default_image

5 years ago

October 13, 2020

हैदराबादविरुद्ध पहिलो ब्याटिङ गर्दै चेन्नई

125 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को २९ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । चेन्नईले आज टोलीमा एक परिवर्तन गरेको छ । युवा ब्याट्सम्यान नारायण जगदेसनको स्थानमा अनुभवी स्पिनर पियुष चवलालाई मौका दिएको छ । हैदराबादले पनि टोलीमा एक परिवर्तन गरेको छ । युवा अलराउन्डर अभिषेक शर्माको स्थानमा शहवाज नदीमलाई मौका दिएको छ । अनुभवी स्पिनर नदीमले तल्लोक्रममा राम्रो ब्याटिङ पनि गर्ने गर्दछन् ।

हैदराबाद ७ खेलमा ३ मा जित र ४ मा हार सहित पाँचौ स्थानमा छ । चेन्नई ७ खेलमा ५ मा हार र २ मा जित सहित सातौं स्थानमा छ । आइपिएलमा चेन्नई र हैदराबादबीच कुल १३ खेल भएको छ । जसमा चेन्नई ९ खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएको छ । जारी सिजनको पहिलो खेलमा चेन्नई हैदराबादसँग ७ रनले पराजित हुन पुगेको थियो । १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको चेन्नई ५ विकेटको क्षतिमा १ सय ५७ रन बनाउन सकेको थियो ।

हैदराबादको प्लेइङ ११ – डेविड वार्नर (कप्तान), जोनी बेयरस्टो (विकेटकिपर), मनिष पान्डे, विजय शंकर, प्रियम गर्ग, शहबाज नदीम, केन विलियम्सन, राशिद खान, सन्दीप शर्मा , टि नटराजन र खलिल अहमद

चेन्नई प्लेइङ ११ – अम्बाती रायुडू, शेन वाटसन, फाफ डु प्लेसिस, शार्दुल ठाकुर, पियुष चवला, महेन्द्र सिंह धोनी (कप्तान तथा विकेटकिपर), रविन्द्र जडेजा, साम करन, दीपक चहर, करण शर्मा र ड्वेन ब्राभो

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.