default_image

5 years ago

October 27, 2020

रोहितबिनै भारतीय टोली घोषणा, राहुल उपकप्तान

183 views

0 Bookmark

एजेन्सी– भारतीय क्रिकेट टोलीका वर्तमान समयका सर्वोत्कृष्ट ओपनर ब्याट्सम्यान रोहित शर्मालाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले अष्ट्रेलिया भ्रमणको लागि टोली बाहिर राखेको छ ।

बिसिसिआईले अष्ट्रेलियासँग हुने चार टेष्ट, समान तीन ओडिआई र टि२० आई सिरिजलाई सोमबार टोली घोषणा गरेको छ । रोहित तीनै शैलीको भारतीय टोली बाहिर रहेका छन् । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सका कप्तान रोहित घाइते रहेकाले उनलाई टोलीमा नराखिएको अनुमान गरिएको छ । उनको अवस्था हेरेर समावेश गर्न सकिने बुझिएको छ ।

तामिलनाडुका २९ वर्षिय लेग स्पिनर बरुण चक्रबर्तीलाई टि२० टोलीमा पहिलो पटक मौका दिएको छ । जारी सिजनको आइपिएल कोलकाता नाइट राइडर्सबाट खेलि रहेका लेग स्पिनर बरुणले घरेलु क्रिकेट तामिलनाडुबाट खेल्ने गर्दछन् । भारतले सीमित ओभरको क्रिकेटमा विकेटकिपर ऋषभ पन्तलाई मौका दिएको छैन । टेष्टमा पन्तलाई समेटेको छ ।

सीमित ओभरमा विकेटकिपरको रुपमा सन्जु स्यामसन र लोकेश राहुललाई राखेको छ । स्यामसन टि२० टोलीमा मात्रै छन् । रोहितले जारी आइपिएलमा मुम्बईबाट ९ खेलमा २ सय ६० रन बनाएका छन् । रोहित किंग्स इलेभेन पन्जाबविरुद्ध घाइते हुन पुगेको थिए । जसको कारण दुई खेल गुमाई सकेका छन् । रोहित टोलीमा नहुँदा सीमित ओभरमा उप कप्तानको जिम्मेवारी राहुलले पाएका हुन् । टेष्टको उप कप्तानमा अजिंक्या रहाणेलाई नै निरन्तरता दिएको छ ।

राहुल पछिल्लो दुई वर्षयता उत्कृष्ट लयमा छन् । जारी आइपिएलमा किंग्स इलेभेन पन्जाबबाट ओपनिङ गर्दै सर्वाधिक रन बनाउने खेलाडीमा शीर्षस्थानमा छन् । राहुलले गतवर्ष जनवरीमा न्युजिल्यान्डविरुद्ध ओडिआई र टि२० मा विकेटकिपरका साथ तल्लोक्रममा ब्याटिङ गरेका थिए । राहुलले अष्ट्रेलिया भ्रमणमा ओपनिङ गर्छन् वा तल्लोक्रममा अनिश्चत छ । टेष्टमा ओपनिङनै गर्ने सम्भावना देखिन्छ ।

चक्रबर्ती जारी सिजनमा एकै खेलमा पाँच विकेट लिने पहिलो खेलाडी हुन् । कोलकाताबाट उनले दिल्ली क्यापिटल्सविरुद्ध २० रन खर्चेर ५ विकेट लिएका थिए । दीपक चहर, वासिन्टन सुन्दर, स्यामसन र चक्रबर्तीलाई टि२० टोलीमा मौका दिएको छ । युवा ब्याट्सम्यान श्रेयस ऐरलाई सीमित ओभरमा समेटेको छ ।

शार्दुल ठाकुरलाई ओडिआई टोलीमा मौका दिएको छ । हार्दिक पान्ड्यालाई टेष्टमा राखेको छैन । भारतको टि२० टोलीलाई आगमी वर्ष घरेलु मैदानमा हुने टि२० विश्वक तयारीको रुपमा हेरिएको छ । क्रिकेट अष्ट्रेलियाले आफ्नो टोली घोषणा गरेको छैन । खेल तालिका पनि औपचारिक रुपमा सार्वजनिक गरेको छैन । अष्ट्रेलियाविरुद्ध खेल्ने भारतीय टेष्ट, ओडिआई र टि२० टोली यस प्रकार छ ।

टेष्ट टोली :

विराट कोहली (कप्तान), मयंक अग्रवाल, पृथ्वी शा, लोकेश राहुल, चेतेश्वर पुजरा, अजिंक्या रहाणे (उप कप्तान), हनुमा विहारी, सुभमन गिल, ऋद्धिमान शाह (विकेटकिपर), ऋषभ पन्त (विकेटकिपर), जस्प्रित बुमराह, मोहम्मद शामी, उमेश यादव, नवदीप सैनी, कुलदीप यादव, रविन्द्र जडेजा, रविचन्द्रन आश्विन र मोहम्मद शिराज

ओडिआई टोली :

विराट कोहली (कप्तान), शिखर धवन, सुभमन गिल, लोकेश राहुल (विकेटकिपर तथा उपकप्तान), श्रेयस ऐर, मनिष पान्डे, हार्दिक पान्ड्या, मयंक अग्रवाल, रविन्द्र जडेजा, युजभेन्द्र चहल, कुलदीप यादव, जस्प्रित बुमराह, मोहम्मद शामी, नवदीप सैनी र शार्दुल ठाकुर

टि२० टोली :

विराट कोहली (कप्तान), शिखर धवन, मयंक अग्रवाल, लोकेश राहुल (विकेटकिपर तथा उपकप्तान), श्रेयस ऐर, मनिष पान्डे, हार्दिक पान्ड्या, सन्जु स्यामसन (विकेटकिपर), रविन्द्र जडेजा, वासिन्टन सुन्दर, युजभेन्द्र चहल, जस्प्रित बुमराह, मोहम्मद शामी, नवदीप सैनी, दीपक चहर र वरुण चक्रबर्ती

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.