रन खर्चेर १ विकेट लिए । अंकित राजपुतले ४ ओभरमा ३९ रन खर्चेर १ विकेट लिए । टम करनले ४ ओभरमा ३७ रन खर्चेर १ विकेट लिए ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]