5 years ago
October 19, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३७ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सलाई १ सय २६ रनको सामान्य लक्ष्य दिएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय २५ रन बनायो । चेन्नईका अलराउन्डर रविन्द्र जडेजा ३० बलमा ४ चौका सहित सर्वाधिक ३५ रनमा अविजित रहे । केदार जाधव ४ रनमा अविजित रहे ।
चेन्नईले सुरुवात देखिनै कमजोर प्रर्दशन गरेको थियो । जोफ्रा आर्चरले तेस्रो ओभरको अन्तिम बलमा फाफ डु प्लेसिसलाई जस बटलरबाट १० रनमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाए । अर्का तीव्र गतिका बलर कार्तिक त्यागीको चौथो ओभरको अन्तिम बलमा शेन वाटसन राहुल टेवाटियाबाट ८ रनमा क्याच आउट हुन पुगे ।
श्रेयस गोपालले नवौं ओभरको दोस्रो बलमा ठूलो सट खेलेका ओपनर साम करन लङअनमा बटलरबाट २२ रनमा क्याच आउट हुन पुगे । करनले २५ बलमा १ चौका र १ छक्का प्रहार गरे । राहुल टेवाटियाको दशौं ओभरको अन्तिम बलमा टप एज लागेर सन्जु स्यामसनबाट आम्बाती रायुडु १३ रनमा क्याच आउट भए । रायुडुले १९ बलमा २ चौका प्रहार गरे ।

१८ औं ओभरको चौथो बलमा महेन्द्रसिंह धोनी २८ बलमा २ चौका सहित २८ रनमा रन आउट भए । पाँचौ विकेटका लागि धोनी र रविन्द्र जडेजाले ५१ रनको साझेदारी गरेका थिए ।
श्रेयस गोपालले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए । राहुल टेवाटियाले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । कार्तिक त्यागीले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । जोफ्रा आर्चर २० रन खर्चेर १ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]