5 years ago
October 29, 2020
एजेन्सी – क्रिकेट अष्ट्रेलियाले अर्को महिना देखि घरेलु मैदानमा हुने भारतविरुद्धको समान तीन ओडिआई र टि२० आई सिरिजलाई टोली घोषणा गरेको हो ।

अष्ट्रेलियाले बिहिबार ओपनर आरोन फिन्चको कप्तानीमा युवा अलराउन्डर क्यामरन ग्रिनलाई पहिलो पटक समेट्दै सीमित ओभरको लागि टोली घोषणा गरेको छ । अष्ट्रेलियाले चार टेष्ट सिरिजको लागि भने टोली घोषणा गरेको छैन । २१ वर्षिय क्यामरन ग्रिनले अष्ट्रेलियाको घरेलु क्रिकेटमा ब्याट र बल दुबैमा उच्च प्रर्दशन गर्दै आएका छन् ।
अघिल्लो साता उनले अष्ट्रेलियाको चर्चित घरेलु प्रतियोगिता शेफिल्ड शील्डमा वेस्टर्न अष्ट्रेलियाबाट न्यू साउथ वेल्सविरुद्ध चौथो नम्बरमा ब्याटिङ गर्दै १ सय ९७ रनको इनिङ खेलेका थिए । वेस्टर्न अष्ट्रेलियाबाट घरेलु क्रिकेट खेल्ने ग्रिनले १७ प्रथम श्रेणी खेलमा ४ शतक र २ अर्ध शतक सहित १ हजार ९७ रन बनाएका छन् । ९ लिष्ट ए मा १ सय ७६ रन बनाएका छन् । १३ टि२० खेल खेलेका छन् । प्रथम श्रेणीमा २८ र लिष्ट ए मा ७ विकेट लिएका छन् ।
ग्रिनलाई अष्ट्रेलियाको भविष्यको रुपमा हेरिएको छ । केहि क्रिकेट विज्ञहरु उनको खेल्ने शैलीमा अष्ट्रेलिया पूर्व सफल कप्तान रिकी पोन्टिङ झल्किने बताउँछन् । अष्ट्रलियाले प्याट कमिन्सलाई उपकप्तानको जिम्मेवारी दिएको छ । भारतले सोमबार विराट कोहलीको कप्तानीमा तीनै शैलीको टोली घोषणा गरिसकेको छ ।

अष्ट्रेलियाको ओडिआई र टि२० टोली :
आरोन फिन्च (कप्तान), सेन एर्वोट, एस्टन अगर, एलेक्स केरी, प्याट कमिन्स, क्यामरन ग्रिन, जोश हेजलवुड, मोईसेस हेनरिक्स, मार्नस लाबुसेन, ग्लेन म्याक्सवेल, ड्यानिल साम्स, केन रिचडर््सन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथु वेड, डेभिड वार्नर र एडम जाम्पा ।
अष्ट्रेलियाविरुद्ध खेल्ने भारतीय टेष्ट, ओडिआई र टि२० टोली
टेष्ट टोली :
विराट कोहली (कप्तान), मयंक अग्रवाल, पृथ्वी शा, लोकेश राहुल, चेतेश्वर पुजरा, अजिंक्या रहाणे (उप कप्तान), हनुमा विहारी, सुभमन गिल, ऋद्धिमान शाह (विकेटकिपर), ऋषभ पन्त (विकेटकिपर), जस्प्रित बुमराह, मोहम्मद शामी, उमेश यादव, नवदीप सैनी, कुलदीप यादव, रविन्द्र जडेजा, रविचन्द्रन आश्विन र मोहम्मद शिराज
ओडिआई टोली :
विराट कोहली (कप्तान), शिखर धवन, सुभमन गिल, लोकेश राहुल (विकेटकिपर तथा उपकप्तान), श्रेयस ऐर, मनिष पान्डे, हार्दिक पान्ड्या, मयंक अग्रवाल, रविन्द्र जडेजा, युजभेन्द्र चहल, कुलदीप यादव, जस्प्रित बुमराह, मोहम्मद शामी, नवदीप सैनी र शार्दुल ठाकुर
टि२० टोली :
विराट कोहली (कप्तान), शिखर धवन, मयंक अग्रवाल, लोकेश राहुल (विकेटकिपर तथा उपकप्तान), श्रेयस ऐर, मनिष पान्डे, हार्दिक पान्ड्या, सन्जु स्यामसन (विकेटकिपर), रविन्द्र जडेजा, वासिन्टन सुन्दर, युजभेन्द्र चहल, जस्प्रित बुमराह, मोहम्मद शामी, नवदीप सैनी, दीपक चहर र वरुण चक्रबर्ती
भारत र अष्ट्रेलियाबीचको सिरिजको खेल तालिका
तीन खेलको ओडिआई सिरिज
पहिलो – नोभेम्बर २७, सिड्नी क्रिकेट ग्राउन्ड
दोस्रो – नोभेम्बर २९, सिड्नी क्रिकेट ग्राउन्ड
तेस्रो – डिसेम्बर २, मानुका ओभल
तीन खेलको टि२० आई सिरिज
पहिलो – ४ डिसेम्बर, मानुका ओभल
दोस्रो – ६ डिसेम्बर, सिड्नी क्रिकेट ग्राउन्ड
तेस्रो – ८ डिसेम्बर, सिड्नी क्रिकेट ग्राउन्ड
चार खेलको टेष्ट सिरिज
पहिलो – १७–२१ डिसेम्बर, एडिलेड ओभल(दिन/रात)
दोस्रो – २६–३० डिसेम्बर, मेलबर्न क्रिकेट स्टेडियम
तेस्रो – ७–११ जनवरी, सिड्नी क्रिकेट ग्राउन्ड
चौथो तथा अन्तिम – १५–१९ जनवरी, द गाब्बा
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]