5 years ago
October 16, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को ३२ औं खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा कोलकाता कप्तान ओईन मोर्गनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । मुम्बईले आज टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर जेम्स प्याटिनसनको स्थानमा अलराउन्डर नाथन कुल्टर नाइललाई मौका दिएको छ । नाइलले तल्लोक्रममा राम्रो ब्याटिङ समेत गर्ने गर्दछन् ।
यता कोलकाताले टोलीमा दुई परिवर्तन गरेको छ । आज कोलकाताको टोलीबाट अष्ट्रेलिया स्पिन अलराउन्डर क्रिस गिनलाई डेब्यु गराएको छ । ग्रिनलाई ओपनर टम ब्यान्टनको स्थानमा मौका दिएको हो । पछिल्लो समय राम्रो प्रर्दशन गर्दै आएका ग्रिनले तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । त्यस्तै अर्का तीव्र गतिका बलर कमलेश नगरकोटीको स्थानमा शिवम माभीलाई मौका दिएको छ ।
मुम्बई छैटौं र कोलकाता पाँचौ जित निकाल्ने सोचमा छन् । मुम्बई ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ दोस्रो स्थानमा छ । कोलकाता ७ खेलमा ४ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ । आइपिएलमा यी दुई टोलीबीच कुल २६ खेल भएको छ । जसमा मुम्बई २० खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ ।
मुम्बईको प्लेइङ ११ – रोहित शर्मा (कप्तान), क्विन्टन डी कक (विकेटकिपर), सूर्यकुमार यादव, ईशान किशन, क्रुनाल पान्ड्या, हार्दिक पान्ड्या, काइरन पोलार्ड, नाथन कुल्टर नाइल, राहुल चहर, ट्रेन्ट बोल्ट र जस्प्रित बुमराह ।
कोलकाता प्लेइङ ११ – क्रिस ग्रिन, सुभमन गिल, नितेश राणा, ओईन मोर्गन (कप्तान), आन्द्रे रसेल, दिनेश कार्तिक (विकेटकिपर), शिवम माभी, प्याट कमिन्स, राहुल त्रिपाठ्ठी, बरुण चकबर्ती र प्रसिद्ध कृष्ण
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]