5 years ago
October 16, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को ३२ औं खेलमा आज मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार शेख जायद स्टेडियम आबूधाबीमा ७ : ४५ पछि सुरु हुनेछ ।

मुम्बई छैटौं र कोलकाता पाँचौ जित निकाल्ने सोचमा छन् । कोलकाताको कप्तानी आज इग्ल्यान्डका बायाँ हाते ब्याट्सम्यान ओईन मोर्गनले गर्दै छन् । विश्वकप च्याम्पियन कप्तान मोर्गनलाई आफ्नो पहिलो कप्तानीमै मुम्बईको बलियो चुनौती हुने छ । त्यसैले पहिलो खेलमै मोर्गनको आइपिएलमा कप्तानीमा परिक्षा हुने छ ।
नियमित कप्तान दिनेश कार्तिकले आफ्नो ब्याटिङमा ध्यान केन्द्रित गर्न नेतृत्व त्याग्दै मुम्बईसँगको खेल अघि मोर्गनलाई कप्तानी दिएका हुन् । इंग्ल्यान्डका सिमित ओभरका सर्वाधिक सफल ब्याट्सम्यान तथा कप्तान मोर्गनको नेतृत्वले कोलकात थप मजबुत हुने आशा गरिएको छ ।
मुम्बई ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ दोस्रो स्थानमा छ । कोलकाता ७ खेलमा ४ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ । आजको खेललाई दुई सफल कप्तानबीचको प्रतिस्पर्धाको रुपमा समेत हेरिएको छ । रोहित शर्मा आइपिएलमा चार पटकका च्याम्पियन कप्तान हुन् ।

मोर्गन अन्तर्राष्ट्रिय क्रिकेटमा वर्तमान समयका एक उत्कृष्ट कप्तान मानिन्छन् । उनको कप्तानीमा गतवर्ष इंग्ल्यान्डले एक दिवसिय विश्वकप जितेको थियो । मोर्गनकै कप्तानीमा सन् २०१६ को टि२० विश्वकपमा उत्कृष्ट प्रर्दशनका साथ फाइनल सम्मको यात्रा तय गरेको थियो । सिमित ओभरको क्रिकेटमा इंग्ल्यान्डमा युद्धस्तरमा परिवर्तन ल्याएका मोर्गनलाई आइपिएल सुरुहुनुअघि देखिनै कोलकाताको कप्तानको दाबेदारको रुपमा हेरिदै आइएको थियो ।
मुम्बईले लिग चरणको पहिलो खेलमा कोलकातालाई ४९ रनले पराजित गरेको थियो । मुम्बईमा विश्वस्तरिय खेलाडीको बाहुल्यता छ । साविक विजेता मुम्बईले जारी सिजनमा पनि उच्च प्रर्दशन गर्दै आएको छ । ओपनर क्विन्टन डी कक, रोहित शर्मा र सूर्यकुमार यादव शीर्षक्रममा हतियार हुन् र जारी सिजनमा राम्रो प्रर्दशन गर्दै आएका छन् ।
तल्लोक्रममा विश्वस्तरिय म्याच विनर अलराउन्डर हार्दिक पान्ड्या र काइरन पोलार्डको उच्च लयले मुम्बई बलियो बनेको छ । तीव्र गतिमा जस्प्रित बुमराह र ट्रेन्ट बोल्टको जोडीले उच्च प्रर्दशन गर्दै आएका छन् । मुम्बईको स्पिन आक्रामण भने केहि कमजोर छ । क्रुनाल पान्ड्या अलराउन्डर र राहुल चहर प्रमुख स्पिनरको रुपमा खेल्ने छन् ।

यता कोलकाताका ओपनर सुभमन गिल राम्रो लयमा छन् । उनलाई अन्य ब्याट्सम्यानले राम्रो साथ दिन आवश्यक छ । यसअघि बेंगलोरविरुद्ध कोलकाताले स्पिन अलराउन्डर सुनिल नारायणलाई बेन्चमा राख्दै इंग्ल्यान्डका युवा ओपनर टम ब्यान्टनलाई डेब्यु गराउँदै ओपनिङ गरेको थियो ।
तर ब्यान्टनले १२ खेलमा ८ रन मात्र बनाएका थिए । आबूधाबी स्पिनर उपयोगी हुँदा सुनिल नारायणलाई मौका दिन सक्छ । अर्कोतर्फ युवा खेलाडीलाई एक खेलमै बेन्चमा राख्दा उनको आत्माविश्वासमा समेत असर पर्ने हुँदा निरन्तरता दिन सक्छ ।
कोलकाताको ओपनिङ ब्यान्टन बेन्चमा बसेको खण्डमा राहुल त्रिपाठी र सुभमन गिलले गर्ने छन् । नितेश राणा, दिनेश कार्तिक र कप्तान ओईन मोर्गनलाई मध्यक्रममा उत्कृष्ट प्रर्दशन गर्न आवश्यक देखिन्छ । म्याच विनर विश्वका उत्कृष्ट अलराउन्डर आन्द्रे रसेल यस पटक आवश्यकता अनुसार चल्न सकेका छैनन् । कोलकाता रसेलको स्वभाविक खेल हेर्न चाहान्छ ।
तल्लोक्रममा प्याट कमिन्सले पनि ठूला सटको क्षमता राख्ने गर्दछन् । तीव्र गतिमा प्याट कमिन्स, प्रसिद्ध कृष्णा र कमलेश नगरकोटीलाई मैदान उतार्न सक्छ । बरुण चक्रवर्तीको स्थानमा कुलदीप यादवले मौका पाउन सक्छन् ।
आइपिएलमा यी दुई टोलीबीच कुल २६ खेल भएको छ । जसमा मुम्बई २० खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]