5 years ago
October 15, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को ३१ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले किंग्स इलेभेन पन्जाबविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

शारजाह क्रिकेट स्टेडियममा बेंगलोरका कप्तान विराट कोहलीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । पन्जाबले टोलीमा आज तीन परिवर्तन गरेको छ । पन्जाबको टोलीमा युनिभर्सल बोस अर्थात ओपनर क्रिस गेललाई आजको खेलमा मौका दिएको छ ।
गेललाई खेलाउँदा पन्जाबले स्पिनर मुजिब उर रहमानलाई बेन्चमा राखेको छ । घाइते मनदीप सिंहको स्थानमा दिपक हुडालाई मौका दिएको छ । त्यस्तै प्रभशिम्रन सिंहको स्थानमा मुरुगुन आश्विनलाई मौका दिएको छ । बेंगलोरले भने टोलीमा परिवर्तन गरेको छैन ।
बेंगलोर जारी आइपिएलमा छैटौं र पन्जाब दोस्रो जित निकाल्ने सोचमा छन् । पन्जाबले खेलेका ७ खेल मध्य ६ खेलमा पराजित भएको छ । पन्जाबले जारी सिजनको पहिलो खेलमा बेंगलोरलाई ९७ रनले पराजित गरेको थियो । जुन जारी सिजनमा पन्जाबले जितेको एक मात्र खेल हो ।
बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हार सहित अंक तालिकामा तेस्रो स्थानमा छ । पन्जाब ७ खेलमा ६ मा हार र १ मा जित सहित पुछारमा छ । बेंगलोर पन्जाबमाथि उत्कृष्ट जित निकाल्दै शीर्षस्थानमा उक्लिन चाहन्छ । पन्जाब दोस्रो जित निकाल्दै प्ले अफको सम्भावना कायमै राख्न चाहन्छ । पन्जाब र बेंगलोरबीच आइपिएलमा कुल २५ खेल भएका छन् । जसमा पन्जाब १३ खेलमा विजयी हुँदा १२ खेलमा पराजित भएको छ ।
बेंगलोरको प्लेइङ ११ – आरोन फिन्च, देवदत्त पाडिक्कल, विराट कोहली (कप्तान) एवी डि भिलियर्स, क्रिस मोरिस, शिवम दुबे, वासिन्टन सुन्दर, मोहम्मद शिराज, नवदीप सैनी, इसुरु उडना र युजभेन्द्र चहल
पन्जाबको प्लेइङ ११ – लोकेश राहुल (कप्तान तथा विकेटकिपर), मंयक अग्रवाल, दिपक हुडा, अर्शदीप सिंह, ग्लेन म्याक्सवेल, निकोलस पूरन, मुरुगन आश्विन, क्रिस गेल, रबि बिश्रोई, मोहम्मद शामी र क्रिस जोर्डन ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]