5 years ago
October 19, 2020
एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० अनुभवी स्पिनर अमित मिश्राको स्थानमा युवा लेग स्पिनर प्रविन दुवेलाई भित्र्याएको छ ।

गत अक्टोबर ३ मा कोलकाता नाइट राइडर्ससँगको खेलको क्रममा औंलामा चोटको कारण मिश्रा दिल्लीको टोलीबाट बाहिरिएका थिए । मिश्राको स्थान प्रविनले लिएका छन् । २७ वर्षिय लेगस्पिनर प्रविन दुवेले भारतीय घरेलु क्रिकेटमा राम्रो प्रर्दशन गर्दै आएका छन् ।
कर्नाटकाबाट घरेलु क्रिकेट खेल्ने प्रविनले १४ टि२० मा १६ विकेट लिएका छन् । जसमा उत्कृष्ट प्रर्दशन १९/४ रहेको छ । इकोनमी ६.८७ छ । रोयल च्यालेन्जर्स बेंगलोरले प्रविनलाई नेट बलरको रुपमा जारी सिजनमा राखेको छ । सन् २०१६ र २०१७ मा बेंगलोरमा रहेका थिए ।
सन् २०१९ को मुश्ताक अली ट्रफीमा प्रविन ले ६ खेलमा ८ विकेट लिएका थिए । जसक्रममा कर्नाटकले उपाधि जितेको थियो । समग्रमा प्रविन दिल्लीका चौथो स्पिनर हुन् । दिल्लीमा प्रविन बाहेक नेपाली लेग स्पिनर सन्दीप लामिछाने, रविचन्द्रन आश्विन र अक्षर पटेल रहेका छन् । सन्दीप र प्रविन लेग तथा आश्विन र पटेल अफ स्पिनर हुन् ।

जारी आइपिएलमा दिल्लीले उच्च प्रर्दशन गर्दै आएको छ । ९ खेलमा ७ मा जित र २ मा हार सहित १४ अंकका साथ शीर्षस्थानमा छ । दिल्लीले मंगलबार किंग्स इलेभेन पन्जाबसँग खेल्दै छ । पहिलो पटक फाइनलमा पुग्ने सोचमा रहेको दिल्ली चोटसँग भने जुधी रहेको छ । ईशान्त शर्मा पनि चोटका कारण बाहिरिएका छन् ।
विकेटकिपर ऋषभ पन्तले चोटकै कारण पछिल्ला तीन खेल गुमाई सकेका छन् । दिल्लीमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको सम्भावना भने टाढिदै गएको छ । लगातार बेन्चमा बस्दै आएका सन्दीप दिल्लीले प्रविन भित्र्याउँदा सम्भावना समीकरण कठिन बन्ने देखिन्छ । दिल्लीमा चार विदेशी खेलाडीमध्य तीव्र गतिका बलर कागिसो रबाडा र एनरिच नोर्कियाले बलिङमा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् ।
रबाडाले १९ र नोर्कियाले १२ विकेट लिएका छन् । मार्कस स्टोइनिसले उत्कृष्ट अलराउन्ड प्रर्दशन गर्दै आएका छन् । शिम्रन हेटमायर दिल्लीका मध्यक्रमका प्रमुख हतियार हुन् । पन्त घाइते हुँदा हेटमायर पछिल्लो तीन खेलमा बेन्चमा बस्दा विकेटकिपर एलेक्स केरीलाई मौका दिएको छ । चारमात्र विदेशी खेलाडी खेलाउन पाउने हुँदा सन्दीप दिल्लीको प्लेइङ ११ रणनीति बाहिर रहँदै आएका छन् ।

मिश्रा बाहिरिदा दिल्लीलाई लेग स्पिनर आवश्वकता परेको खण्डमा विकल्प सन्दीप रहेका थिए । तर लेग स्पिनर प्रविन आएका छन् । विशेष त लेगस्पिनरलाई टोलीमा साझेदारी तोड्न र विकेट लिदै दबाबमा राख्ने भूमिका बढि दिईएको हुन्छ । प्रविनलाई पनि दिल्लीको टोलीमा स्थान बनाउन सहज भने छैन ।
दिल्लीमा अक्षर पटेल र रविचन्द्रन आश्विनले लगातार उच्च प्रर्दशन गर्दे आएका छन् । दुबैले जारी आइपिएलमा ७-७ विकेट लिएका छन् । यी दुबै स्पिनरले नियमित खेल्ने छन् । यी दुबै स्पिनरले तल्लोक्रममा उत्कृष्ट ब्याटिङ पनि गर्ने हुँदा विकल्प खोज्ने सम्भावना न्यून देखिन्छ । लगातार खराब प्रर्दशन गरेको खण्डमा अव प्रविन त्यसको विकल्पमा रहने छन् ।
चार विदेशी खेलाडी दिल्लीले नियमित खेलाउने छ । ती मध्य एकलाई बन्चमा राख्दा दिल्लीको टोली सन्तुलननै बिग्रिने देखिन्छ । दिल्लीले प्ले अफमा स्थान पक्का भएपछि प्रमुख खेलाडीलाई विश्राम दिदै सन्दीपलाई मौका दिन सक्ने सम्भावना छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]