default_image

5 years ago

October 16, 2020

कार्तिकले त्यागे कोलकाताको कप्तानी

134 views

0 Bookmark

एजेन्सी– विकेटकिपर दिनेश कार्तिकले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा कोलकाता नाइट राइडर्सको कप्तानी छोड्ने भएका छन् ।

कार्तिकले कोलकाताको कप्तानी इंग्ल्यान्डका सिमित ओभरका सर्वाधिक सफल कप्तान ओईन मोर्गनलाई दिएका छन् । कार्तिकले आफ्नो ब्याटिङमा बढि ध्यान दिन कप्तानी छोड्ने निर्णय लिएका हुन् । कार्तिकको कप्तानीमा कोलकाताले जारी आइपिएलमा ७ खेलमा ४ मा जित र ३ मा हार सहित अंक तालिकामा चौथो स्थानमा छ ।

मोर्गनको कप्तानीमा गत वर्ष इंग्ल्यान्डले पहिलो पटक एक दिवसिय विश्वकप उपाधि जितेको थियो । सन् २०१८ मा कोलकाताले कार्तिकलाई कप्तान बनाएको थियो । कार्तिकले कोलकाता सर्वाधिक सफल कप्तान गौतम गम्भीरको स्थान लिएका थिए । कार्तिकको कप्तानीमा कोलकाता त्यसवर्ष प्ले अफ सम्म पुगेको थियो ।

सन् २०१९ मा भने पाँचौ स्थानमा रहेर बाहिरिएको थियो । त्यसवर्ष कप्तानी गर्दै कार्तिकले आइपिएलमा ४ सय ९८ रन बनाएका थिए । कार्तिकले जारी आइपिएलमा ७ खेलमा १ सय ८ रन बनाएका छन् ।

मोर्गनलाई गत अक्सनमा कोलकाताले ५ करोड २५ लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । मोर्गनको कप्तानीमा इंग्ल्यान्डले सन् २०१६ मा टि२० विश्वकप फाइनल समेत खेलेको थियो । ठूलो सटका लागि परिचित मोर्गन वर्तमान समयमा अन्तर्राष्ट्रिय क्रिकेटका एक सर्वोत्कृष्ट कप्तान हुन् । मोर्गनको कप्तानीसँगै कोलकाताले जारी आइपिएलमा उत्कृष्ट प्रर्दशन गर्ने अनुमान गरिएको छ । कोलकाताले आज मुम्बई इन्डियन्ससँग खेल्दै छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.