default_image

4 years ago

October 18, 2020

सुपर ओभरमा कोलकाताको जित

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३५ औं खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गरेको छ । सुपर ओभरमा कोलकाताले सानदार सुरुवात पाएको थियो । लोकी फर्गुसनले पहिलो बलमा नै डेविड वार्नरलाई बोल्ड गर्दै उत्कृष्ट सुरुवात दिलाए । दोस्रो बलमा अब्दुल सामादले २ रन जोडे । तर तेस्रो बलमा फर्गुसनले सामादलाई पनि […]

58 views

0 Bookmark

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३५ औं खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गरेको छ ।

सुपर ओभरमा कोलकाताले सानदार सुरुवात पाएको थियो । लोकी फर्गुसनले पहिलो बलमा नै डेविड वार्नरलाई बोल्ड गर्दै उत्कृष्ट सुरुवात दिलाए । दोस्रो बलमा अब्दुल सामादले २ रन जोडे । तर तेस्रो बलमा फर्गुसनले सामादलाई पनि बोल्ड गर्दै टोलीलाई नै मात्र २ रनमा सिमित गरे ।

कोलकाताका लागि कप्तान ओइन मोर्गन र दिनेश कार्तिक ब्याटिङमा आएका थिए । राशिद खानको बलमा मोर्गनले पहिलो बल डट खेले । दोस्रो बलमा उनले सिंगल लिए । तेस्रो बल पनि डट भयो । चौथो बलमा लेग बाइमा २ रन जोडेपछि कोलकाता विजयी भयो ।

जितका लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६३ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । हैदराबादलाई अन्तिम ६ बलमा जितको लागि १८ रन आवश्यक परेको थियो । आन्द्रे रसेलले १७ रन खर्चिदै सुपर ओभरमा पुर्याए ।

रसेलले पहिलो बल नो गर्दा अर्को राशिद खानलाई एक रन दिए । कप्तान डेभिड वार्नरले रसेललाई दोस्रो, तेस्रो र चौथो बलमा लगातार चौका प्रहार गरेपछि खेलले रोमान्चक मोड लिएको थियो । पाँचौ बलमा वार्नरले दुई रन बटुले । अन्तिम बलमा जितको लागि दुई रन आवश्यक परेको थियो । तर वार्नरले अन्तिम बलमा लेगवाईका रुपमा एक रन लिएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

कप्तान डेभिड वार्नर ३३ बलमा ५ चौका सहित ४७ रनमा अविजित रहे । योसँगै वार्नर आइपिएलमा ५ हजार रन पूरा गर्ने पहिलो विदेशी खेलाडी बनेका छन् । समग्रमा आइपिएलमा ५ हजार रन पूरा गर्ने चौथो खेलाडी बनेका छन् ।

हैदराबादलाई ओपनर केन विलियम्सन र जोनी बेयरस्टोले ६.१ ओभरमा ५७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । सातौं ओभरको पहिलो बलमा ल्योकी फर्गुसनले विलियम्सनलाई नितेश राणाबाट २९ रनमा क्याच गराउँदै कोलकातालाई पहिलो सफलता दिलाए । विलियम्सनले १९ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

नवौं ओभरको चौथो बलमा फर्गुसनले युवा ब्याट्सम्यान प्रियम गर्गलाई ४ रनमा बोल्ड आउट गरे । दशौं ओभरको दोस्रो बलमा स्पिनर बरुण चक्रवर्तीको बलमा ठूलो सट खेलेका बेयरस्टो लङ अफमा आन्द्रे रसेलबाट ३६ रनमा क्याच आउट भएपछि हैदराबाद दबाबमा परेको थियो । बेयरस्टोले २८ बलमा ७ चौका प्रहार गरे ।

१२ औं ओभरको तेस्रो बलमा फर्गुसनले मनिष पान्डेलाई योर्करमा बोल्ड गर्दै ६ रनमा पेभिलिएन फर्काएपछि कोलकाताको जितको सम्भावना बढेको थियो । प्याट कमिन्सले १६ औं ओभरको दोस्रो बलमा विजय शंकर ७ रनमा सुभमन गिलबाट क्याच आउट हुन पुगे । अब्दुल सामद १५ बलमा २ चौका र १ छक्का सहित २३ रनमा क्याच आउट भए । तर वार्नर अन्तिम सम्म क्रिजमा टिक्दै सुपर ओभरमा पुर्याए ।

कोलकाता फर्गुसनले ४ ओभरमा १५ रन खर्चेर प्रमुख ३ विकेट लिए । जारी सिजनमा फर्गुसनको यो पहिलो खेल हो । कोलकाताले क्रिस ग्रिनलाई बेन्चमा राख्दै हैदराबादविरुद्ध खेलाउने निर्णय गरेको थियो । स्पिनर बरुणचक्रबर्तीले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए । प्याट कमिन्सले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए । शिवम माभीले एक विकेट लिए ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो । कोलकातालाई मध्यम लक्ष्य सम्म पुर्याउन विकेटकिपर दिनेश कार्तिक तल्लोक्रममा १४ बलमा २ चौका र २ छक्का सहित २९ रनमा अविजित रहे ।

अन्तिम बलमा क्याच आउट भएका कप्तान ओईन मोर्गन २३ बलमा ३ चौका र १ छक्का सहित ३४ रनको योगदान दिए । पाँचौं विकेटका लागि मोर्गन र कार्तिकले ३० बलमा ५८ रनको साझेदारी गरे । कोलकाताले सुरुवात राम्रो गरेपनि मध्यक्रममा लगातार विकेट गुमाउन पुगेको थियो । पहिलो विकेटका लागि राहुल त्रिपाठी र सुभमन गिलले ६ ओभरमा ४८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए ।

छैटौं ओभरको अन्तिम बलमा टि नटराजनले त्रिपाठीलाई २३ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाए । त्रिपाठीले १६ बलमा २ चौका र १ छक्का प्रहार गरे । स्पिनर राशिद खानको १२ औं ओभरको चौथो बलमा ठूलो सट खेलेका गिल लङअफमा युवा ब्याट्सम्यान प्रियम गर्गले उत्कृष्ट क्याच लिएपछि ३६ रनमा पेभिलिएन फर्केका थिए । गिलले ३७ बलमा ५ चौका प्रहार गरे ।

लगत्तै १३ औं ओभरको पहिलो बलमा नितेश राणालाई विजय शंकरले मिडविकेटमा गर्गबाट २९ रनमा क्याच आउट गराए । राणाले २० बलमा ३ चौका र १ छक्का प्रहार गरे । नटराजनको १५ औं ओभरको अन्तिम बलमा आक्रामक ब्याट्सम्यान आन्द्रे रसेल डिप मिडविकेटमा ९ रनमा विजय शंकरबाट क्याच आउट भएपछि कोलकाताको ठूलो योगफल टाढिएको थियो ।

टि नटराजनले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । राशिद खानले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए । विजय शंकरले ४ ओभरमा २० रन खर्चेर १ विकेट हात पारे । विशाल थाम्पीको नाममा १ विकेट रह्यो ।

जारी आइपिएलमा यो तेस्रो सुपर ओभर हो । यसअघि आइपिएलको दोस्रो खेलमै दिल्ली क्यािपल्स र किंग्स इलेभेन पन्जाबबीचको खेलमा पहिलो सुपर ओभर भएको थियो । उक्त खेलमा दिल्ली विजयी भएको थियो । त्यस्तै १० औं खेलमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच पनि सुपर ओभर भएको थियो । उक्त सुपर ओभरमा बेंगलोर विजयी भएको थियो ।

कोलकाताको यो पाँचौ जित हो । कोलकाताले अव बुधबार रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध खेल्ने छ । हैदराबादले बिहिबार राजस्थान रोयल्ससँग खेल्ने छ । यो हैदराबादको छैटौं हार हो ।

अंक तालिका

दिल्ली क्यापिटल्स ९ खेलमा ७ मा जित र २ मा हार सहित १४ अंकका साथ शीर्षस्थानमा छ । मुम्बई ८ खेलमा ६ मा जित र २ मा हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । बेंगलोर ९ खेलमा ६ मा जित र ३ मा हार सहित १२ अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ । कोलकाता ९ खेलमा ५ मा जित र ४ मा हार सहित चौथो स्थानमा छ ।

सनराइजर्स हैदराबाद ९ खेलमा ६ मा हार र ३ मा जित सहित पाँचौ स्थानमा छ । चेन्नई सुपर किंग्स ९ खेलमा ६ मा हार र ३ मा जित सहित छैटौं स्थानमा छ । राजस्थान ९ खेलमा ६ मा हार र ३ मा जित सहित सातौं स्थानमा छ । किंग्स इलेभेन पन्जाब ८ खेलमा ६ मा हार र २ मा जित सहित पुछारमा छ ।

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

April 26, 2024

नेपाली टोलीमा ४ खेलाडी थपिए

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध हुने ५ खेलको टि२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ४ खेलाडी थपिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सिरिजको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा विहीबार घोषणा भएको १६ सदस्यीय टोलीमा नेपाल ‘ए’ बाट ४ खेलाडी थपिएको जानकारी दिएका हुन् । उक्त सिरिजमा उच्च […]

Success

Thank you for your time.