default_image

5 years ago

October 1, 2020

क्रिकेट खेलाडीको पुन: छनोट र वर्गीकरण हुने

195 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौतर्फी आलोचनापछि नेपाल क्रिकेट संघ (क्यान) ले केन्द्रिय खेलाडी सम्झौताको खेलाडी छनोट र वर्गीकरण पुन: गर्ने भएको छ ।

असोज ६ मा चितवनमा बसेको बोर्ड बैठकले राष्ट्रिय १८ पुरुष र १९ महिला टोलाई केन्द्रिय सम्झौतामा राख्दै वर्गीकरण गरेको थियो । तर क्यानको उक्त खेलाडी वर्गिकरण र खेलाडी सम्झौतालाई लिएर चौतफी आलोचना भएपछि खेलाडी बर्गीकरण निर्धारण समितिलाई पुन सुझाब सहितको वर्गीकरण आगामी बोर्ड बैठकमा पेश गर्न बिहिबार अध्यक्ष चतुरबहादर चन्दले एक प्रेस विज्ञप्ति जारी गर्दै आग्रह गरेका छन् ।

कोषाध्यक्ष रोशन कुमार सिंहको संयोजकत्वमा केद्रिय सदस्य अमितबिर पान्डे र दुर्गाराज पाठकलाई समेट्दै क्यानले खेलाडी वर्गीकरण समिति बनाएको थियो । क्यानले खेलाडी वर्गीकरणमा केहि महत्वपूर्ण खेलाडीहरुको नाम छुट्न गएको वर्गीकरणमा न्यायोचित नभएको जनाउँदै खेलाडीहरुले गुनासो गर्दै संघमा आएको निवेदनमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

क्यानले पुनः खेलाडी वर्गीकरण निर्धारण समितिलाई महिला र पुरुष राष्ट्रिय क्रिकेट टिमका कप्तान, उपकप्तान र प्रशिक्षकसँग आवश्यक छलफल गर्दै सुझाव सहितको वर्गिकरण प्रतिबेदन आगमी बोर्डमा पेश गर्न अनुरोध गरेको छ ।

क्यानले सार्वजनिक गरेको केन्द्रिय खेलाडी सम्झौताको वर्गीकरणमा गम्भीर लापरवाही गरेको थियो । सन् २०१९ मा नियमित अन्तर्राष्ट्रिय खेले खेलेका स्पिनर ललितनारायण राजवंशीलाई ग्रेडमा नराखेपछि क्यानको आलोचन भइरहेको छ ।

२०१९ मा कुनै अन्तर्राष्ट्रिय खेल नखलेका सुवास खकुरेल र कमलसिंह ऐरी क्यानको ग्रेड ‘सी’ मा समेटिएका छन् । टोलीमा प्रमुख खेलाडी सोमपाल कामी ग्रेड ‘बी’ मा घटुवा भएका थिए ।

यसपटक पारिश्रमिकमा भने हरेक तहमा १५ हजार रुपैयाँको बृद्धि भएको छ । ग्रेड ‘ए’का खेलाडीले ५० हजार, ‘बी’ ग्रेडका खेलाडीले ४० र ‘सी’ ग्रेडका खेलाडीले ३० हजार रुपैयाँ पाउनेछन् । एमा ८, बीमा ४ र सीमा ६ खेलाडी छन् ।

महिला टोलीको ग्रेडमा पनि क्यानले त्यस्तै कमजोरी गरेको भन्दै आलोचना हुँदै आएको छ । अहिले सम्म राष्ट्रिय टोलीमा नपरेका खेलाडीलाई पनि ग्रेडमा समावेश गरिएको छ । फेरि राष्ट्रिय टोलीमा रहेका केहि खेलाडी भने ग्रेडमा परेका छैनन् ।

पुरुष टोलीको नयाँ ग्रेड

ग्रेड ‘ए’ – ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, दीपेन्द्र सिंह ऐरी र विनोद भण्डारी

ग्रेड ‘बी’ – सुशन भारी, सोमपाल कामी, आरिफ शेख, पवन सरार्फ

ग्रेड सी’( सुवास खकुरेल, रोहित कुमार पौडेल, कुशल मल्ल, राशिद खान, अभिनाष बोहोरा र कमलसिंह ऐरी

महिला ग्रेड

ग्रेड ‘ए’ – रुविना क्षेत्री (बेलबासे), नेरी थापा, इन्दु बर्मा, सीता रानामगर र करुणा भण्डारी

ग्रेड ‘बी’ – ज्योती पान्डे, अप्सरी बेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, ऋतु कनोजिया, काजल श्रेष्ठ र सरिता मगर

ग्रेड ‘सी’ (कविता कुँवर, डली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द र शोभा आले

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.