default_image

5 years ago

October 10, 2020

कोहली चम्कँदा बेंगलोरको बलियो योगफल

161 views

0 Bookmark

एजेन्सी– कप्तान विराट कोहलीको उत्कृष्ट ब्याटिङमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा चेन्नई सुपर किंग्सलाई १ सय ७० रनको लक्ष्य दिएको छ ।

दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर ब्याटिङ रोजेको बेंगलोरले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६९ रन बनायो । बेंगलोरका कप्तान विराट कोहली ५२ बलमा ४ चौका र ४ छक्का सहित ९० रनमा अविजित रहे । शिवम दुबे १४ बलमा २ चौका र १ छक्का सहित २२ रनमा अविजित रहे । पाँचौ विकेटका लागि कोहली र दुबेले ३४ बलमा ७६ रनको अविजित उत्कृष्ट साझेदारी गर्दै बलियो योगफलमा पुर्याए । बेंगलोरले अन्तिम २४ बलमा ६६ रन जोडेको थियो ।

तीव्र गतिका बलर दीपक चहरले तेस्रो ओभरको पाँचौ बलमा ओपनर आरोन फिन्चलाई २ रनमा बोल्ड आउट गर्दै चेन्नईलाई पहिलो सफलता दिलाए । फिन्चले ९ बलको सामना गरेका थिए । ११ औं ओभरका अर्का तीव्र गतिका बलर शार्दुल ठाकुरले प्रमुख दुई विकेट लिए । ११ औं ओभरको दोस्रो बलमा ठाकुरले फाप डु प्लेसिसबाट ओपनर देवदत्त पाडिक्कललाई ३३ रनमा क्याच गराए ।

पाडिक्कलले ३४ बलमा २ चौका र १ छक्का प्रहार गरे । दुइबल पछि आक्रामक ब्याट्सम्यान एबी डिभिलियर्स धोनीबाट शून्यमा क्याच आउट हुन पुगेपछि बेंगलोर ६७–३ को अवस्थामा पुगेको थियो । साम करनले १५ औं ओभरको तेस्रो बलमा वासिन्टन सुन्दरलाई धोनीबाट १० रनमा क्याच आउट गराए । चेन्नईका शार्दुल ठाकुरले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । साम करन र दीपक चहरले एक एक विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.