5 years ago
October 19, 2020
एजेन्सी – श्रीलंका क्रिकेट बोर्डले आयोजना गर्ने लंका प्रिमियर लिग (एलपिएल) को ड्राफ्ट सम्पन्न हुँदा सन्दीप लामिछाने ड्राफ्टमा कुनै टोलीमा छनोट हुन सकेनन् ।

सोमबार अनलाइनको माध्यमबाट भएको ड्राफ्टमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई कुनैपनि टोलीले अनुबन्ध गरेका छैनन् । ड्राफ्टको राउन्ड २० सम्म चलेको थियो । एलपिएलमा पाँच टोलीबीच १५ दिनसम्म प्रतिस्पर्धा चल्ने छ । कोलोम्बो किंग्स, डम्बुल्ला हक्स, गाल्ले ग्ल्याडियटर्स, क्यान्डी टस्कर्स र जाफना स्टेलियन्स गरि पाँच फ्रेन्चाइज टोलीले एलपिएलमा प्रतिस्पर्धा गर्ने छन् ।
कोलोम्बो किंग्समा श्रीलंका अनुभवी ब्याट्सम्यान एन्जिलो म्याथ्युज, वेस्टइन्डिजका आक्रामक ब्याट्सम्यान आन्द्रे रसेल, दक्षिण अफ्रिका फाफ डु प्लेसिस, इसुरु उडाना र दिनेश चान्डिमल लगायतका खेलाडी छन् । डम्बुल्ला हक्समा दासुन शनका, दक्षिण अफ्रिका डेविड मिलर, कार्लोस ब्रेथवेट, निरोसन डिक्वेला, लाहिरु कुमारा, ओशडा फर्नान्डो, कुशल रजिथ लगायतका खेलाडी छन् ।
ग्ल्याडीयटर्समा श्रीलंका तीव्र गतिका बलर लासिथ मलिङ्गा, पाकिस्तानका तीव्र गतिका बलर शाहिन अफ्रिदी, कोलिन इनग्राम, हज्रतुल्लाजजाई, मोहम्मद आमिर, शरफराज अहमद, पल स्टरर्लिङ र उपुथ थरंगा लगायतका खेलाडी छन् ।
जाफनामा थिसेरा परेरा, डेविड मलान, वासिन्दु हसरंगा, शोएब मलिक, उस्मान शिनवारी, धनन्जय डी शिल्भा, आसिफ अली लगायतका खेलाडीलाई ड्राफ्टमा अनुबन्ध गरेको छ । टस्कर्समा कुसल जानिथसँगै वेस्टइन्डिजका क्रिस गेल, इंग्ल्यान्डका लियाम प्लायन्केट, वहाब रियाज, कुशल मेन्डिस, नुवान प्रदीप, नविन उल हक, एलेसा गुनरत्ने, कामिन्दु मेन्डिस लगायतका खेलाडी छन् । एलपिएल नोभेम्बर २१ देखि डिसेम्बर १३ सम्म श्रीलंकामा हुने छ । कुल २३ खेल हुने छन् । ड्राफ्टमा पाकिस्तानका खेलाडी बढि अनुबन्ध भएका छन् ।
हाल नेपाली लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) को लागि संयुक्त अरव इमिरेट्स (यूएई) मा दिल्ली क्यापिटल्सको टोलीसँगै छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]