default_image

5 years ago

October 19, 2020

चेन्नईले राजस्थानविरुद्ध पहिला ब्याटिङ गर्ने

137 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ३७ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । चेन्नईले टोलीमा दुई परिवर्तन गरेको छ । अलराउन्डर ड्वेन ब्राभो चोटका कारण बाहिरिएका छन् । ब्राभो बाहिँरिदा अर्का तीव्र गतिका बलर जोश हेजलवुडलाई मौका दिएको छ ।

त्यस्तै स्पिनर करण शर्माको स्थानमा पियुष चवलालाई मौका दिएको छ । राजस्थाले टोलीमा एक परिवर्तन गरेको छ । रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध ४ ओभरमा ४६ रन खर्चेका जयदेव उनादकटको स्थानमा राजस्थानले अंकित राजपूतलाई मौका दिएको छ ।

प्ले अफको सम्भावना कायमै राख्न दुबै टोलीलाई आजको खेल जित्नै पर्ने दबाब छ । चेन्नई ९ खेलमा ६ मा हार र ३ मा जित सहित सातौं स्थानमा छ । राजस्थान ९ खेलमा ६ मा हार र ३ मा जित सहित पुछारमा छ । दुबै टोली चोथो जितको सोचमा हुने छन् ।

यसअघि लिग चरणको पहिलो खेलमा राजस्थानले चेन्नईलाई १६ रनले पराजित गरेको थियो । राजस्थानले प्रस्तुत गरेको २ सय १७ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले ६ विकेटको क्षतिमा २ सय रन बनाएको थियो । राजस्थान लिग चरणको जितलाई निरन्तरता दिन चाहान्छ । चेन्नई उक्त हारको पाठ सिक्दै दोस्रो खेलमा जित निकाल्न चाहान्छ । आइपिएलमा चेन्नई र राजस्थानबीच २२ खेल भएको छ । जसमा चेन्नई १४ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएको छ ।

राजस्थानको प्लेइङ ११ – जस बटलर (विकेटकिपर), रोबिन उथप्पा, स्टिभ स्मिथ (कप्तान), सन्जु स्यामसन, रियान पराग, राहुल टेवाटिया, जोफ्रा आर्चर, कार्तिक त्यागि, श्रेयस गोपाल, अंकित राजपुत र बेन स्टोक्स

चेन्नई प्लेइङ ११ – अम्बाती रायुडू, शेन वाटसन, फाफ डु प्लेसिस, शार्दुल ठाकुर, पियुष चवला, महेन्द्र सिंह धोनी (कप्तान तथा विकेटकिपर), रविन्द्र जडेजा, साम करन, दीपक चहर, केदार जाधव र जोश हेजलवुड ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.