5 years ago
October 11, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टीयु क्रिकेट मैदानमा कार्यरत कर्मचारीलाई १ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् ।

गत साउनमा क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न जानुअघि सन्दीपले टियू मैदानका कर्मचारीलाई एक लाख रुपैयाँ सहयोग गर्ने जनाएका थिए । उक्त सहयोग गर्ने बाचा अनुसार आइतबार सन्दीपका ब्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेट टोलीका टेक्निल एनालिष्ट रमन शिवाकोटीले मैदानका इन्चार्ज मधु तामाङलाई भेटेर एक लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
नेपालको एकमात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदान टीयुमा कुल १५ जना कर्मचारी रहेका छन् । भदौमा ट्रीनिडाड एन्ड टोबेगोमा सम्पन्न सिपिएलमा सन्दीप जमैका तलावाजबाट खेल्दै कुल १२ विकेट लिएका थिए ।
हाल सन्दीप इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न संयुक्त अरव इमिरेट्स (यूएई) मा रहेका छन् । सन्दीप सम्मिलित दिल्ली क्यापिटल्सले लिग चरणका सुरुवाती ६ खेलमा सन्दीपलाई बेन्चमा राखेको छ । दिल्ली ६ खेलमा ५ मा जित र १ मा हार सहित शीर्षस्थानमा रहेको छ । दिल्लीको रणनीति र टोलीलाई हेर्दा सन्दीपलाई प्लेइङ ११ मा स्थान बनाउन सहज देखिदैन ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]