default_image

3 years ago

September 30, 2020

राजस्थानमाथि कोलकाता उत्कृष्ट जित

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १२ औं खेलमा कोलकता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ३७ रनले पराजित गरेको छ । जारी आइपिएलमा कोलकाताले दोस्रो जित दर्ता गर्दा राजस्थानले पहिलो हार बेहोरेको हो । जितका लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३७ रन बनायो । […]

47 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १२ औं खेलमा कोलकता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ३७ रनले पराजित गरेको छ । जारी आइपिएलमा कोलकाताले दोस्रो जित दर्ता गर्दा राजस्थानले पहिलो हार बेहोरेको हो ।

जितका लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३७ रन बनायो । राजस्थानका अलराउन्डर टम करन ३६ बलमा २ चौका र ३ छक्का सहित सर्वाधिक ५४ रनमा अविजित रहेपनि एकल प्रयास टोलीको जितको लागि पर्याप्त भएन । राजस्थानका तीन खेलाडी मात्र दोहोरो अंकमा रन बनाउन सके । ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन नसक्दा पराजित हुन पुगेको हो ।

प्याट कमिन्सको दोस्रो ओभरको अन्तिम बलमा कप्तान स्टिभ स्मिथ एज लाग्दै विकेटकिपर दिनेश कात्तिकबाट ३ रनमा क्याच आउट हुन पुगे । पाँचौ ओभरको पहिलो बलमा सन्जु स्यामसनलाई शिवम माभीले सुनिल नारायणबाट ८ रनमा क्याच आउट गराउँदै दबाब बढाए । सातौं ओभरको पहिलो बलमा विकेटकिपर जस बटलर २१ रनमा क्याच आउट भए ।

बटलरलाई माभीले बरुण चक्रबर्तीबाट १६ बलमा १ चौका र २ छक्का सहित २१ रनमा क्याच आउट गराएपछि राजस्थान समस्यामा परेको थियो । आठौं ओभरको पहिलो बलमा रबिन उथप्पा दुई रनमा आउट हुन पुगे । उथप्पालाई कमलेश नगरकोटीले माभीबाट क्याच आउट गराए । दुई बल पछि रियान परागलाई एक रनमा सुभमन गिलबाट क्याच आउट गराएपछि राजस्थान ४२–५ को कमजोर अवस्थामा पुगेको थियो ।

तल्लोक्रममा ब्याट्सम्यान पनि क्रिजमा लामो समय जम्न सकेनन् । ११ औं ओभरको पाँचौ बलमा बरुणले राहुल टेवाटियालाई १४ रनमा बोल्ड आउट गरे । १४ औं ओभरको पाँचौ बलमा श्रेयस गोपाल नारायणले पाँच रनमा क्याच आउट गराए । १५ औं ओभरको चौथो बलमा जोफ्रा आर्चरलाई बरुणले नगरकोटबाट ६ रनमा क्याच आउट गराएपछि राजस्थानको जित टाढिएको थियो । जयदेव उनादकट ९ रनमा क्याच आउट भए । अंकित राजपुत ७ रनमा अविजित रहे ।

बरुण चक्रबर्तीले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । शिवम माभीले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । कमलेश नगरकोटीले २ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । प्याट कमिन्स, कुलदीप यादव र सुनिल नारायाणले एक एक विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ निम्तो पाएको कोलकाताले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो । कोलकातालाई बलियो अवस्थामा पुर्याउन तल्लोक्रममा ओईन मोर्गन २३ बलमा १ चौका र २ छक्का सहित ३४ रनमा अविजित रहे । कमलेश नगरकोटी ५ बलमा १ चौका सहित ८ रनमा अविजित रहे ।

ओपनर सुनिल नारायणलाई पाँचौ ओभरको पाँचौ बलमा जयदेव उनादकटले १५ रनमा बोल्ड आउट गर्दै राजस्थानलाई पहिलो सफलता दिलाए । ठूलो सट खेल्नेक्रममा मिस भएपछि उनी बोल्ड आउट हुन पुगेका थिए । नारायणले १४ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

स्पिनर राहुल टेवाटियाको १० औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका नितेश राणा लङ अनमा रियान परागबाट २२ रनमा क्याच आउट हुन पुगे । उनले १७ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

१२ औं ओभरको पहिलो बलमा जोफ्रा आर्चरले ओपनर सुभमन गिललाई ४७ रनमा कट एण्ड बोल्ड आउट गरे । गिलले ३४ बलमा ५ चौका र १ छक्का प्रहार गरे । एज लागेपछि गिल कट एण्ड बोल्ड आउटको शिकार हुन पुगेका थिए ।

१४ औं ओभरको पहिलो बलमा कप्तान दिनेश कात्तिक १ रनमा आउट भए । उनलाई आर्चरले विकेटकिपर जस बटलरबाट क्याच आउट गराए । १५ औं ओभरको दोस्रो बलमा आन्द्रे रसेल २४ रनमा क्याच आउट भएपछि कोलकाता ११५– ५ को कमजोर अवस्थामा पुगेको थियो । रसेलले १४ बलमा ३ छक्का प्रहार गरे ।

रसेललाई अकिंत राजपुतले उनादकटबाट क्याच आउट गराएका थिए । १८ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका प्याट कमिन्सलाई डिप ब्याकवार्ड स्क्वायरमा सन्जु स्यामसनले एक हातले उत्कृष्ट क्याच ल्याउँदै १२ रनमा पेभिलिएन फर्काए ।

जोफ्रा आर्चरले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । जयदेव उनादकटले २ ओभरमा १४ रन खर्चेर १ विकेट लिए । राहुल टेवाटियाले १ ओभरमा ६ रन खर्चेर १ विकेट लिए । अंकित राजपुतले ४ ओभरमा ३९ रन खर्चेर १ विकेट लिए । टम करनले ४ ओभरमा ३७ रन खर्चेर १ विकेट लिए ।

राजस्थानले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई १६ रनले हराएको थियो । दोस्रो खेलमा किंग्स इलेभेन पन्जाबलाई ४ विकेटले हराएको थियो । चौथो खेलमा राजस्थानले शनिबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्ने छ । कोलकाता पहिलो खेलमा मुम्बई इन्डियन्ससँग ४९ रनले पराजित भएको थियो । दोस्रो खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको थियो । कोलकाताले चौथो खेल शनिबारनै दिल्ली क्यापिटल्ससँग खेल्ने छ ।

March 28, 2024

राजस्थानको लगातार दोस्रो जित

एजेन्सी – दिल्ली क्यापिटल्स माथि जित दर्ता गर्दै राजस्थान रोयल्सले १७औं संस्करणको इंडियन प्रिमियर लिग (आईपिएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ । दिल्लीलाई लगातार दोस्रो हार चखाउने क्रममा राजस्थानले १२ रनको जित दर्ता गरेको हो । १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो । अन्तिम […]

March 28, 2024

सिइसी र धनगढी विजयी

सुमन अधिकारी,बुटवल नेपालका पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले बुबाको नामबाट आयोजना रुपन्देहीमा जारी छैंटौं खड्ग प्रसाद गौचन मेमोरियल यु—१९ क्रिकेट प्रतियोगिता–२०८० मा बिहीबार समुह बिका २ खेल सम्पन्न भएका छन् । जसमा पल्सर क्रिकेट एक्सलेन्स सेन्टर (सिइसी) , काठमाण्डौ र धनगढी क्रिकेट क्लब विजयी भएका छन् । पहिलो खेलमा पल्सर सिइसी काठमाण्डौले सेन्टर […]

March 28, 2024

नेपाल ‘ए’ सिरिजको खेल तालिका परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण विहीबार हुने भनिएको टि२० खेल रद्द भएपछि आयरल्यान्ड वल्भ्सविरुद्ध सिरिजको खेल तालिका परिवर्तन गरेको छ । लगातार वर्षाका कारण मैदान भिजेपछि टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने बताएको छ । […]

Success

Thank you for your time.