5 years ago
October 1, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं खेलमा किंग्स इलेभेन पन्जाबले टस जितेर मुम्बई इन्डियन्सबिरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा भएको टसमा पन्जाबका कप्तान लोकेश राहुलले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । पन्जाबले आज टोलीमा एक परिवर्तन गरेको छ । स्पिनर मुरुगन आश्विनको स्थानमा अलराउन्डर कृष्णाप्पा गौथमलाई मैदान उतारेको छ ।
स्पिन अलराउन्डर गौथमको आगमनले पन्जाबको टोली थप मजबुत बन्ने छ । पन्जाबले क्रिस गेल र स्पिनर मुजिब उर रहमानलाई आजको खेलमा पनि बेन्चमा राखेको छ । मुम्बईले टोलीमा कुनै परिवर्तन गरेको छैन ।
पहिलो खेलमा पन्जाब दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो । दोस्रो खेलमा पन्जाबले रोयल च्यालेन्जर्स बेंगलोरलाई ९७ रनले पराजित गरेको थियो । तेस्रो खेलमा राजस्थान रोयल्ससँग ४ विकेटले पराजित हुन पुगेको थियो ।
मुम्बई पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग ५ किकेटको पराजित भएको थियो थियो । दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको थियो । मुम्बई बेंगलोरसँग सुपर ओभरमा पराजित हुन पुगेको थियो ।
पन्जाबको प्लेइङ ११ – लोकेश राहुल (कप्तान तथा विकेटकिपर), मंयक अग्रवाल, करुण नायर, शरफराज खान, ग्लेन म्याक्सवेल, निकोलस पूरन, कृष्णा गौथम , जेम्श निशम, रबि बिश्रोई, मोहम्मद शामी र शेल्डन कटरेल ।
मुम्बईको प्लेइङ ११ – रोहित शर्मा (कप्तान), क्विन्टन डी कक, सूर्यकुमार यादव, ईशान किशन, क्रुनाल पान्ड्या, हार्दिक पान्ड्या, काइरन पोलार्ड, जेम्स प्याटिनसन, राहुल चहर, ट्रेन्ट बोल्ट र जस्प्रित बुमराह ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]