default_image

5 years ago

October 19, 2020

बटलर चम्कँदा राजस्थान विजयी

173 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ३७ औं खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ ।

जितका लागि १ सय २६ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १७.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । राजस्थानका जस बटलर ४८ बलमा ७ चौका र २ छक्का सहित ७० रनमा अविजित रहे । कप्तान स्टिभ स्मिथ ३४ बलमा २ चौका सहित २६ रनमा अविजित रहे । चौथो विकेटका लागि बटलर र स्मिथले ९८ रनको अविजित साझेदारी गर्दै सहज जित पक्का गराएका थिए ।

तेस्रो ओभरको अन्तिम बलमा दीपक चहरले ओपनर बेन स्टोक्सलाई ११ बलमा ३ चौका सहित १९ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाए । जोश हेजलवुडले चौथो ओभरको दोस्रो बलमा रोविन उथप्पालाई ४ रनमा क्याच आउट गराए ।

चहरको पाँचौ ओभरको तेस्रो बलमा विकेटकिपर सन्जु स्यामसन धोनीबाट शून्यमा आउट भएका थिए । चेन्नईका दीपक चहरले ४ ओभरमा १ मेडन सहित १८ रन खर्चेर २ विकेट लिए । जोश हेजलवुडको नाममा एक विकेट रह्यो ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय २५ रन बनाएको थियो । चेन्नईका अलराउन्डर रविन्द्र जडेजा ३० बलमा ४ चौका सहित सर्वाधिक ३५ रनमा अविजित रहेका थिए । केदार जाधव ४ रनमा अविजित रहे ।

चेन्नईले सुरुवात देखिनै कमजोर प्रर्दशन गरेको थियो । जोफ्रा आर्चरले तेस्रो ओभरको अन्तिम बलमा फाफ डु प्लेसिसलाई जस बटलरबाट १० रनमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाए । अर्का तीव्र गतिका बलर कार्तिक त्यागीको चौथो ओभरको अन्तिम बलमा शेन वाटसन राहुल टेवाटियाबाट ८ रनमा क्याच आउट हुन पुगे ।

श्रेयस गोपालले नवौं ओभरको दोस्रो बलमा ठूलो सट खेलेका ओपनर साम करन लङअनमा बटलरबाट २२ रनमा क्याच आउट हुन पुगे । करनले २५ बलमा १ चौका र १ छक्का प्रहार गरे । राहुल टेवाटियाको दशौं ओभरको अन्तिम बलमा टप एज लागेर सन्जु स्यामसनबाट आम्बाती रायुडु १३ रनमा क्याच आउट भए । रायुडुले १९ बलमा २ चौका प्रहार गरे ।

१८ औं ओभरको चौथो बलमा महेन्द्रसिंह धोनी २८ बलमा २ चौका सहित २८ रनमा रन आउट भए । पाँचौ विकेटका लागि धोनी र रविन्द्र जडेजाले ५१ रनको साझेदारी गरेका थिए ।

श्रेयस गोपालले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए । राहुल टेवाटियाले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । कार्तिक त्यागीले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । जोफ्रा आर्चर २० रन खर्चेर १ विकेट लिए ।

जारी आइपिएलमा चेन्नईको यो सातौं हार हो । योसँगै चेन्नई आइपिएलमा पहिलो पटक लिग चरणबाट बाहिरिने डर बढ्दै गएको छ । चेन्नई अव प्ले अफमा पुग्न बाँकी चार खेल फराकिलो अन्तरले विजयी भएरमात्र हुँदैन अन्य नतिजा पनि आफू अनुकुल आउनु पर्नेहुन्छ । राजस्थानले चौथो जित निकाल्दै झिनो आशा कायमै गरेको छ । चेन्नईले अब शुक्रबार मुम्बई इन्डियन्ससँग खेल्ने छ । राजस्थानले बिहिबार राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्ने छ ।

अंक तालिका

दिल्ली क्यापिटल्स ९ खेलमा ७ मा जित र २ मा हार सहित १४ अंकका साथ शीर्षस्थानमा छ । मुम्बई ९ खेलमा ६ मा जित र ३ मा हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । बेंगलोर ९ खेलमा ६ मा जित र ३ मा हार सहित १२ अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ । कोलकाता ९ खेलमा ५ मा जित र ४ मा हार सहित चौथो स्थानमा छ । राजस्थान १० खेलमा ६ मा हार र ४ मा जित सहित पाँचौ स्थानमा उक्लिएको छ ।

सनराइजर्स हैदराबाद ९ खेलमा ६ मा हार र ३ मा जित सहित छैटौं स्थानमा छ । किंग्स इलेभेन पन्जाब ९ खेलमा ६ मा हार र ३ मा जित सहित सातौं स्थानमा छ । चेन्नई सुपर किंग्स १० खेलमा ७ मा हार र ३ मा जित सहित पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.