default_image

5 years ago

October 15, 2020

पन्जाबलाई बेंगलोरको मध्यम लक्ष्य

120 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ३१ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले किंग्स इलेभेन पन्जाबलाई १ सय ७२ रनको मध्यम लक्ष्य दिएको छ ।

शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७१ रन बनायो । मोहम्मद शामीले अन्तिम ओभरमा तीन छक्का र एक चौका सहित कुल २४ रन खर्चेका थिए । क्रिस मोरिस ८ बलमा ३ छक्का र १ चौका सहित २५ रनमा अविजित रहे । इसुरु उडाना ५ बलमा १ छक्का सहित १० रनमा अविजित रहे ।

बेंगलोरले सुरुवात मध्यम गरेको थियो । ओपनर आरोन फिन्च र देवदत्त पाडिक्कलले पाँचौ ओभरको पहिलो बलमा ३८ रनको साझेदारी गरेका थिए । युवा तीव्र गतिका बलर अर्शदीप सिंहले पाडिक्कललाई निकोलस पुरनबाट १८ रनमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाए । पाडिक्कले १२ बलमा १ चौका र १ छक्का प्रहार गरे । सातौं ओभरको तेस्रो बलमा स्पिनर मुरुगन आश्विनले फिन्चलाई २० रनमा बोल्ड आउट गरे । फिन्चले १८ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

११ औं ओभरको तेस्रो बलमा आश्विनले वासिन्टन सुन्दरलाई १३ रनमा क्रिस जोर्डनबाट क्याच आउट गराए । सुन्दरले १४ बलमा १ चौका प्रहार गरे । जोर्डनले १६ औं ओभरको अन्तिम बलमा शिवम दुबेलाई कप्तान लोकेश राहुलबाट २३ रनमा क्याच आउट गराए । दुबेले १९ बलमा २ छक्का प्रहार गरे ।

१८ औं ओभरको तेस्रो बलमा मोहम्मद शामीले आक्रामक ब्याट्सम्यान एवि डिभिलियर्सलाई दीपक हुडाबाट दुई रनमा क्याच आउट गराएपछि बेगलोरको ठूलो योगफलको सम्भावना सकिएको थियो । डी भिलियर्स आउट भएको दुई बल पछि कोहली राहुलबाट ४८ रनमा क्याच आउट भए । कोहलीले ३९ बलमा ३ चौका प्रहार गरे ।

स्पिनर मुरुगन आश्विनले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । मोहम्मद शामीले ४ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए । क्रिस जोर्डन र अर्शदीप सिंहको नाममा समान एक एक विकेट रह्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.