default_image

5 years ago

October 19, 2020

पुछारका चेन्नई र राजस्थान भिड्दै

264 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ३७ औं खेलमा आज अंक तालिकामा पुछारमा रहेका चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार शेख जायद स्टेडियम आबूधाबीमा ७:४५ पछि सुरु हुनेछ ।

प्ले अफको सम्भावना कायमै राख्न दुबै टोलीलाई आजको खेल जित्नै पर्ने दबाब छ । चेन्नई ९ खेलमा ६ मा हार र ३ मा जित सहित सातौं स्थानमा छ । राजस्थान ९ खेलमा ६ मा हार र ३ मा जित सहित पुछारमा छ । दुबै टोली चोथो जितको सोचमा हुने छन् ।

यसअघि लिग चरणको पहिलो खेलमा राजस्थानले चेन्नईलाई १६ रनले पराजित गरेको थियो । राजस्थानले प्रस्तुत गरेको २ सय १७ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले ६ विकेटको क्षतिमा २ सय रन बनाएको थियो । राजस्थान लिग चरणको जितलाई निरन्तरता दिन चाहान्छ । चेन्नई उक्त हारको पाठ सिक्दै दोस्रो खेलमा जित निकाल्न चाहान्छ ।

पछिल्लो खेलमा चेन्नई दिल्ली क्यापिटल्ससँग ५ विकेटले पराजित भएको थियो । अन्तिम ओभरमा रविन्द्र जडेजाले दिल्लीलाई १७ रन चाहिएको अवस्थामा तीन छक्का खर्चेपछि पराजित हुन पुगेको थियो । अलराउन्डर ड्वने ब्राभो चोटिल हुँदा आजको खेलमा चेन्नई तीव्र गतिका बलर जोश हेजलवुडलाई खेलाउने सम्भावना छ ।

दिल्लीविरुद्ध ५८ रन जोडेका फाफ डु प्लेसिस उच्च लयमा छन् । उनलाई आफ्नो लयलाई निरन्तरता दिन आवश्यक छ । पछिल्लो खेलमा अम्बाती रायुडु र शेन वाटसनले राम्रो प्रर्दशन गर्दै आएका छन् । यी दुई ब्याट्सम्यानको प्रर्दशन मध्यक्रममा निकै महत्त्वपूर्ण हुने छ । दिल्लीविरुद्ध १३ बलमा ४ छक्का सहित ३४ रनमा अविजित रहेका जडेजा चेन्नईका तल्लोक्रमका हतियार हुन् ।

कप्तान महेन्द्रसिंह धोनी प्रर्दशन चेन्नईलाई निकै महत्वपूर्ण हुने छ । दिपक चहर र शार्दुल ठाकुरको प्रर्दशन बलिङमा निकै महत्वपूर्ण हुने छ । जोश हेजलवुडको आगमनले चेन्नईको बलिङ युनिट थप मजबुत बन्ने छ । केदार जादवको स्थानमा स्पिनर पियुष चवलालाई मौका दिन सक्छ । चेन्नईलाई फिल्डिङमा पनि सुधार गर्न आवश्यक देखिन्छ ।

राजस्थान पछिल्लो खेलमा बेंगलोरसँग ७ विकेटले पराजित भएको थियो । उक्त खेलमा रोविन उथप्पाले ४१ र कप्तान स्टिभ स्मिथले ५७ रनको इनिङ खेलेका थिए । यसले यी दुई ब्याट्सम्यानको लय पर्किएको संकेत दिएको छ । जस बटलर, बेन स्टोक्स र सन्जु स्यामसनलाई उच्च प्रर्दशन गर्न आवश्यक देखिन्छ ।

यी ब्याट्सम्यान चल्न नसक्दा राजस्थानको ब्याटिङ कमजोर रहँदै आएको छ । अलराउन्डर राहुल टेवाटिया चेन्नईलाई टाउको दुखाईको खेलाडी बन्न सक्छन् । जोफ्रा आर्चर र बेन स्टोक्स राजस्थानका प्रमुख हतियार हुन् । बेंगलोरविरुद्ध ४ ओभरमा ४६ रन खर्चेका जयदेव उनादकटको स्थानमा राजस्थानले अंकित राजपूतलाई मौका दिन सक्छ ।

आइपिएलमा चेन्नई र राजस्थानबीच २२ खेल भएको छ । जसमा चेन्नई १४ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.